लमजुङको कुन गाउँपालिकामा को कार्यकारी अधिकृत तोकिए
लमजुङ, ४ चैत । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास
मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका
रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना
लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन समेत दिएको छ ।
सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ ।
निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो ।
सरकारले लमजुङका चार वटा गाउँपालिकामा
कार्यकारी अधिकृत खटाएको छ । हाल बेसीशहर नगरपालिकामा कार्यकारी अधिकृत
रहनुभएका धर्मराज लम्साललाई मस्र्याङ्दी गाउँपालिकामा खटाइएको छ । अन्य सबै
गाउँपालिकामा नयाँ अनुहार छन । दोर्दी गाउँपालिकामा बमबहादुर नेपाली,
क्होँलासोँथर गाउँपालिकामा दिपेन्द्र दाहाल र दुधपोखरी गाउँपालिकामा
विष्णुकुमारी न्यौपाने कार्यकारी अधिकृतमा खटिनुभएको छ ।
No comments:
Post a Comment