Thursday, August 17, 2017

हर्कुलस भै तोडेर आउ - गजल

हर्कुलस भै तोडेर आउ 

         गजल


जस्तो जा छौ मेरो निम्ति त्यो सृष्टि छोडेर आउ
दरार बन्ने बिचको पर्खाल हर्कुलस भै तोडेर आउ।

सानो सानो कुरामा अल्झी तिमी मै झर्किए पनि
अल्मलिएको तिम्रो मन सन्सार बाट मोडेर आउ।

छुट्टाउलान आफन्तले हामी बिच दरार बन्दै
सन्सारबाट सारा नाता आजै बाट तोडेर आउ।

 बिताउला दिनहरु तिमी म अनि ल हामी भन्दै
तिम्रो पछि मेरो नाम हासि हासी जोडेर आउ।


®®रोजि®®
दमक, झापा




तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

Tuesday, August 15, 2017

नेबिसंघ लमजुङ बाढीपीडितलाई राहत संकलन अभियानमा जुट्दै, ४८ हजार संकलन

नेबिसंघ लमजुङ बाढीपीडितलाई राहत संकलन अभियानमा जुट्दै, ४८ हजार संकलन 

बाढी पीडितहरुको सहयोगका लागि नेबिसंघ लमजुङले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको छ । नेबिसंघ लमजुङका नेता दीपक अधिकारीको संयोजनमा भएको अभियानले सोमबार नै ४८ हजार ८९ रुपैया संकलन गर्न सफल भएको छ ।

नेबिसंघले बेसीशहरको शेरादेखि शुरु गरेको अभियानमा मनाङेचौतारा हुँदै रिङ्रोड सम्म पुगेको थियो । बजारमा भएको अभियानबाट ३५ हजार ५ सय ५३ रुपैयाँ संकलन भएको थियो भने बेसीशहरका निर्माण ब्यवसायी दिनेशबाबु बिष्टबाट ५ हजार, लमजुङको भारते घर भई हाल साउदीमा बस्नुहुने बिष्णु गिरीले ७ हजार ५ सय ३६ रुपैयाँ ८५ पैसा सहयोग गर्नुभएको थियो ।
नेबिसंघ लमजुङले संकलित रकमलाई नेबिसंघको केन्द्रीय समिति मार्फत बाढी पीडितलाई सहयोग गर्ने अभियानका अभियन्ता अधिकारीले बताउनु भयो ।
उहाँले हिजो तराईका नागरिकले पहाडमा भुकम्पजाँदा राहतका सामाग्री लिएर पहाड आएको चर्चा गर्दै अब पहाडका नागरिक पनि तराईको त्यो पीडालाई मल्हम पट्टी लगाउन तराई झर्नुपर्ने जोड दिनुभयो । उहाँले नेबिसंघ जहिले पनि आपतको घडीमा सहयोग गर्नका लागि अग्रणी भुमिकामा प्रस्तुत हुने बताउनु भयो ।
नेबिसंघ लमजुङले सोमबार थालेको अभियानमा यो अभियानमा नेबिसंघका कमल भुजेल, हरीकुमार गुरुङ, नेबिसंघ मस्र्याङ्दी बहुमुखी क्याम्पसका सभापति सन्दीप गुरुङ, सचिब सञ्जय गुरुङ, बिशाल पौडेल, शुशील खनीया, सन्तोष भुजेल, अमृत गुरुङ, प्रकाश गुरुङ, नेबिसंघ मस्र्याङ्दी बहुमुखी क्याम्पस, ल्पस टु ईकाई समितिका सभापति उमेश गुरुङ, सुवास गुरुङ, रोशन गुरुङ, रुपबहादुर गुरुङ, सन्दीप बसौला, सुनिल बसौला , अञ्जु रिमाल, पुजा दनाई र चोपीला गुरुङ लगायतका बिद्यार्थीहरु सक्रिय रुपमा अभियानमा लागेका थिए ।
साभार: लमजुङ डेलि डट कम 

तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

Friday, August 04, 2017

लघुवित्त संस्थाले गरिबी न्यूनीकरणमा खेलेको भूमिका र भित्रिंदो विकृति

प्रबिण न्यौपाने – 

 

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था लघुवित्त संस्था हो । लघुवित्त संस्थाले गरिबि न्युनीकरणमा ठूलो भुमिका निर्वाह गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले असार मसान्त सम्म ५३ लघुवित्त संस्थालाई अनुमति दिएको छ । यी सबै लघुवित्त संस्थाले गरिबी न्युनीकरणका लागि केही न केही भूमिका खेलेकै छन् । 

 

लघुवित्त संस्थाले समूहमा लगानी गर्ने भएकाले सामुहिक रुपमा नै प्रगति वा सामुहिक विकास हुन्छ । लघुवित्त संस्थाले कम आम्दानी भएको वा कम आम्दानीका स्रोत भएका व्यक्तिहरुका लागि छानेर मात्र लगानी गरिन्छ । नेपाल राष्ट्र बैंकले नै यस प्रकारको निर्देशन दिएको हुन्छ । 

 

गरिब र पिछडिएका क्षेत्रका धेरै महिला लघुवित्त संस्था मार्फत आत्मनिर्भर भएका छन् । पहिले अरुको निर्देशनमा चल्ने महिला अहिले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अब्बल मानिन्छन् । यसरी नेपालमा लघुवित्त संस्थाले महिलाको जीवन शैलीलाई परिवर्तन गर्न सहयोग पुर्‍याएको छ । काम गर्ने जोश, जाँगर हुनेलाई लघुवित्त संस्था वा बैंक तथा वित्तीय संस्थाले सहजै व्यवसायिक कर्जा दिन्छन् । राष्ट्र बैंकले पनि अहिले धेरै लघुवित्त संस्थालाई वित्तीय कारोबारको अनुमति दिएको छ ।

 

लघुवित्त संस्थाका कर्मचारी यति चनाखो हुनुपर्छ कि प्रायः सदस्यहरुको हरेक व्यवहारको सुक्ष्म निगरानी राख्नु पर्छ । अहिले  बिशेष गरी काठमाडौंको परिवेशमै हेर्ने हो भने धेरै लघुवित्त संस्थाहरु क्रियाशील छन् । तर नेपाल राष्ट्र र्बैकले जुन मापदण्ड तोकेर इजाजत दिएको हुन्छ, त्यो कुनै पनि लघुवित्त संस्थाले लागू गरेको पाइएको छैन । अझ भन्ने हो भने काठमाडौको लघुवित्त कार्यक्रम फेसन जस्तै बनेको छ । 

 

साथीको लहलहैमा लागेर लघुवित्तको सदस्य बन्नेहरु देखिएका छन् । खासै काम पनि नहुने र ब्यापार ब्यबसाय पनि केही नभएकाहरु लघुवित्त संस्थाको सदस्य बन्ने होड बढिरहेको छ । केही धितो पनि राख्नु नपर्ने र सामुहिक ग्यारेन्टीमा ऋण पाइने हुँदा घर परिवारका सदस्यलाई समेत सुँइको नदिई ऋण प्रयोग गर्नेहरु पनि छन् । एउटा लघु वित्त कम्पनीबाट ऋण लिने र अर्कोमा लगेर तिर्ने क्रम बढिरहेको छ ।

 

यहाँसम्म कि एकजना महिलाले १५ वटा लघुवित्त संस्थाबाट समेत ऋण लिएको पाइन्छ । एउटाबाट लियो अर्कोलाई तिर्‍यो, जब एउटा  लघुवित्त संस्थाले कर्जा दिन रोक्दिन्छ, अनि सबै संस्थाको किस्ता रोकिन्छ । सबै लघुवित्त संस्थाले दुःख पाउन थाल्छन् ।  नेपाल राष्ट्र बैंकले गरिब पहिचान गरेर दिने भने पनि यस्तो नियम कतै लागू भएको पाईंदैन । 

 

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई जे वा जुन उद्देश्यले कामको स्वीकृति दिएको हो त्यही अनुसारको काम गर्नुपर्छ । अहिले क बर्गका बैंकले आफ्नो कुल कर्जाको ५%, बिकास बैकले ४.५% र फाइनान्स कम्पनीले ४% बिपन्न बर्गको लागि कर्जा लगानी गर्नुपर्ने प्रावधान छ । त्यो नियम पालना गरेमा आफैं व्यवसाय गर्नेलाई सानो तिनो कर्जाको लागि कर्जा पाउन कठिनाई हुँदैन । 

 

राष्ट्र बै‌कको निर्देशन तथा नीति नियमको पूर्ण पालनाबाट मात्र देशमा आर्थिक लगानी तथा व्यवसायिक वातावरण पनि बन्दै जानेछ । यसैमा छ, आर्थिक समृद्धिको सम्भावना । लघु वित्त कम्पनीले गरिब पहिचान गरी व्यवसायिक योजना सहित ऋण प्रवाह गर्ने र असुल गर्ने बाटो बनाइदिए न लघुवित्त कम्पनीहरु डुब्छन् न त गरिबको थाप्लोमा ऋणको भार नै थपिन्छ । यसबाट नै देशको हरेक गाउँघरले आर्थिक काँचुली फेर्न सक्छ ।                                              

(न्यौपाने गण्डकी विकास बैंक, महाराजगञ्ज शाखामा कार्यरत हुनुहुन्छ )


लमजुङ भित्रियो बहुप्रतिक्षित २० एमभिए क्षमताको ट्रान्सफर्मर

लमजुङ भित्रियो बहुप्रतिक्षित २० एमभिए क्षमताको ट्रान्सफर्मर

लमजुङ – ३३ केभि प्रसारण लाइनको क्षमता बढाउने र विद्युत सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले २० केभिए क्षमताको ट्रान्सफर्मर जिल्लामा ल्याइएको छ ।

बेला न कुबेला झ्याप्प–झ्याप्प लाइन गएर चरम सास्ती भोग्दै आएका यहाँका उपभोक्ताले प्राधिकरणसँग गुनासो र माग गरेको धेरैपछि बिहीबार उक्त ट्रान्सफर्मर जिल्ला भित्रिएको हो । 
नेपाल विद्युत प्राधिकरण मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको विद्युतगृहमा सो ट्रान्सफर्मर जडान गरिने र त्यसपछि बारम्बार विद्युत कटौती भइरहने समस्या घट्ने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए । अहिले ट्रान्सफर्मरको एउटा ढिक्का मात्रै आइपुगेको र आवश्यक सामाग्रीहरू आउन बाँकी नै रहेकाले प्रकृयागतरुपले यसको जडान गर्न केही समय लाग्ने उनी बताउँछन् । ‘मुख्य सामान आयो अब प्राविधिक र अरु सामान पनि ल्याउँदैछौं,’ न्यौपाने भन्छन्, ‘सकेसम्म छिट्टै जोड्छौं, भन्दा भन्दैपनि १५ दिन नभए एकमहिना चैं लाग्न सक्छ ।’ ढल्केवर सवस्टेशनमा जगेडामा रहेको ३८ टन वजनको सो ट्रान्सफर्मर त्यहाँबाट हिडाएको दुई हप्तामा यहाँ आइपुगेको पनि उनले बताए ।
मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको विद्युतगृहमा हाल रहेको १२ केभिए क्षमताको ट्रान्सफर्मरको सट्टामा यो यसको प्रयोग गरिने भएको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर जडान भएपछि जिल्लामा उत्पादित विद्युत डुम्रे–दमौली सिधै १३२ केभि प्रसारण लाइन मार्फत् प्रवाह गराउन सकिने र ३३ केभि लाइनमा ‘ट्रिपिङ्ग’(लाइन गइरहने) समस्या कम हुने प्राधिकरणले जनाएको छ । जिल्लामा विशेषगरी बारम्बार लाइन कटौती भइरहने, विद्युत प्रवाह नियमित र एउटै प्रकृतिको नभई ‘हाई–लो भोल्टेज’आउने र त्यसका कारण विद्युतीय सामाग्रीमा क्षति पुग्ने देखि आगलागी सम्मको दुर्घटना हुने सम्मको समस्या रहेको उपभोक्ताको गुनासो रहेको छ । जिल्लामा ल्याइएको नयाँ ट्रान्सफर्मर जडान गरेपछि ‘ओभरलोडिङ्ग ट्रिपिङ्ग’ समस्या धेरै समाधान हुने प्राधिकरणका प्राविधिकहरु बताउँछन् । 
त्यसैगरी, जिल्लामा उत्पादित करिब १६ मेगावाट विद्युतलाई ३३ केभिए लाइन मार्फत् उपभोक्तालाई गुणस्तरीय सेवा दिन सकिने हुँदा यहाँ उत्पादित विद्युत वितरणमा पनि समस्या नहुने बताईएको छ । यहाँ उत्पादित सिउरीखोला ५ मेगावाट, राधीखोेला, ४.४ मेगावाट, खुदी खोला ४ मेगावाट, छ्याङ्दी खोला २ मेगावट, स्याँगे लघु जलविद्युत ११ किलोवाट विद्युत जिल्लामै खपत गराउन पनि निकै सहज हुने प्राधिकरणले जनाएको छ । यहाँका उपभोक्ताले लामोसमय देखि बढी क्षमताको ट्रान्सफर्मर जडान गर्न, गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गराउन प्राधिकरणसँग माग गर्दै आएको र उनीहरुको समस्यालाई ध्यान दिएरै काम गरेको लमजुङ वितरण केन्द्रका प्रमुख न्यौपानेले बताए । यहाँका लागि निकै ठूलो उपलब्धी भएको उनी बताउँछन् । ‘यसको लागि हामीले निकै कसरत ग¥यौं,’ न्यौपाने भन्छन्, ‘यो ‘मोस्ट वेईटेड’(बहुप्रतिक्षित)ट्रान्सफर्मर हो ।’ 

स्राेत : नागरिक न्युज

Thursday, August 03, 2017

दुर्घटनामा परी कतारमा एक नेपालीको निधन

दुर्घटनामा परी कतारमा एक नेपालीको निधन

श्रावण १९, २०७४- सवारी दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सार लाँकुरीबोट (साविक हिलेटक्सार ३) का ४० वर्षीय लिलाजंग गुरुङको निधन भएको हो ।
विगत ६ वर्षदेखि कतारको अल्फुतोह ट्रान्सपोर्ट कम्पनीमा चालकको रुपमा कार्यरत गुरुङको जुलाई ३० तारिख (साउन १६ गते) सोमबारको दिन दिउँसो सवारी दुर्घटनामा परेर निधन भएको लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले जानकारी दिए । 
कामको सिलसिलामा दोहाको साउदी बोर्डरमा रहेको बालुवा प्रशोधन कम्पनीमा बालुवा लिन जाँदै गर्दा बिपरित दिशाबाट आइरहेको उक्त कम्पनीको ट्रकमा ठोक्किन पुग्दा उनको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै गुरुङको निधन भएको त्यहाँको प्रहरी र मृतकका आफन्तलाई उद्धृत गर्दै श्रेष्ठले बताए ।
गुरुङको शव दोहाको हमाद हस्पिटलमा राखिएको श्रेष्ठले बताए । उनका अनुसार शव नेपाल पठाउनको लागि एकजना आफन्त जानुपर्ने भएकाले भोटेओडार फुलबारीका डम्बर गुरुङको  कतारी आइडी लिएर प्रक्रिया अगाडि बढाएको श्रेष्ठले बताए । 
प्रहरी रिपोर्ट, हस्पिटलको रिपोर्ट साथै राजदुताबास बाट आवस्यक कागजात तयार गरी शवलाई नेपाल पठाउने भैरहेको र कम्पनीबाट पाउनुपर्ने सवै सुविधा बिमा कम्पनी र नेपाली दुताबासको रोहवरमा मृतको परिवारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता कम्पनीले जनाएको उनले बताए ।
मृतक गुरुङको घरमा पत्नि, १ छोरी र १ छोरा छन् । उनीहरु हाल बेंसीसहर बस्दै आएका छन् ।
लमजुङ बेंसीसहरस्थित लिलाजंगका साथी विकास गुरुङका अनुसार उनी एक महिनापछि लिलजंग छुट्टीमा नेपाल आउने तयारीमा थिए । पतिको निधनपछि पत्नि बेहोस अवस्थामा अस्पतालमा उपचाररत रहेको उनले बताए ।

 साभार: Kantipur News