वैशाख १४, २०७४- प्रमुख प्रतिपक्षी दल एमाले र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रबीच लमजुङमा चुनावी तालमेल भएको छ ।
बैशाख ३१ गते हुने स्थानीय तह चुनावमा ‘संयुक्त मोर्चा’ बनाएर अघि बढ्न सहमत भएको दुवै राजनीतिक दलका नेताहरुले बताएका छन् । दुवै राजनीतिक दलले बेंसीसहरमा बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावमा नगरपालिका, गाउँपालिका र वडा तहसम्म तालमेल गरेर जाने सहमत भएको घोषणा गरे ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र एमाले अध्यक्ष धनञ्जय दवाडीले संयुक्त प्रेस वक्तव्य जारी गरि ‘राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिवद्ध हुँदै लमजुङ जिल्लाको समग्र विकास गर्न हामी दुवै दल स्थानीय तहको निर्वाचन २०७४ मा संयुक्त मोर्चा बनाई निर्वाचनमा जान प्रतिवद्ध भएका छौं’ भनी उल्लेख गरेका छन् । वक्तव्य एकै वाक्यको छ । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज बुद्धिराम गुरुङ, जिल्ला संयोजक मधु अधिकारी लगायतको उपस्थिति थियो ।
एमाले अध्यक्ष दवाडीले लमजुङको बाम आन्दोलनलाई निर्वाचनले कोसेढुंगा सावित गर्ने दाबी गरे । उनले अन्य बाम घटलाई पनि संयुक्त मोर्चामा ल्याउने प्रयास भइरहेको बताए । ‘आगामी दिनको यात्रालाई अझ सुगम र सरल बनाउने विश्वास छ । यही विश्वासले सहकार्य गर्न तयार भएका हौं,’ उनले भने । उनका अनुसार एक अर्को दलमा आँच नपुग्ने गरी उम्मेद्वार तय गर्ने कार्य भइरहेको र एउटा दलले उम्मेद्वार उठाएको ठाउँमा अर्को दलले एउटै पदमा उम्मेदवार उठाउने छैन ।
माओवादी केन्द्रका इन्चार्ज पौडेलले समृद्ध लमजुङ बनाउने संकल्पका साथ दुई दलबीच चुनावी तलमेलका लागि एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताए । ‘संविधानले स्थापित एजेण्डालाई कार्यान्वयन गर्न र स्थानीय तहमा जनताले चाहेको सरकार बनाउन हामी तयार भएका छौं । यो संविधान कार्यान्वयनको पहिलो खुड्किलो हो,’ उनले भने ।
जिल्लामा रहेको ४ गाउँपालिका र ४ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुख एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको नेताहरुले बताएका छन् ।
साभार: Kantipur News