Sunday, June 03, 2018

परदेशमा बगाएको पसिना गाउँको विद्यालयमा सिंचित 

शान्ता कमली । रोजगारीको शिलशिलामा विदेशिएकाहरु प्रायः आफ्नै परिवारको भविष्यलाई सुखी बनाउने सपना बुनेका हुन्छन् । उनीहरुले विदेशमा कमाएको धनले सहरमा ठूलो ‘बिल्डिङ’ ठड्याएर बस्ने योजना बनाएका हुन्छन् । तर, यहाँबाट वेलायत गएका भुपु विद्यार्थीहरुले दूधपोखरी गाउँपालिका–२ विचौरको बागेश्वरी माविलाई सहयोग गरेका छन् । दूधपोखरी गाउँपालिका–२ विचौरको बागेश्वरी माविका पूर्व विद्यार्थीहरुले वेलायतमा रकम संकलन गरि विद्यालयलाई १० लाख रुपैया सहयोग गरेका हुन् ।

विद्यालयको गत बुधबार सम्पन्न ६९ औं बार्षीक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दवाडी र प्रधानाध्यापक रामेश्वर न्यौपानेलाई संकलित रकम हस्तान्तरण गरिएको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष गोविन्द दवाडीले बताए । बेलायतमा रहेका भूपू सैनिक तथा बहालवाला एवं रोजगारीको सिलसिलामा बेलायत पुगेका विद्यालयका पूर्व विद्यार्थीले उक्त रकम सहयोग गरेका हुन् ।
विद्यालय संचालनमा परेको समस्यालाई समाधान गर्न पूर्व विद्यार्थीहरु मिलेर सहयोग संकलन गरि विद्यालयलाई हस्तान्तरण गरिएको बेलायती भूपू सैनिक दलबहादुर गुरुङले बताए । उनले भने विद्यालय संचालनमा परेको समस्याका बारेमा आफु वेलायतमा बस्दा जानकार भएकाले विद्यालयको समस्यालाई समाधान गर्न पूर्व विद्यार्थी मिलेर सहयोग संकलन गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो । आफुले पढेको विद्यालयमा कक्षा ११ र १२ को पढाईमा आर्थिक समस्या परेको खबर पाएकाले वेलायतमा रहेका गाउँका भुपु विद्यार्थीहरु मिलेर रकम संकलन गरि सहयोग गरिएको गुरुङले बताए । विदेशमा भएपनि आफूले पढेको विद्यालयको माया लाग्यो विद्यालयलाई केही गर्नुपर्छ भन्ने मनमा आयो त्यसैले विद्यालयलाई सहयोग गरेका हौ ।

सहयोग रकम कक्षा ११ र १२ संचालनमा खर्च गर्ने विद्यालयका प्रअ न्यौपानेले बताए । सहयोग रकमले पढाई सञ्चालनमा सहज हुने उनले बताए । जिल्लाको सबैभन्दा दुर्गममा रहेको विद्यालयललाई सरकारले उक्त कक्षाका लागि शिक्षकको व्यवस्थापन नगरेको र निजी स्रोतबाट जुटाएर तलब खुवाउँदा समस्या परेको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष दवाडीले बताए । उनले भने गाउँमा ११ र १२ कक्षासम्म पढाई नहुँदा गाउँका विद्यार्थीहरु छिमेकी जिल्ला गोरखा र लमजुङको सदरमुकाम बेसशिहर, भोटेवडार गएर पढ्नुपर्ने बाध्यता छ ।
साभार : Lamjung Daily

No comments:

Post a Comment