Friday, February 03, 2017

कविता

Arjun dawadi 


भाषाको मूल जरामा सिञ्चाई नपुगेर 
टुप्पोदेखि सुक्दै आएको 
यो एकाइसौं शताब्दीको 
आगन्तुक भाषामा रम्ने 
व्हूइस्की र वियरको मात हो मेरो कविता । 
विकाशको क्रममा
 थुप्रै वाचाहरू बाँधेर
 आफ्नो स्वर्थको निम्ति 
गरीबको आँखामा छारो हाल्दै 
नटुङ्गीएको आधाकल्चो बाटो जस्तै 
भताभुङ्ग भएको 
कोत्र परेको अलकत्रे बाटो जस्तै मेरो कविता।
 चियाबारीलाई खेलाउन सम्म खेलाएर 
कलिलो मुनाहरूको हत्या गर्दै
 दोजिया बनाएर छोड़ेर जाँदा 
घरको न घाटको भएर
 मानव चोला सिध्दाउनलाई 
वलजस्ती वाँच्दै आएको श्रमीक जस्तै
 विचल्नीमा परेको मेरो कविता । 
अत्यचार शोषणको विरूध्द
 देखेर पनि नदेखे झै गर्नुपर्ने वाध्यतामा 
आफ्नै खुट्टामा बञ्चरो हान्दै 
अन्तर मनमा पश्चताप गर्दै वस्नुपर्ने 
महा भूकम्पको चपेटमा परेको मेरो कविता। 
अघिकार खोज्दा 
टाउको फूटाएर
 रताम्मे भएको अनुहार जस्तै 
छेन्द्रा छेन्द्रा परेर 
च्यातिएको कमिज र पतलुन जस्तै 
लाचार भएको शरी
र हो मेरो कविता। 
औशीको रातमा आगनभरी 
भैलेनी गाउने हाम्रो चेलीको 
सूर्यको प्रकाशमा नै 
खुल्ला रूपमा देशको कुना कुनामा 
हरण हुदाँ
फिक्का लाग्ने भाईटिका जस्तै 
माईतीको पिड़ा हो मेरो कविता । 
पलायन छोराको बाटो कुर्दै 
दशैको आशीर्वाद मनभरी साँची 
उकाली ओह्राली गोरेटो भरी 
आँशुको भेल बगाएको 
बाबुको वेद्ना र आमाको टुटेको आशा हो मेरो कविता। 
गाइने दाईको 
रयाइ रयाइ बज्ने 
सारङ्गीको धुन जस्तै 
विछोड़को पिड़ाको भाव वोक्ने 
मल्हम नपुगेको घाऊ जस्तै
 घरि घरि बल्झीरहने 
मनको गाड़ा घाऊ हो मेरो कविता।

Arjun dawadi