रवि लामिछाने ज्यु, अाजकाे दिनसस्म हजुरको कार्यक्रम हेर्दै गर्दा , सुन्दै गर्दा र टिकाटिप्पणि सुन्दै र बुझ्दै गर्दा नेपालकाे शासन थप अझै बुझ्न पाएको छु , यसको लागि धेरै धेरै धन्यवाद ।
तपाईं काे हो ?, भन्दा मलाई तीन वाक्य था छ ।
१ तपाई नेपालमा जन्मेर र नेपाली नागरिकता लिनु भयो ।
२. देशको परिस्थिति र बाध्यताले तपाईं विदशि भुमिमा जान बाध्य हुनुभयो ।
३. नेपाल र नेपालीको माया जन्म भुमिकाे मायाले तपाई पुनः नेपाल फर्केर नेपाली जनताको पक्षमा काम गर्ने बाचा गर्नु भयो ।
तर, रवि जि, तपाईंले त्यो कुरा बुझ्नु भएन , मैले कस्काे लागि के काम गर्दै छु भनेर, तपाईंले अाफ्नाे कार्यक्रम मार्फत धेरैको राजिराेटि र अधिकार खाेस्नु भयो, नेपालको कानुनमा जुनसुकै कुरा लेखिएतापनि तपाईंले भष्ट्र नेता , दलाल , तस्करी , हरुकाे बारेमा खुलेर प्रशंसाा गर्नुपर्ने थियोे त्यसाे हुन सकेन र गर्नु भभएन। यो त नेपाल काे लाेकतन्त्र पाे हो त रवि जि अन्य देशको जस्तो हैन, यहाँ कानुनमा जुनसुकै कुरा लेखिएतापनि तपाईंलाई नेताले र नेताकाे मान्छेले गरेको भष्ट्रचार विरुद्ध बाेल्ने अधिकार जाे कसैलाई छैन , पिडित जनताको बारेमा खुलेर बाेल्ने अधिकार कसैलाई छैन , रवि जि यो त नेपालकाे कानुन हो , यो कानुन रातारात पैसामा खरिदबिक्री हुन्छ ।यदि था छैन भने अब था पाउनुहाेस् ।
यहा स्वतन्त्र रुपले बाेल्ने अधिकार कसैलाई छैन, रवि जि यदि देशदाेह्रि, भष्टचारि , दलाललाई वा मानव बेचविखन गर्नेलाई केही प्रश्न गर्नु छ भने उनिहरुसग गाेप्यरुपमा के केकस्ता प्रश्न गर्ने भनेर सम्झौता गर्नु पर्छ अनिमात्र तपाईंको पत्रकारिता यहाँ चल्छ । यो देशमा सरकार कसले चलाएको छ त्यो बुझ्नुहाेस् ।
रवि जि तपाईं पत्रकार हो भन्दैमा स-प्रमाण जुटाएर समाचार बनाउन पाउनुहुन्न यो देशमा । देशदाेह्रि हरुकाे समाचार बनाउदा विना प्रमाण झुट समाचार मात्रै यो यो देशमा चल्छ ।
यहा सरकारलाई चासाे छैन, कुन नागरिक कुन उदेश्य का लागि विदेशमा बेचिएको , कस्ले बेच्याे ? यहाँ बेचिएको नागरिक हैन बेच्ने दलालि पिडित हुन्छ ।
तपाईंले गर्दा भष्ट्रचारिले भष्ट्रचार गर्न पाएन, ठेकेदार ले ठग्न पाएन, उनिहरुकाे व्यापार तपाईंले चाैपट पारिदिनु भयो ।
रवि जि, यो देशकाे लाकतन्त्र कागजि हो व्यवहारमा लागू दलालिहरुलाई कहिल्यै लागू हूदैन , तपाईंले लागू गर्न खाेजेर हुन्छ र ? रवि जि तपाईं जब सम्म पिडित जनताको पक्षमा हुनुहुन्छ नि तब सम्म यो सरकार तपाईंको विपक्षमा हुनेछ । यहाँ भुट र भ्रमकाे खेति गर्नुस् दलालि , भ्रष्ट नेताकाे बारेमा प्रशंसा गर्नुस् अनि मात्रै तपाईं सुरक्षित हुनुहुनेछ।
तपाईंलाई था छ कि छैन, स-प्रमाण सत्य तत्य देखाएर प्रश्न गर्दा तुरुन्तै नेपाल टेलिभिजनकाे कार्यक्रम पुर्णरुपले बन्द हुन्छ । देशमा कस्तो मन्त्री छन् त्यो विचार पुर्याउनु हाेला । तपाईंको कार्यक्रम पनि कुन बेला र कसरी बन्द गराउने भनेर यहाँ रातारात जनताले तिरेको करकाे पैसामा मिटिङ हुदै छ ।
रवि जि तपाईं देशकाे कानुन चिन्नुहाेस् ।
तपाईं हत्या ,हिसंा मच्चाउनु हाेस् नेताहरुबाट स्याबासी पाउनुहुनेछ ।
अझै पिडित जनताको अावाज सबै जनता विच ल्याउनुहाेस् जनताबाट स्याबासी पाउनुहुनेछ ।
कुन स्याबासी पाउने हजुरको हातमा ।
हजुरको शुभचिन्तक
नारायण न्याैपाने
लमजुङ, दुधपाेखरी - २