Friday, January 19, 2018

विचौर- २०७२ बैशाख १२ गते गएको भूकम्पबाट क्षति भएको इलाका प्रहरी कार्यालयको भवन अझै निमार्ण भएको छैन । लमजुङको पूर्वी भेग दुधपोखरी गाउँपालिका वडा नम्बर २ विचौरमा रहेकोे इलाका प्रहरी कार्यालयले त्रिपालमुनी बाटै सेवाग्राहीलाइै सेवा दिन बाध्य  छन् । भूकम्प गएको ३३ महिना बित्दा पनि प्रहरी कार्यालय त्रिपालमुनि नै बस्न र सेवा प्रवाह गर्न बाध्य भएका छन् । 

भाडामा सञ्चालन हुँदै आएको प्रहरी कार्यालय भुकम्पबाट चर्किएर जोखिमयुक्त बनेपछि प्रहरीहरु त्रिपालमुनी नै बस्न बाध्य बनेका हुन् । शान्ति तथा पुननिर्माण मन्त्रालय र दातृ निकायको सहयोगमा १ करोड ८ लाख ६५ हजार २ सय २६ रुपैयाँमा उक्त भवन निर्माण गरिएको हो । १२ असार २०७० मा चैत्र ९ गते निमार्ण सक्ने गरि सम्झौता भएको भवन सम्झौतानुसार नभएको भन्दै प्रहरी बस्न मानेका छैनन् । 
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टका अनुसार तीन तल्लाको भवन बनाउने सहमति भएको थियो, तर दुई तल्लाको भवन बनेको छ । बनेको भवन पनि पूर्ण रुपमा सम्पन्न भएको छैन । झ्यालको सिसा समेत चर्किएको छ । 
त्रिपालको चौघेरोमा बस्दै आएका प्रहरीलाई सुबिधा सम्पन्न भवनमा कहिले बस्न पाउने हो भन्ने चासो पनि उत्तिकै छ । जिल्ला प्रहरी कार्यालय लमजुङको पटक पटकको ताकेतापछि नयाँ भवनको माथिल्लो तल्ला र चर्किएको ठाउँमा मर्मत सम्भार गरिएको छ । ठेकेदार कम्पनी जे एस आर निभा जेभी पोखराले भवन बनाउने जिम्मा पाएको थियो । 
गोरखासँग सिमाना जोडिएका पूर्वी लमजुङको बिकट साविकको बिचौर, ईलमपोखरी र दुधपोखरी कार्यक्षेत्र रहेको सो प्रहरी कार्यालय ‘क’ श्रेणीको ईलाका प्रहरी कार्यालय हो ।
दशबर्षे द्धन्दकालमा भवन ध्वस्त बनेर पुनःस्थापना भएको सो ईलाका प्रहरी कार्यालयमा २९ जनाको दरबन्दी कायम रहेपनि १४ जना मात्रै प्रहरी छन् । दरबन्दी अनुसारका प्रहरी इलाका प्रहरी कार्यालय विचौरमा नहुँदा सुरक्षा मजबुत हुन नसकेको दुधपोखरी गाउँपालिका वडा नम्बर २ विचौरका वडाध्यक्ष गोविन्द दवाडीले रातोपाटीलाई बताए । उनले प्रहरी कार्यालयमा आवश्यक प्रहरी नहुँदा सुरक्षामा चुनौती थपिएको बताए ।

Thursday, January 18, 2018

बालकृष्ण ढुङ्गेलको चर्चित कविता : तिमिले बन्दुक रोक भन्ने बेला सम्म पनि म तिम्रो लागि प्रीय नै थिए

बालकृष्ण ढुङ्गेलको चर्चित कविता : तिमिले बन्दुक रोक भन्ने बेला सम्म पनि म तिम्रो लागि प्रीय नै थिए







तिमिले
गोडाफाट भन्यौ मैले गोडा फाटे
सतर्क भन्यौ म सतर्क बने
अगाडि बढ भन्यौ ,म अगाडि बढे
पछाडि हट भन्यौ म पछाडी हटे
सर्टिफिकेट फाल भन्यौ मैले फाले
दस्ताबेज पढ भन्यौ मैले पढे
इतिहास पढ भन्यौ मैले पढे
समाज पढ भन्यौ मैले पढे
अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे
तिमिले बन्दुक बोक भन्यौ मैले बोके
कैयौं कुइन्टल भारी पनि बोके
सहयोद्धाका अमर शरीर बोके
घाइते शरीर बोके
रक्तिम सन्देश बोके
बोक्न त आजाद हरुका प्यार पनि बोके
जल्लाद हरुका काला कर्तुत पनि बोके
घर भनिएन
सम्पत्ति भनिएन
बा आमा भनिएन
प्रीयसी भनिएन
पढाइ भनिएन
केवल भनियो त परिवर्तन
हिडियो त मृत्यु लाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना पाना
बनाइयो सामन्तिलाइ निशाना
तिमी संग आदेश दिन सक्ने क्षमता थियो
म सङ्ग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
मैले आदेश पालना गरेकै हु
आफ्नो कर्तव्य निभाएकै हु
भोक भोकै लडेकै हु
त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो
किनकी म भाचिएको हात लिएर
बन्दुक चलाउन सक्थे
खुट्टामा गोलिका डल्ला बोकेर
अहोरात्र लड्न सक्थे
तिमिले बन्दुक रोक भन्ने बेला सम्म पनि
म तिम्रो लागि प्रीय नै थिए
किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थे
तिमिलाई हर क्षण पहरा दिन सक्थे
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
जब मूल्य तोकियो
म जस्तै हजारौं लाई हाट बजारमा राखियो
तिमिले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाचे
खुट्टामा गोलि बोकेको म
भच्चिएको हात बोकेको म
अयोग्य बने
कमरेड
कुनै बेला त्यही भाच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोलि लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिए होइन ?
म योग्य नै थिए होइन ?
तर म आज कसरी अयोग्य भए ?
तिमिले भनेको मोर्चा सम्हालेकै हु
दुश्मन को किल्ला तोडेकै हु
तिमिलाइ गुन्द्री बाट रातो कार्पेटसम्म पुर्याएकै हु
के त्यहा पुर्याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहा पुगेको हौ रु
तिमिले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ
तर मेरो चोट ग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर
खै त तिम्रो उचाइ नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?
केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य
तिमिलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने
म कसरी अगोग्य भए ?

Thursday, January 11, 2018

पृथ्वीनारायण शाहः नायक कि खलनायक

पृथ्वीनारायण शाहः नायक कि खलनायक



युद्धको समयमा भएका एकाध अमानवीय घटनाहरुलाई समातेर; दोस्रो विश्व युद्धपछि अस्तित्वमा आएको मानव अधिकारको चस्मा लगाएर जसले पृथ्वीनारायण शाहको विश्लेषण गर्छ उसको दृष्टिकोणमा उनी खलनायक हुनसक्छन् तर, तत्कालीन समयको राजनीतिक अवस्था अनुसार जसले उनको विश्लेषण गर्छ उसको लागि उनी नायक नै हुन् ।      

सत्य हो, पृथ्वीनारायण शाहले उतिबेला अरुको राज्य खोसे । तर, आदिवासी जनजातिको मात्र राज्य खोसे भन्नु चाहिँ गलत हो । उनले नेपाल भूगोल भित्र खास गरी मल्ल, शाह र सेन राजाहरुसँग युद्ध लडेका थिए । मगर र गुरुङ जातिको बाक्लो बस्ती रहेको पश्चिम पहाडमा शाह र सेन राजाहरु राज्य गर्थे । तामाङ र नेवारहरुको बाक्लो बस्ती रहेको मध्य नेपालको पहाडमा मल्ल राजाहरुको शासन थियो । मकवानपुरमा सेन राजाले शासन गर्थे । पूर्वका राई लिम्बुहरु पनि चौदण्डी र विजयपुरका  सेन
–अभिषेक जोशी,
 राजाहरुका प्रजा थिए । किराँतको अलिकति भुभागमा सिक्किमे राजाले पनि कब्जा जमाएको अवस्था थियो । पूर्वी तराईँ पनि नेपालपट्टि सेन राजाहरुको नियन्त्रणमा रहेको थियो भने भारतपट्टि बंगाल, विहार र उत्तरप्रदेश चाहिँ मुस्लिमहरुको थियो । पछि ती राज्यहरु अंग्रेजले लडाईमा जित्यो ।  
यसरी हेर्दा पृथ्वी नारायण शाहले आदिवासी जनजातिको राज्य खोस्यो भन्ने तर्क कुनै पनि कोणबाट पुष्टि हुदैन् । बरु, आदिवासी जनजातिको बाक्लो जनसंख्या रहेका राज्यहरुमा पृथ्वी नारायण शाहले आक्रमण गरे भन्न चाहिँ मिल्छ । तर, आदिवासी जनजातिहरु त गोरखामा पनि थिए । गोरखा दरबारमा गुरुङ र मगरहरुको सुरुदेखि नै उपस्थिति रहेको देखिन्छ । दिब्य उपदेश अनुसार, उनको सेनामा मुख्य गरी ठकुरी, खस, मगर र गुरुङ जातिको वर्चश्व थियो । दिव्योपदेशमै उनले आफुलाई मगरातको राजा हुँ पनि भनेका छन् । गुरुङ र मगरहरुलाई राजधानी र राजधानी प्रवेश गर्ने प्रत्येक नाकामा ठकुरी र खस सेनासँग मिसाएर राख्नु पनि भनेका छन् । सैन्य सुविधाको सवालमा पनि सबैलाई बराबरी हुने गरी सुविधाहरु उपलब्ध गराउनु भन्ने आदेश दिव्योपदेशमै उल्लेख छ । 
किर्तीपुरेहरुको सत्र धार्नी नाक काटेको विषय एकताका निकै नै चर्चाको विषय बन्यो, गणतान्त्रिक नेपालमा । नाक काटिएकै हुन् । द्विविधा छैन । सत्र धार्नी नाक काटिएको तथ्यलाई प्रमाणित गर्ने आधार के त ? भन्दै यस कथनमाथि नेपाली विश्लेषणको क्षेत्रमा सर्वप्रथम विश्लेषक सौरभले प्रश्न उठाएपछि सानो तिनो हलचल नै मच्चियो । सत्र धार्नी नाकको सान्दर्भिकता पुष्टि हुने खालका कुनै स्रोत वा प्रमाण कतै उपलब्ध थिएनन् । बरु सौरभ कै दृष्टिकोणलाई पुष्टि गर्दै पछि अन्य लेखहरु पनि लेखिए, सन्दर्भ सहित । यो वहस सुरु हुनु अघिसम्म हामी केपुचिन पादरीले लेखेका किताबहरुलाई नै पुख्ता प्रमाणको रुपमा पेश गरिरहेका थियौँ । त्यसको सत्यतालाई जाँच्ने काम कसैबाट हुन सकेको थिएन । विश्लेषकहरु पनि सत्र धार्नी नाक काटिएको तथ्यलाई सुविधाका साथ प्रयोग गरिरहेका थिए ।  
तत्कालीन विश्वमा युद्धमा पराजित पक्षको सामूहिक नरसंहार गर्र्ने; गुलाम बनाउने; उनीहरुका स्त्री र बालबालिका अपहरण गरेर लैजाने; घरहरुमा आगो लगाई दिने; धनसम्पत्ति लुटपाट गर्ने अभ्यास थियो त्यतिबेला । १४ औँ शताब्दीमा नेपाल आक्रमण गरेको बंगाली शासक सामसुद्दिन ईलियस शाहले सात दिनसम्म भक्तपुर, ललितपुर र काठमाडौँमा लुटपाट, तोडफोड र आगजनी मच्चाएको थियो । भारतमा त यस प्रकारका घटना मुगल र अंग्रेज साम्राज्यको दौरान अनेक चोटी घटे । मुगलहरुहरुले भारतमा हिन्दु, बौध्द, जैन र शिखहरुको सामुहिक कत्लेआम अभियान कै रुपमा अगाडि बढाएका थिए । मुस्लिम शासनको समयमा मात्रै आठ करोड भन्दा बढी गैर मुस्लिमको हत्या भएको अनुमान गरिन्छ । अंग्रेज शासित भारतमा पनि धर्म परिवर्तन गराउन योजनाबध्द अभियान नै चलेको थियो । भारतीय राज्यहरु कर्नाटका, गोवा, नागाल्याण्ड, मिजोरम, मणिपुर, अरुणाञ्चल प्रदेश आदि क्षेत्र आज पनि ईसाई बहुल क्षेत्रको रुपमा चिनिन्छन् ।  यसको ठिक विपरीत पृथ्वीनारायण शाहले नेपालमा ईसाई र ईस्लाम बाहेक हिन्दु, बौद्ध, किराँत धर्मलाई फल्ने फुल्ने अवसर दिए । कुनै गुम्बा, चैत्य तोडफोड भएन; आगजनी गरिएन; हतियारको आडमा धर्म परिवर्तन गराईएन । न त उनले आफ्नो शत्रु पक्षको सामूहिक नरसंहार गरे; उनीहरुका पत्नी र बालबालिका अपहरण गरे, घरहरुमा आगो लगाए ।
  पृथ्वी नारायण शाह आफ्नो समयका असल राजा थिए । उनले प्रशासनिक कामहरु गर्न नपाउँदै उनको मृत्यु भएको कारण यो पक्ष प्रकट हुन पाएन । तर, लिम्बुवानसँगको किपट सम्झौता पूर्ण ईमान्दारीका साथ पालना गरेको, हातहतियार किन्नको लागि सामान्य प्रजा बिसे नगर्चीले दिएको सल्लाह मानेको, बन्दुकका कालिगढ लखनवी मुसलमानहरुलाई गरी खानको लागि थातथलोको स्थायी व्यवस्था गरिदिएको, सेना र जनतामाझ लोकप्रिय रहेका कालु पाँडेलाई काजी पदमा नियुक्त गरेको जबकि उनी विराज बखतीलाई काजी नियुक्त गर्न चाहन्थे, आदि घटनाहरु उनी असल राजा भएको प्रमाण हुन् ।  पृथ्वीनारायण खासमा जनईच्छाको एकदमै कदर गर्ने राजा थिए ।
जनता र सेना नै राजाको मुलतत्व भएको र यी दुबैलाई मजबुत राख्नु पर्ने; कुनै पनि हालतमा विदेशी व्यापारीहरुलाई मुलुकभित्र व्यापारका लागि प्रवेश दिन नहुने; खानी तथा कृषियोग्य जमिनमा रहेका बस्ती हटाएर भएपनि खानी तथा कृषि सञ्चालन गर्नु पर्ने; आफुले अँगाली आएको मूल धर्म त्याग्न नहुने जस्ता महत्वपूर्ण सन्देश उनले दिव्योपदेश मार्फत दिएका छन् । तसर्थ, युद्धको समयमा भएका एकाध अमानवीय घटनाहरुलाई समातेर; दोस्रो विश्व युद्धपछि अस्तित्वमा आएको मानव अधिकारको चस्मा लगाएर जसले पृथ्वीनारायण शाहको विश्लेषण गर्छ उसको दृष्टिकोणमा उनी खलनायक हुनसक्छन् तर, तत्कालीन समयको राजनीतिक अवस्था अनुसार जसले उनको विश्लेषण गर्छ उसको लागि उनी नायक नै हुन् ।    
  अन्त्यमा, 
जातिहत्या ईसाई र ईस्लाम शासकहरुले गरे । यो कार्य दोस्रो विश्व युद्धसम्म पनि जारी रह्यो । अफ्रिकनहरु, यहुदीहरु, रेड इन्डियनहरु, अर्मेनियनहरु, चिनीयाँहरु, भारतीयहरुमाथि यिनीहरुले जसरी मन लाग्यो राज गरे; रगतको खोलो बगाए; गुलाम बनाए; नारीहरुको सामूहिक बलात्कार गरे; गाउँ र वस्तीहरु जलाए, काटिएका टाउकाहरुको थुप्रो ठड्याएर पहाड बनाए । युरोपमा त क्याथोलिक धार्मिकतासँग सहमत हुन नसकेकै कारण सन् १५२४ देखि १६४८ सम्म धार्मिक युद्ध नै भयो, एक लाख भन्दा बढी मानिसहरु मरे यो युद्धमा । अन्त्यमा, असहमत पक्षसँग क्याथोलिक चर्चले सम्झौता गरेपछि नयाँ ईसाई धार्मिकता पैदा भयो–प्रोटेस्टेन्ट ।    धर्मको करण कसरी हुन्छ भन्ने विषयमा एउटा उदाहरण पेश गर्न चाहन्छु, रोमन सम्राट कन्स्टान्टाइनले ईसाई धर्म अँगालेपछि रोम मै रोमन धर्ममाथि प्रतिबन्ध लाग्यो । मुर्तिपुजा, मन्दिर, रोमन धर्मशास्त्र, पुजारीहरु सबै प्रतिबन्धित भए । आजको दिनमा हामी रोमन धर्म थियो भन्ने सुन्छौँ; युरोपका केहि देशहरुमा रोमन धर्मका अवशेषहरु आज पनि कायम भेटिन्छन् तर रोमन धर्म मान्नेहरु भेटिँदैनन् । यसको विपरीत पृथ्वीनारायण शाहले उनको राज्यमा रहेका सबैलाई आफ्नो मुलधर्म नछाड्नु भन्ने आदेश दिए ।  यसर्थ, पृथ्वी नारायण शाहले जाति हत्या गरे; आदिवासीहरुको राज्य खोसे; अन्य धर्ममाथि हिन्दु धर्म लादे भन्ने आरोपहरु मिथ्या छन् । सकिन्छ उनले निर्माण गरिदिएको मुलुकमा बसेर उनलाई राष्ट्र नायक ठानौँ । सकिन्न भने उनले निर्माण गरेको मुलुकमा बसेर, विदेशीहरुले पढाएको पाठ घोकेर उनलाई जाति हत्यारा जस्तो घीनलाग्दो अप्रामाणिक आरोप पनि नलगाऔँ । 

रमाइला १०१ नेपाली उखान टुक्का

रमाइला १०१ नेपाली उखान टुक्का


१) हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला !
२) हत्केलामा तोरी उम्रदैन !
३) हिराको मोल किराले जान्दैन !
४) हेर्दाको राम्रो, दिन खानको चाम्रो !
५) हल्लिएको दाँत एकदिन फुक्लन्छ !
६) हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ !
७) हर्रो नपाउनेलाई जाईफल !
८) हँसियाको बिहेमा खुर्पाको गीत !
९) सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ !
nepali ukhan tukka with answers
१०) सिपाहिको काम छैन, जर्नेलको मान !
११) सालीको आशमा भिनाजुको बनिबास !
१२) सम्धीको निहुँले मलाई पनि घिउले !
१३) संगैका साथि सिँहदरबार माथी !
१४) संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी !
१५) सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी !
१६) सबै कुकुर काशी गए गु केले खाला !
यो पनि पढ्नुहोस् :   https://lamjungnews2.blogspot.com/2018/01/blog-post_8.html
१७) शिरमा टोपी छैन , खुट्टामा खोल !
१८) शुक्र उदाए, फर्सी कुदाए !
१९) शुरोको मु**मा काँडाले कोर्दैन !
२०) बचनको चोट, मनको घाउ !
२१) बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन !
२२) बैरो हाँसे, पैरो चल्छ !
२३) लानेलाई भन्दा जानेलाई हतार !
२४) लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !
२५) लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ !
nepali ukhan tukka sabaiko mukha mukha
२६) लजालु बुहारी, असनको डेरा !
२७) लक्का छोरोलाई के को धक्का !
२८) र**डिको घरमा पोइको के खाँचो !
२९) राजाको घरमा नुन को दु:ख !
३०) रावण मरेर लंका खाली हुँदैन !
३१) रात राम्रो जुनले, मान्छे राम्रो गुनले !
३२) रिसको झोकमा कसले बेद पढ्छ !
३३) युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन !
३४) मर्दको जुँगा सँग आगो पनि हच्किन्छ !
३५) मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो !
३६) माग्नेलाई तातो भात !
३७) माकुराको जाल झिंगाको काल !
३८) मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ !
३९) मरी जाने चोला, उडी जाने सास !
४०) भोको पेटलाई तातो खिर !
४१) भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो !
४२) भाउजुको देवर तन्नेरी !
४३) भरि गाग्रो छ्चल्किन्न !
४४) भाई भए भरोस, गाई भए गोरस !
४५) भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !
४६) बँदेल जति मोटायो उति मु** साँगुरो !
nepali wukhan with meaning
४७) बालुवा निचरेर तेल आउदैन !
४८) पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग !
४९) पानीमा बसी गोही संग दुस्मनी !

यो पनि पढ्नुहोस् :  https://lamjungnews2.blogspot.com/2018/01/blog-post_5.html
५०) पाडो खानेले बाच्छो राख्दैन !
५१) नसो पस्यो, माया बस्यो !
५२) नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो !
५३ नठिनिको नाठो काख छउन्जेल आफ्नो !
५४) नबोल्नेको कोहि पनि बैरी हुदैन !
५५) धन कमाई धाक, साथी कमाई लाख !
५६) दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो !
५७) दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !
५८) दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो !
५९) दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् !
६०) दमाइको लुगामा तुना छिनेको !
६१) दाजुको चिउरा, भाउजुको खटन !
६२) थैली बलियो भए साथीको के कमि !
funny nepali idioms
६३) तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन !
६४) तिम्रो पोइ लोते लोते, कसले दियो पोते !
६५) तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु !
६६) तातोपानीले घर डढदैन !
६७) तिहारको ज्वाईं, श्राद्ध को सालो !
६८) तन्नेरीको साथमा तरुनीको नासो !
६९) तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला !
७०) ढिकीले स्वर्गमा पनि धानै कुट्छ !
७१) डाँकाले खाएको धन,आगोले खाएको बन !
७२) डरलाग्दा मान्छेका घिनलाग्दा कुरा !
७३) डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ !
७४) ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !
७५) ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला !
७६) ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे !
७७) टुपी समाएर गालामा चड्कन !
७८) टोपी न सोपी,कपाल केले छोपी !
७९) टाढाको देउता, करेसाको भुत !
यो पनि पढ्नुहोस् :   https://lamjungnews2.blogspot.com/2018/01/blog-post_5.html
८०) झिङ्गो मारि धार्नी न बिसौली !
८१) झड्केलो छोराछोरी, खढ्कुलाको भात !
८२) जान्नु न सान्नु थुतुनो मात्रै तान्नु !
८३) जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !
८४) जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना !
८५) जसकी आमा भान्छे, उसको छोरो भोकै !
८६) जति सुम्सुम्यायो उति ठाडो !
८७) जुन आस लाग्दो उही जेठाजु !
८८) छोरीको बैंस बाबुले होइन, अरुले देख्छ !
ukhane in nepali
८९) छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ !
९०) छालो जाला तर कालो जादैन !
९१) छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने !
९२) चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ !
९३) चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन !
९४) चिनीको नाम जपेर मुख गुलियो हुदैन !
९५) चण्डाललाई रुद्राक्षको माला !
९६) घरमा छैन तेल, खान खोज्छ सेल !
९७) घर नखाएको छोरि, प्रदेश नखाएको छोरो !
९८) गिद्धको सामु कौवाको पखेटा !
९९) गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर !
१००) गधाको भारी नपुगी उठ्दैन !
१०१) गोठालोको बुद्धि भैसीको थुनमा !

Tuesday, January 09, 2018

यस्तो छ डा केसीले सर्वोच्चमा दिएको ११ बुँदे लिखित बयान


यस्तो छ डा केसीले सर्वोच्चमा दिएको ११ बुँदे लिखित बयान


काठमाडौं– अदालतकाे अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन्।
डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीका न्यायिक कार्यहरुको फेहरिस्त उल्लेख गर्दै उनीप्रति बयान केन्द्रित गरेका छन्। डा केसीले प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनीमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने लगायत उल्लेख गरेका छन्। 
डा केसीले पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उनीबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन्।



Monday, January 08, 2018

विचौरमा निःशुल्क स्वास्थ्य शिविर

लमजुङको विकट क्षेत्र विचौरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वास्थ्य शिविरमा पाँच सय २५ जना लाभान्वित भएका छन् । दुधपोखरी गाउँपलिकाको विचौर स्वास्थ्य चौकिमा आइतबार सञ्चालन भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका ५ सय २५ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।

शिविरमा आएका मध्ये अधिकांशमा आखाँ र दाँतसम्बन्धी समस्या देखिएको स्वास्थयकर्मीले बताएका छन् । त्यस्तै शिविरमा आउनेमध्ये धेरै महिलाहरुमा पाठेघरसम्बन्धी समस्या भएको शिविरमा खटिएका जिल्ला सामुदायिक अस्पलातका डा.सुलोचन पन्तले बताए ।
शिवरमा डा. पन्तसँगै, डा.दिक्षित भट्ट, डा.विनय भण्डारीलगायत १३ जनाको टिमले सेवा प्रदान गरेको थियो । शिविरमा दुघपोखरी गाउँपालिका विचौर, ठूलोकाभे्र, सानोकाभ्रे लगायतका स्थानीयले सेवा लिएका छन् । सामान्य स्वास्थ्य परिक्षण, आखा जाँच र चस्मा वितरण, दन्तसेवा, स्त्रीरोग सम्बन्धी जाँचसँगै निशुल्क औषधी वितरण र आवश्यक परामर्श सेवा पनि प्रदान गरिएकोे थियो ।

गाउँमा नै सेवा पाएसँगै विचौरकी ८७ वर्षिया भद्रीमाया न्यौपाने निकै खुशी भएकी छन् । उनले भनिन् गाउँमै डाक्टर आएर औषधि दिएको यो पहिलो पटक हो । यस्तो सेवा गाउँमा भोलिका दिनमा पनि सञ्चालन भएमा आफुहरु खुशी हुने उनले बताइन् । उनीमात्र होइन इलामपोखरीकी गौरीमायाँ गुरुङ पनि गाउँमै शिविर संचालन हुँदा निकै खुशी थिइन् । उनले भनिन्, ‘दुर्गममा कहिले त बिरामी पर्दा सिटामोल समेत पाइदैन ।’
शिविरलाई दुधपोखरी गाउँपालिकाका उपाध्यक्ष कमलप्रसाद धितालले सम्बोधन गर्दै जिल्लाकै विकट क्षेत्र विचौरमा नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन भएकोमा खुशी व्यक्त गरे । उनले आफ्नो गाउँपालिकाले विशेषगरी शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखेर योजना बनाउने र सोहि अनुसार कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शिवर दुधपोखरी गाँउपालिका, लमजुङ जिल्ला सामुदायिक अस्पताल, लमजुङ सेवा समिति हङकङ र विचौर स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा रेडियो मस्र्याङदीको सहयोगमा सञ्चालन भएको थियो ।

Friday, January 05, 2018

जिल्ला अस्पतालमा निःशुल्क औषधि अभाव

जिल्ला अस्पतालमा निःशुल्क औषधि अभाव


बेसीशहर– जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधि अभाव भएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् । 
सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये अधिकांश औषधि सकिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए । औषधि खरिदका लागि सरकारबाट वार्षिक बजेट आउने गरेकामा यो वर्ष नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको जिल्ला सामुदायिक अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए । 
“अघिल्ला वर्ष झैं यो वर्ष पनि बजेट आउँछ भन्ने आशमा बस्यौँ”, देवकोटाले भने, “पुस लागिसक्यो बजेट आएन, औषधि पनि सकियो ।” अस्पतालमा अति प्रयोग हुने निःशुल्क प्रकारका औषधि सकिएको र अति कम प्रयोग हुने केही औषधि मात्र बाँकी रहेको देवकोटाको भनाइ छ । निःशुल्क औषधि नपाएपछि उपचार गर्न अस्पतालमा आएका बिरामी स्वास्थ्य परीक्षण गरेर अन्यत्रै औषधि किन्न बाध्य भएका छन् । 
मानव विकास तथा सामुदायिक सेवा संस्थाको व्यवस्थापनमा सञ्चालन भएको जिल्ला अस्पतालमा निःशुल्क औषधिका लागि नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत अनुदान दिँदै आएको थियो ।
पछिल्लो समय स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला अस्पतालले औषधि खरिद गर्न नपाएको हो । निःशुल्क औषधिको व्यवस्थापनका लागि अस्पताल विकास समिति र स्थानीय तहसँग छलफल भएको देवकोटाले बताए । उनले औषधि खरिदका लागि समितिले पहल गरेको समेत जानकारी दिए ।  
साभार:-   रातोपाटी

💕नरचियेको प्रेम काहानि💕 निशा न्यौपाने

💕नरचियेको प्रेम काहानि💕
म भाग्यमानी भनौ कि अभागी खै शब्द नै भेटिन आफुलाइ सम्बोधन गर्ने!!
आज लेख्न मन लाग्यो आफ्नै कथा खै किन बाढ्न चाहे मेरो सुख र दुख हजुरहरु संग!!🙂
भनिन्छ पीडा बाड्यो भने कम हुन्छ हरे अनि खुसी बाढ्दा दोब्बर येस्तै सोचेर लेख्दै छु मेरो काहानि💕
मेरो नाम रचना समिप शर्मा💕

दशैं बिदा सकियेर भर्खर क्याम्पस लाग्न थालेको थियो!! मंसिर पहिलो हप्ता अलिअली चिसो हुन सुरु भै सकेको थियो!! माथी मेरो नाममा नाम जोडियेको ब्यक्ती मेरो जीवनसाथि अझ भनौ मैले अन्जानमा प्रेम गरेको ब्यक्ती मेरो बच्चा बेलाको साथी !!
आज सुनाउछु हजुरलाइ मेरा भोगाइहरु🙂
बिहानको क्याम्पस बिचमा break time नै नहुने सन्च पनि थियेन घर जानू पर्यो भन्ने सोचे!! अन्तिम कक्षा नलि जानू पर्यो भने!! समीप मेरै कक्षामा पढ्ने बच्चै देखि हामी संगै पढेको घर पनि एकै ठाउँ हो हाम्रो!! बोलाये घर जान्छस भनेर सोध्न पछाडी केटि संग गयेर बसेको थियो!! त भने भनेर छक्क नपर्नुस है अहिले मात्र तपाईं भन्न बानी हुँदै छु त भन्दै आफ्नो लाग्छ!!!...

छेउ मै गयेर सोधे घर जाने .. उस्को उत्तर जांदिन त जा मात्र भन्यो फेरि तेइ केटि संग बोल्न थाल्यो!!
आफुलै तेसै सन्छ नभको झन उस्ले वास्ता नगरेको देखेर रिस उठ्यो किताब बोकेर निस्के !! उफ साइकल पो छ त मेरो त एक देशमा राख्नु पर्छ साइकल पनि !! मन नलागी नलागी लिन गये !! त्यो आउदा के हुन्थियो सन्च छैन कमसेकम घर त संगै जादा हुन्थियो एक चोटि सोधेन किन जान आटेकी भनेर!! कति रिस उठ्यो समीप नआकोले ! एक्लै हिड्दै थे साइकल डोर्यायेर पछाडी बाट बोलायो रचना !!
आवज समीप कै हो तर रिस उठेको ले गर्दा रोकिन मन लागेन फेरि बोलायो पर्खि न हौ दाउरि!!
मलाइ दाउरी भन्थियो समिपले खै खासै लुति त हैन माया होला उस्को!!
कुद्दै आयेर साइकल समायो!! तलाइ रिस कति उठ्छ हौ दाउरी?? समिपको प्रश्न!!
जा न तेइ केटि संग बसि राख तलाइ मेरो के मतलब एक चोटि सोधिस किन घर जान आटेकी भनेर अहिले किन आउछ्स!! एकै लाइनमा सके यी कुरा!! उ हासेर बोल्यो तलाइ म अरु संग बोल्दा त रिस उठ्छ मलाइ अरु संग बिहे गर्न पनि दिन्नस होला है?
अझै सोधेन के भो भनेर अझ उस्कै प्रतिप्रश्न 😐
तेरो बिहे म किन रोक्नु को होस र मेरो ? ठाडै झर्किये!!
उसलाई के लाग्यो र भन्यो छोड साइकल म चलाउछु सन्छ नभै नभै किन क्याम्पस आकि भन्यो!!
म अचम्मित भये!! मैले सुनाको नि छैन सन्च नभको कसरी बुजिस मेरा कुरा भनेर सोध्न मन थियो सोधिन सोध्यो भने फेरि हावा कुरा गर्न थाल्छ !!
साइकल उस्लाई दिये उस्ले चलायो म पछाडि बसे !!टाउको उस्कै ढाडमा अड्यायेर!!
उसैले बोल्यो दाउरी घर गयेर औषधि खा है ज्वरो आको छ तलाइ!!
तर उसलाई थाहा थियो म सन्च नहुदा पानी पनि खादिन भनेर!! म केही बोलिन !! अलिकति वरपर पर्थियो घर थोरै बाटो मोडिनु पर्ने मैले भने छोड म जान्छु आफैं !! उस्ले साइकल दिन मानेको थियेन !! मैले जबर्जस्ती लियेर गये!!
घर पुग्दा मेरो बाबाको मामा अनि २ जाना अपरिचित ब्यक्ति घरमा देखे !!
हात जोडे अनि आफ्नो कोठामा गये ! ती अपरिचित ब्यक्ति को थिये किन आये थाहा थियेन!! मोबाइलमा म्यासेज आयो समीप कै रहेछ दाउरी घर पुगिस औसधि खाइस??
मैले रिप्लाई गरे औसधि खायेर म सुत्छु भनेर!!
बेलुका खाना खाने बेलामा ममिले बोलाउनु भयो खान पनि मन थियेन त्यही पनि गयेर बसे भान्सामा
!!खाना पस्किदै गर्दा ममिले भन्नू भयो चिनिस दिउँसो मामा संग आउने मान्छेलाइ??
म अकमक्क भये कहिलै नदेख्या मान्छे कसरी चिन्नु के सोध्नु भो ममिले!!
पोहिलो चोटि देख्दै छु कसरी चिन्नु है!!
खाना मुछेर मुखमा लान लागेकी थे पहिलो गाँस ममिले भन्नु भयो तलाइ हेर्न आयेका रहेछन उनिहरुलाइ मन पर्यो हरे अब हामिले टुङ्गो दिये पछि कुरो छिन्न आउछन !! एउटा छोरा र एउटि छोरी रछन !! केटा आर्मी रहेछ मलाइ त ठिक लाग्यो त सोच है नानी!!ममिले पुरै कुरो सक्नु भयो आफुलाइ सन्च नभको र त्यो कुराले खाना खाने मन भयेन उठेर कोठामा आये!!
मोबाईल हेरे समिपले ५ वटा म्यासेज र ३ चोटि फोन गर्न भ्यायेछ!! बिहेको कुरा र समिपको रेखदेख झलझली आखामा आयो!!
आज सम्म कहिलै नसोचेको कुरा दिमागमा आयो!! मलाइ हेर्न आयेका मान्छे अरु नि थिये तर त्यस्मा समिपलाइ देखे!! अनि बल्ल सोछे कहिले बाट समीप संग यति नजिकियेछु कि जिवनसाथिको रुपमा उस्लाइ देख्न थाले!!
उस्को म्यासेज रिप्लाई गरे भने त संग धेरै बोल्नु छ!! तलाइ सम्जी राख्या छु!! उस्ले भन्यो फोन गरुम दाउरी?? मैले भने भोलि क्याम्पस छोड्दिउला न !! उस्ले हुन्छ भन्यो म सुते!!
बिहान समिपलाइ देख्दा आँखा रसाये थाहा छैन किन क्याम्पस पुगेर किताब कक्षा मै छोडेर चौरमा गयेर बसे उ संग सबै कुरा सुनाये उस्ले भन्यो दाउरिको बिहे?? कुन अभागी रछ नि बिचरा!! उस्ले हासेर जित्यो मैले सहन सकिन के सोचेर सुनाये के सोचेर जिस्कायो मेरो माया छैन येस्लाई मेरा आँखा भरी आँसु भये म उस्को मुख बाट बिहे नगर मलाइ पर्खि म लिन आउछु भन्ने सुन्न चाहान्थे तर अह बिल्कुल फरक जवाफ दियो!! फेरि सोधे म के गरुम घरमा सबैलाइ चित्त बुज्यो रे थाहा छैन मैले केटा पनि मजाले देखेकी छैन!! उस्ले भन्यो गर बाबा ममिले हेरेको पक्कै ठिक हुन्छ!!😐
त्यस पछि कुनै आश रहेन घर आये ममिले बेलुका फेरि सोध्नु भो हुन्छ भनिदिये!!
फेरि आये केटाहरु शनिबारको दिन पुलमाला गर्ने सोच ले !!सबै कुरा भयो तर बिहे मंसिरमा जुरेन खै के मिलेन अनि पुष मा गर्न नहुने माघ १० गतेको बिहे पक्का भयो!!
लगभग डेड महिना थियो फेसबूकमा कुरस हुन्थियो मेरो बिहे हुने मान्छे संग तर खुसी हुन्न थिये उ संग बोल्दा जति समीप संग बोल्दा हुन्थिये!!
उस्को नाम प्रकाश बास्तोला !!नेपाल आर्मी को जागिर मान्छे राम्रो थियो जिउ खाइलाग्दो परेको!!
कहिले क्याम्पस जान्थे कहिले जादीन समिपलाइ देख्दा नराम्रो लाग्थियो उ पनि खासै बोल्दैन थियो!! येसै बिबाह भयो सरकारी जागिरे मान्छे जागिर हेटौंडा मा थियो मेरो श्रीमानको बिहे भयेको १ महिनामा जागिरमा जानू भयो म यतै घर आयेर क्याम्पस जाँदै थिये सासू ससुरा बुज्ने हुनुहुन्थ्यो !!अनुमति थियो पढ्ने आफ्नो
भये पछि माया पनि लाग्दो रहेछ फागुन अन्तिम तिर वाहाको छुट्टि भयेछ बोलाउनु भयो घुम्न!! हामी काहीं गयेका थियेनौ त्यसैले गये!! १५ दिन जति घुमेउ चैत १५ तिर हामी घर फर्किउ बाइकको यात्रा थियो!! मेरो बिबाह भयेको घर धरानमा हो!! इटहरी कटे देखि नै खै किन डर लागि रह्यो तरहरा कटेर थोरै जङ्गल पार गरे पछि बस मलाइ म लडेको याद छ बांकी केही याद छैन!!
होस आउँदा हातमा स्लाइन लगाइ राख्या थियो टाउको पानीले भिजायेर पुरै चिसो वरि परि आइमाई मान्छेले मलाई घेरेका थिये !! नजिकै कोलाहल थियो मेरो होस आये पछि त्यो कोलाहल अझ चर्कियो!! मेरो ममिले अङालो हालेर रुनु भयो!! म के भयो सोच्न सकिन उठे मेरो बिबाह पछिको कर्म घर थियो आगनमा बांसको अर्थी!!
म कसरी भनौ त्यो बेलाको घटना !!
म उठ्ना साथ एम्बुलेन्स आइ पुग्यो सेतो प्लास्टिकमा बेरियेको शरीर अरु कसैको नभै प्रकाशको थियो!! मेरो जिन्दगी तहसनहस भयेको दिन मेरो खुसी खोसियेको दिन मेरो संसार उझाडियेको दिन के भयो कसरी बिताये ती पल म बयान गर्न सक्दिन!!
सिउदो भरेको २ महिनामा पुछियो सिउदो मेरो !!
जसो तसो बित्यो एक बर्ष म त्या बस्नु भन्दा यतै माइतै बसे!! मलाइ समाहाल्ने मान्छेको खांचो थियो !!
मलाइ बाच्नु भन्दा मर्न ठिक लाग्न थाल्यो तर खै किन सकिन त्यो कदम उठाइन!! मेरो बिवाहा पछि समीप संग पनि खासै कुरा हुदैन थियो !! तर मलाई यो चोट परे पछि उहीँ हुन्थियो सम्जाउने!!
म घर गयेकी थिये तिज भन्दा अगाडि कर्म घर बुवा आमाले भन्नू भयो मैले छोरो गुमाये तिम्ले सर्बस्व गुमायेउ मेरि छोरीलाई येस्तो पर्दा मैले गर्ने भन्ने तेइ हो छोरी तिमी बिबाह गर!! आमा बुवाले मुटुमा ढुङ्गा राखेर भन्नू भयो ती शब्द म रोयि मेरि नन्दले सम्जाउनु भयो !! वाहा MBBS गर्दै हुनुहुन्थियो धरान BPKISH मा!!
मैले केही जवाफ दिन सकिन!! पर्सि पल्ट घर फर्किये !! उता बाट बुवाले बाबालाइ फोन गरेर तेइ भन्नू भयेछ!!
मेरो सासू ससुरा र परिवार धेरै बुज्ने हुनुहुन्थ्यो सबै बुहारी ले त्यस्तै पाये हुने सासुससुरा!!
यता मेरो घर परिवर र समिपको परिवारको राम्रो सम्बन्ध थियो बाबाहरु साथी जस्तै समीप पनि जागिर खान थालेको थियो यहि नगरपालिकामा!!
मैले हरेस खांदा हरेक चोटि सम्जाउथियो म साथमा छु तलाइ फेरि हास्न सिकाउछु फेरि बाच्न सिकाउछु भन्थियो म रोइ दिन्थे!!
एक दिन बिबाहको प्रस्ताव राख्यो समिपले!! म रोये फोन गरेर यो कुरा मेरो बिबाह अघि किन भनिनस भनेर!! उस्ले धेरै सम्जायो!! भोलि पल्ट समिपको बाबा र समीप मेरो घर आउनु भयो बाबा संग कुरा गर्न बाबाले प्रकाशको घरमा सोध्नु भयो वाहाहरु खुसी हुनुभयो मनमा जति नै पीडा भये पनि!!
मैले विबाह गरे मंसिर मै !! प्रकाशको बाबा आमा बहिनी सबै आउनु भयो कुन हिम्मतले आउनु भयो म भन्न सक्दिन तर मलाइ हिम्मत दिन आउनु भयो!!
हाम्रो बिबाह भयेको २ बर्ष भयो छोरी छिन सानी प्राश्ना शर्मा!!
खुसी छु अहिले खुसी छौ सबै कहिले काहीँ प्रकाश कि बहिनिले भदैनी कत्री भैन भन्दै सोध्नु हुन्छ!!🙂

मैले भोगे दुख मैले भेटे खुसी पनि दुख पछिको!!
भाग्यमा लेखेको कुरा टर्दैन रहेछ मैले पाये ढिलो भये पनि बच्चा बेलाको माया!!
बस नरचियेको प्रेम भयो मेरो!!💕


निशा_न्यौपाने
#बिराटचोक_मोरङ