Saturday, June 23, 2018

देशको कानुन चिन्नुहाेस्, रवि जि

रवि लामिछाने ज्यु, अाजकाे दिनसस्म हजुरको कार्यक्रम हेर्दै गर्दा , सुन्दै गर्दा र टिकाटिप्पणि सुन्दै र बुझ्दै गर्दा नेपालकाे शासन थप अझै बुझ्न पाएको छु , यसको लागि धेरै धेरै धन्यवाद ।
तपाईं काे हो ?, भन्दा मलाई तीन वाक्य था छ ।
१ तपाई नेपालमा जन्मेर र नेपाली नागरिकता लिनु भयो ।

२. देशको परिस्थिति र बाध्यताले तपाईं विदशि भुमिमा जान बाध्य हुनुभयो ।
३. नेपाल र नेपालीको माया जन्म भुमिकाे मायाले तपाई पुनः नेपाल फर्केर नेपाली जनताको पक्षमा काम गर्ने बाचा गर्नु भयो ।
तर, रवि जि, तपाईंले त्यो कुरा बुझ्नु भएन , मैले कस्काे लागि के काम गर्दै छु भनेर, तपाईंले अाफ्नाे कार्यक्रम मार्फत धेरैको राजिराेटि र अधिकार खाेस्नु भयो, नेपालको कानुनमा जुनसुकै कुरा लेखिएतापनि तपाईंले भष्ट्र नेता , दलाल , तस्करी , हरुकाे बारेमा खुलेर प्रशंसाा गर्नुपर्ने थियोे त्यसाे हुन सकेन र गर्नु भभएन। यो त नेपाल काे लाेकतन्त्र पाे हो त रवि जि अन्य देशको जस्तो हैन, यहाँ कानुनमा जुनसुकै कुरा लेखिएतापनि तपाईंलाई नेताले र नेताकाे मान्छेले गरेको  भष्ट्रचार विरुद्ध बाेल्ने अधिकार जाे कसैलाई छैन , पिडित जनताको बारेमा खुलेर बाेल्ने अधिकार कसैलाई छैन , रवि जि यो त नेपालकाे कानुन हो , यो कानुन रातारात पैसामा खरिदबिक्री हुन्छ ।यदि था छैन भने अब था पाउनुहाेस् ।
यहा स्वतन्त्र रुपले बाेल्ने अधिकार कसैलाई छैन, रवि जि यदि  देशदाेह्रि, भष्टचारि , दलाललाई वा मानव बेचविखन गर्नेलाई केही प्रश्न गर्नु छ भने उनिहरुसग गाेप्यरुपमा के केकस्ता प्रश्न गर्ने भनेर सम्झौता गर्नु पर्छ अनिमात्र तपाईंको पत्रकारिता यहाँ चल्छ । यो देशमा सरकार कसले चलाएको छ त्यो बुझ्नुहाेस् ।
रवि जि तपाईं पत्रकार हो भन्दैमा स-प्रमाण जुटाएर समाचार बनाउन पाउनुहुन्न यो देशमा । देशदाेह्रि हरुकाे समाचार बनाउदा विना प्रमाण झुट समाचार मात्रै यो यो  देशमा चल्छ ।

यहा सरकारलाई चासाे छैन, कुन नागरिक कुन उदेश्य का लागि विदेशमा बेचिएको , कस्ले बेच्याे ? यहाँ बेचिएको नागरिक हैन बेच्ने दलालि पिडित हुन्छ  ।
तपाईंले गर्दा भष्ट्रचारिले भष्ट्रचार गर्न पाएन, ठेकेदार ले ठग्न पाएन, उनिहरुकाे व्यापार तपाईंले चाैपट पारिदिनु भयो ।
रवि जि, यो देशकाे लाकतन्त्र कागजि हो व्यवहारमा लागू दलालिहरुलाई कहिल्यै लागू हूदैन , तपाईंले लागू गर्न खाेजेर हुन्छ र ? रवि जि तपाईं जब सम्म पिडित जनताको पक्षमा हुनुहुन्छ नि तब सम्म यो सरकार तपाईंको विपक्षमा हुनेछ । यहाँ भुट र भ्रमकाे खेति गर्नुस् दलालि , भ्रष्ट नेताकाे बारेमा प्रशंसा गर्नुस् अनि मात्रै तपाईं सुरक्षित हुनुहुनेछ।
तपाईंलाई था छ कि छैन, स-प्रमाण सत्य तत्य देखाएर प्रश्न गर्दा तुरुन्तै नेपाल टेलिभिजनकाे कार्यक्रम पुर्णरुपले बन्द हुन्छ । देशमा कस्तो मन्त्री छन् त्यो विचार पुर्याउनु हाेला । तपाईंको कार्यक्रम पनि कुन बेला र कसरी बन्द गराउने भनेर यहाँ रातारात जनताले तिरेको करकाे पैसामा मिटिङ हुदै छ ।
रवि जि तपाईं देशकाे कानुन चिन्नुहाेस् ।
तपाईं हत्या ,हिसंा मच्चाउनु हाेस् नेताहरुबाट स्याबासी पाउनुहुनेछ ।
अझै पिडित जनताको अावाज सबै जनता विच ल्याउनुहाेस् जनताबाट स्याबासी पाउनुहुनेछ ।
कुन स्याबासी पाउने हजुरको हातमा ।

हजुरको शुभचिन्तक

नारायण न्याैपाने
लमजुङ, दुधपाेखरी - २

Sunday, June 03, 2018

परदेशमा बगाएको पसिना गाउँको विद्यालयमा सिंचित 

शान्ता कमली । रोजगारीको शिलशिलामा विदेशिएकाहरु प्रायः आफ्नै परिवारको भविष्यलाई सुखी बनाउने सपना बुनेका हुन्छन् । उनीहरुले विदेशमा कमाएको धनले सहरमा ठूलो ‘बिल्डिङ’ ठड्याएर बस्ने योजना बनाएका हुन्छन् । तर, यहाँबाट वेलायत गएका भुपु विद्यार्थीहरुले दूधपोखरी गाउँपालिका–२ विचौरको बागेश्वरी माविलाई सहयोग गरेका छन् । दूधपोखरी गाउँपालिका–२ विचौरको बागेश्वरी माविका पूर्व विद्यार्थीहरुले वेलायतमा रकम संकलन गरि विद्यालयलाई १० लाख रुपैया सहयोग गरेका हुन् ।

विद्यालयको गत बुधबार सम्पन्न ६९ औं बार्षीक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दवाडी र प्रधानाध्यापक रामेश्वर न्यौपानेलाई संकलित रकम हस्तान्तरण गरिएको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष गोविन्द दवाडीले बताए । बेलायतमा रहेका भूपू सैनिक तथा बहालवाला एवं रोजगारीको सिलसिलामा बेलायत पुगेका विद्यालयका पूर्व विद्यार्थीले उक्त रकम सहयोग गरेका हुन् ।
विद्यालय संचालनमा परेको समस्यालाई समाधान गर्न पूर्व विद्यार्थीहरु मिलेर सहयोग संकलन गरि विद्यालयलाई हस्तान्तरण गरिएको बेलायती भूपू सैनिक दलबहादुर गुरुङले बताए । उनले भने विद्यालय संचालनमा परेको समस्याका बारेमा आफु वेलायतमा बस्दा जानकार भएकाले विद्यालयको समस्यालाई समाधान गर्न पूर्व विद्यार्थी मिलेर सहयोग संकलन गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो । आफुले पढेको विद्यालयमा कक्षा ११ र १२ को पढाईमा आर्थिक समस्या परेको खबर पाएकाले वेलायतमा रहेका गाउँका भुपु विद्यार्थीहरु मिलेर रकम संकलन गरि सहयोग गरिएको गुरुङले बताए । विदेशमा भएपनि आफूले पढेको विद्यालयको माया लाग्यो विद्यालयलाई केही गर्नुपर्छ भन्ने मनमा आयो त्यसैले विद्यालयलाई सहयोग गरेका हौ ।

सहयोग रकम कक्षा ११ र १२ संचालनमा खर्च गर्ने विद्यालयका प्रअ न्यौपानेले बताए । सहयोग रकमले पढाई सञ्चालनमा सहज हुने उनले बताए । जिल्लाको सबैभन्दा दुर्गममा रहेको विद्यालयललाई सरकारले उक्त कक्षाका लागि शिक्षकको व्यवस्थापन नगरेको र निजी स्रोतबाट जुटाएर तलब खुवाउँदा समस्या परेको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष दवाडीले बताए । उनले भने गाउँमा ११ र १२ कक्षासम्म पढाई नहुँदा गाउँका विद्यार्थीहरु छिमेकी जिल्ला गोरखा र लमजुङको सदरमुकाम बेसशिहर, भोटेवडार गएर पढ्नुपर्ने बाध्यता छ ।
साभार : Lamjung Daily

Monday, May 28, 2018

नेपाल दशनामि समाजको कास्की जिल्ला अधिबेशन र नेपाल दशनामि युवा समाजकाे कास्की जिल्ला युवा समिति गठन

नेपाल दसनामि समाजको जिल्ला अधिवेशन र नेपाल दसनामि  युवा समिति गठन


 नेपालकाे विभिन्न क्षेत्रमा छरिएर रहेका दसनामि हरुलाई एकजुट गराउने उदेश्यका साथ नेपाल दसनामि समाजको कास्की जिल्ला अधिवेशन र नेपाल दसनामि युवा समिति गठन भएको छ ।
यसै गरि नेपाल दसनामि युवा समाजकाे प्रदेश नम्बर ४ काे युवा समिति पनि गठन भएको छ । प्रदेशकाे संयाेजक अर्जुन गिरि प्रदेशको सचिव सुरेश पुरी र अन्य सबै सदस्य चयन गरेको छ ।

 
उक्त समितिले किसान गिरिकाे अध्यक्ष्ातामा २२ सदस्यीय समिति गठन गरेको छ ।यश नेपाल दसनामि समाजको मुख्य एजेन्डा भनेको दसनामिहरुकाे भाषा , धर्म , संकृति र रितिरिवाज लाई कालान्तर सम्म संरक्षण गर्नु हो र कुनै दसनामि भाइ बन्धुहरुलाई परेको थिचोमिचो तथा पिरमर्कालाई यथासिघ्र समाधान गर्नु हो ।




उक्त सभालाई सभालाई सम्बाेधन गर्दै नेपाल दसनामि युवा समुहको केन्द्रीय सह संयाेजक सुरेश गिरि भन्नुहुन्छ " विश्वव्यापी रुपमा रहनुभएका सम्पूर्ण दसनामि बन्धुहरुलाई केन्द्रीय टिमबाट के अवगत गराउन चाहान्छु भने अहिले धेरै बन्धुहरु हाम्राे कुन चाहिँ समूह हो भनेर भ्रममा  पर्नुभएकाे छ , अब भ्रममा नपरि नेपाल दसनामि युवा समुहलाई मात्रै अाधिकारिक रुपमा लिनहुनका लागि अनुरोध गर्दछु ।

Friday, May 11, 2018

भारतीय प्रधानमन्त्री माेदिकाे भ्रमण सगै देशभक्त युवा पक्राउ

मिति २०७५/०१/२८ गते भारतीय प्रधानमन्त्री नेपाल अाउने भन्ने समाचार सगै नेपालमा नेपाली जनताले देश विदेश बाट मिश्रति प्रतिक्रिया दिएका थिए । यसै क्रममा नेपाली माथि अघाेषित नाकाबन्दी भारतले लगाए सगै नेपाली समुदाय भारत प्रति रुष्ट हुदै अाएकाे छ । र यो भ्रमणमा भारतीय प्रधानमन्त्री काे सुरक्षा पनि निकै कडा बनाईएकाे छ । यसै क्रममा  अाज नरेन्द्र मोदी अाउदा कालो झन्डा देखाएर बिरोद गर्ने योजना कार भन्दै रास्ट्र निमाण सक्तीका अध्यक्ष सुरेश गिरीलाई माहानगरिय प्रहरी प्रभाब जनसेबाले पकराउ गरि राखेको छ । इन्द्रचोमा कामको सिलसिलामा गएका उनलाई हिजो बेलुका ४ बजे तिर पक्राउ गिएको हो उनी नेपाल भारत  नाका हरुको अनुगमन पनि गरिसकेका थिए र भारतिय दाखा गिरी बिरुद भारतिय एम्बेस्सी धेराउमा पनि उत्रने गरेकाथिए । शुरेश गिरि अाफु अाफ्नाे देशको लागि जुनसुकै परिस्थिति अाएपनि कुनै पनि शक्ति संग नझुक्ने बताउछन् । उनी थप्छन्  देश र जनताको लागि अाजकाे समयमा देशमा भएका सम्पूर्ण युवा शक्तिहरु एकजुट हुनुपर्छ , देश बचाउन हाम्रो धर्म संस्कृति बचाउन ज्यानको बाजि लगाउन पनि पछि पर्नहुदैन परिदैन । उनी भन्छन् यसरी देश र जनताको पक्षमा बाेल्ने युवालाई जेल हाल्दैजाने यो सरकार जनताको हितमा काम गर्न सक्दैन । र प्रश्न गर्छन् के हामीले राज्यको र जनताको बारेमा बाेल्दा अपराधी भईन्छ ? यदि भईन्छ भने म यस्तो अपराध गर्न सधैं तयार रहन्छु । अब झन कडा का रुपमा लाग्ने प्रतिबद्धता समेत गरेका छन ।

Friday, May 04, 2018

मुक्तक !


मुक्तक !

*******


त्रिपालमा भोकै वास छ, चिन्ता छ नुनको
महलमा भोज / मोज छ, चिन्ता छ सुनको
बेइमानी भ्रष्ट नेता भएपछि,राष्ट्रको बिचल्ली
वर्गीय नाता भन्दा पनि हरे, चिन्ता छ खुनको !!

@ बैद्यनाथ,,,,,,,,,,,@,,,,,,,,,,,,,
२०७५/०१/२१
वीरगन्ज ।।

Monday, March 12, 2018

दुर्घटनाग्रस्त जहाजका ७१ मध्ये २८ यात्रुको मात्र उद्दार

दुर्घटनाग्रस्त जहाजका ७१ मध्ये २८ यात्रुको मात्र उद्दार

https://www.facebook.com/lamjungdudhpokhari.com.np/?ref=bookmarks
सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार भएको छ।
पर्यटन सचिव कृष्ण देवकोटाका अनुसार आगलागी भएको जहाजबाट ४ बालबालिकासहित २८ जनाको मात्र उद्दार गरेर अस्पताल पुर्याइएको छ।
जहाजभित्र आगलागी भएर धेरै यात्रुको मृत्यु भएकाले २८ जनाको मात्र उद्दार भएको देवकोटाले जनाए। जहाजमा चालक दलका सदस्यसहित ७१ जना यात्रु थिए।
उद्दार गरेर अस्पताल लगिएकामध्ये पनि केहीको यात्रुको मृत्यु भएको अस्पतालले जनाएका छन्। अस्पतालमा कति जनाको उपचार भइरहेको छ भन्ने एकिन संख्या आएको छैन।

Friday, January 19, 2018

विचौर- २०७२ बैशाख १२ गते गएको भूकम्पबाट क्षति भएको इलाका प्रहरी कार्यालयको भवन अझै निमार्ण भएको छैन । लमजुङको पूर्वी भेग दुधपोखरी गाउँपालिका वडा नम्बर २ विचौरमा रहेकोे इलाका प्रहरी कार्यालयले त्रिपालमुनी बाटै सेवाग्राहीलाइै सेवा दिन बाध्य  छन् । भूकम्प गएको ३३ महिना बित्दा पनि प्रहरी कार्यालय त्रिपालमुनि नै बस्न र सेवा प्रवाह गर्न बाध्य भएका छन् । 

भाडामा सञ्चालन हुँदै आएको प्रहरी कार्यालय भुकम्पबाट चर्किएर जोखिमयुक्त बनेपछि प्रहरीहरु त्रिपालमुनी नै बस्न बाध्य बनेका हुन् । शान्ति तथा पुननिर्माण मन्त्रालय र दातृ निकायको सहयोगमा १ करोड ८ लाख ६५ हजार २ सय २६ रुपैयाँमा उक्त भवन निर्माण गरिएको हो । १२ असार २०७० मा चैत्र ९ गते निमार्ण सक्ने गरि सम्झौता भएको भवन सम्झौतानुसार नभएको भन्दै प्रहरी बस्न मानेका छैनन् । 
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टका अनुसार तीन तल्लाको भवन बनाउने सहमति भएको थियो, तर दुई तल्लाको भवन बनेको छ । बनेको भवन पनि पूर्ण रुपमा सम्पन्न भएको छैन । झ्यालको सिसा समेत चर्किएको छ । 
त्रिपालको चौघेरोमा बस्दै आएका प्रहरीलाई सुबिधा सम्पन्न भवनमा कहिले बस्न पाउने हो भन्ने चासो पनि उत्तिकै छ । जिल्ला प्रहरी कार्यालय लमजुङको पटक पटकको ताकेतापछि नयाँ भवनको माथिल्लो तल्ला र चर्किएको ठाउँमा मर्मत सम्भार गरिएको छ । ठेकेदार कम्पनी जे एस आर निभा जेभी पोखराले भवन बनाउने जिम्मा पाएको थियो । 
गोरखासँग सिमाना जोडिएका पूर्वी लमजुङको बिकट साविकको बिचौर, ईलमपोखरी र दुधपोखरी कार्यक्षेत्र रहेको सो प्रहरी कार्यालय ‘क’ श्रेणीको ईलाका प्रहरी कार्यालय हो ।
दशबर्षे द्धन्दकालमा भवन ध्वस्त बनेर पुनःस्थापना भएको सो ईलाका प्रहरी कार्यालयमा २९ जनाको दरबन्दी कायम रहेपनि १४ जना मात्रै प्रहरी छन् । दरबन्दी अनुसारका प्रहरी इलाका प्रहरी कार्यालय विचौरमा नहुँदा सुरक्षा मजबुत हुन नसकेको दुधपोखरी गाउँपालिका वडा नम्बर २ विचौरका वडाध्यक्ष गोविन्द दवाडीले रातोपाटीलाई बताए । उनले प्रहरी कार्यालयमा आवश्यक प्रहरी नहुँदा सुरक्षामा चुनौती थपिएको बताए ।