Friday, January 05, 2018

💕नरचियेको प्रेम काहानि💕 निशा न्यौपाने

💕नरचियेको प्रेम काहानि💕
म भाग्यमानी भनौ कि अभागी खै शब्द नै भेटिन आफुलाइ सम्बोधन गर्ने!!
आज लेख्न मन लाग्यो आफ्नै कथा खै किन बाढ्न चाहे मेरो सुख र दुख हजुरहरु संग!!🙂
भनिन्छ पीडा बाड्यो भने कम हुन्छ हरे अनि खुसी बाढ्दा दोब्बर येस्तै सोचेर लेख्दै छु मेरो काहानि💕
मेरो नाम रचना समिप शर्मा💕

दशैं बिदा सकियेर भर्खर क्याम्पस लाग्न थालेको थियो!! मंसिर पहिलो हप्ता अलिअली चिसो हुन सुरु भै सकेको थियो!! माथी मेरो नाममा नाम जोडियेको ब्यक्ती मेरो जीवनसाथि अझ भनौ मैले अन्जानमा प्रेम गरेको ब्यक्ती मेरो बच्चा बेलाको साथी !!
आज सुनाउछु हजुरलाइ मेरा भोगाइहरु🙂
बिहानको क्याम्पस बिचमा break time नै नहुने सन्च पनि थियेन घर जानू पर्यो भन्ने सोचे!! अन्तिम कक्षा नलि जानू पर्यो भने!! समीप मेरै कक्षामा पढ्ने बच्चै देखि हामी संगै पढेको घर पनि एकै ठाउँ हो हाम्रो!! बोलाये घर जान्छस भनेर सोध्न पछाडी केटि संग गयेर बसेको थियो!! त भने भनेर छक्क नपर्नुस है अहिले मात्र तपाईं भन्न बानी हुँदै छु त भन्दै आफ्नो लाग्छ!!!...

छेउ मै गयेर सोधे घर जाने .. उस्को उत्तर जांदिन त जा मात्र भन्यो फेरि तेइ केटि संग बोल्न थाल्यो!!
आफुलै तेसै सन्छ नभको झन उस्ले वास्ता नगरेको देखेर रिस उठ्यो किताब बोकेर निस्के !! उफ साइकल पो छ त मेरो त एक देशमा राख्नु पर्छ साइकल पनि !! मन नलागी नलागी लिन गये !! त्यो आउदा के हुन्थियो सन्च छैन कमसेकम घर त संगै जादा हुन्थियो एक चोटि सोधेन किन जान आटेकी भनेर!! कति रिस उठ्यो समीप नआकोले ! एक्लै हिड्दै थे साइकल डोर्यायेर पछाडी बाट बोलायो रचना !!
आवज समीप कै हो तर रिस उठेको ले गर्दा रोकिन मन लागेन फेरि बोलायो पर्खि न हौ दाउरि!!
मलाइ दाउरी भन्थियो समिपले खै खासै लुति त हैन माया होला उस्को!!
कुद्दै आयेर साइकल समायो!! तलाइ रिस कति उठ्छ हौ दाउरी?? समिपको प्रश्न!!
जा न तेइ केटि संग बसि राख तलाइ मेरो के मतलब एक चोटि सोधिस किन घर जान आटेकी भनेर अहिले किन आउछ्स!! एकै लाइनमा सके यी कुरा!! उ हासेर बोल्यो तलाइ म अरु संग बोल्दा त रिस उठ्छ मलाइ अरु संग बिहे गर्न पनि दिन्नस होला है?
अझै सोधेन के भो भनेर अझ उस्कै प्रतिप्रश्न 😐
तेरो बिहे म किन रोक्नु को होस र मेरो ? ठाडै झर्किये!!
उसलाई के लाग्यो र भन्यो छोड साइकल म चलाउछु सन्छ नभै नभै किन क्याम्पस आकि भन्यो!!
म अचम्मित भये!! मैले सुनाको नि छैन सन्च नभको कसरी बुजिस मेरा कुरा भनेर सोध्न मन थियो सोधिन सोध्यो भने फेरि हावा कुरा गर्न थाल्छ !!
साइकल उस्लाई दिये उस्ले चलायो म पछाडि बसे !!टाउको उस्कै ढाडमा अड्यायेर!!
उसैले बोल्यो दाउरी घर गयेर औषधि खा है ज्वरो आको छ तलाइ!!
तर उसलाई थाहा थियो म सन्च नहुदा पानी पनि खादिन भनेर!! म केही बोलिन !! अलिकति वरपर पर्थियो घर थोरै बाटो मोडिनु पर्ने मैले भने छोड म जान्छु आफैं !! उस्ले साइकल दिन मानेको थियेन !! मैले जबर्जस्ती लियेर गये!!
घर पुग्दा मेरो बाबाको मामा अनि २ जाना अपरिचित ब्यक्ति घरमा देखे !!
हात जोडे अनि आफ्नो कोठामा गये ! ती अपरिचित ब्यक्ति को थिये किन आये थाहा थियेन!! मोबाइलमा म्यासेज आयो समीप कै रहेछ दाउरी घर पुगिस औसधि खाइस??
मैले रिप्लाई गरे औसधि खायेर म सुत्छु भनेर!!
बेलुका खाना खाने बेलामा ममिले बोलाउनु भयो खान पनि मन थियेन त्यही पनि गयेर बसे भान्सामा
!!खाना पस्किदै गर्दा ममिले भन्नू भयो चिनिस दिउँसो मामा संग आउने मान्छेलाइ??
म अकमक्क भये कहिलै नदेख्या मान्छे कसरी चिन्नु के सोध्नु भो ममिले!!
पोहिलो चोटि देख्दै छु कसरी चिन्नु है!!
खाना मुछेर मुखमा लान लागेकी थे पहिलो गाँस ममिले भन्नु भयो तलाइ हेर्न आयेका रहेछन उनिहरुलाइ मन पर्यो हरे अब हामिले टुङ्गो दिये पछि कुरो छिन्न आउछन !! एउटा छोरा र एउटि छोरी रछन !! केटा आर्मी रहेछ मलाइ त ठिक लाग्यो त सोच है नानी!!ममिले पुरै कुरो सक्नु भयो आफुलाइ सन्च नभको र त्यो कुराले खाना खाने मन भयेन उठेर कोठामा आये!!
मोबाईल हेरे समिपले ५ वटा म्यासेज र ३ चोटि फोन गर्न भ्यायेछ!! बिहेको कुरा र समिपको रेखदेख झलझली आखामा आयो!!
आज सम्म कहिलै नसोचेको कुरा दिमागमा आयो!! मलाइ हेर्न आयेका मान्छे अरु नि थिये तर त्यस्मा समिपलाइ देखे!! अनि बल्ल सोछे कहिले बाट समीप संग यति नजिकियेछु कि जिवनसाथिको रुपमा उस्लाइ देख्न थाले!!
उस्को म्यासेज रिप्लाई गरे भने त संग धेरै बोल्नु छ!! तलाइ सम्जी राख्या छु!! उस्ले भन्यो फोन गरुम दाउरी?? मैले भने भोलि क्याम्पस छोड्दिउला न !! उस्ले हुन्छ भन्यो म सुते!!
बिहान समिपलाइ देख्दा आँखा रसाये थाहा छैन किन क्याम्पस पुगेर किताब कक्षा मै छोडेर चौरमा गयेर बसे उ संग सबै कुरा सुनाये उस्ले भन्यो दाउरिको बिहे?? कुन अभागी रछ नि बिचरा!! उस्ले हासेर जित्यो मैले सहन सकिन के सोचेर सुनाये के सोचेर जिस्कायो मेरो माया छैन येस्लाई मेरा आँखा भरी आँसु भये म उस्को मुख बाट बिहे नगर मलाइ पर्खि म लिन आउछु भन्ने सुन्न चाहान्थे तर अह बिल्कुल फरक जवाफ दियो!! फेरि सोधे म के गरुम घरमा सबैलाइ चित्त बुज्यो रे थाहा छैन मैले केटा पनि मजाले देखेकी छैन!! उस्ले भन्यो गर बाबा ममिले हेरेको पक्कै ठिक हुन्छ!!😐
त्यस पछि कुनै आश रहेन घर आये ममिले बेलुका फेरि सोध्नु भो हुन्छ भनिदिये!!
फेरि आये केटाहरु शनिबारको दिन पुलमाला गर्ने सोच ले !!सबै कुरा भयो तर बिहे मंसिरमा जुरेन खै के मिलेन अनि पुष मा गर्न नहुने माघ १० गतेको बिहे पक्का भयो!!
लगभग डेड महिना थियो फेसबूकमा कुरस हुन्थियो मेरो बिहे हुने मान्छे संग तर खुसी हुन्न थिये उ संग बोल्दा जति समीप संग बोल्दा हुन्थिये!!
उस्को नाम प्रकाश बास्तोला !!नेपाल आर्मी को जागिर मान्छे राम्रो थियो जिउ खाइलाग्दो परेको!!
कहिले क्याम्पस जान्थे कहिले जादीन समिपलाइ देख्दा नराम्रो लाग्थियो उ पनि खासै बोल्दैन थियो!! येसै बिबाह भयो सरकारी जागिरे मान्छे जागिर हेटौंडा मा थियो मेरो श्रीमानको बिहे भयेको १ महिनामा जागिरमा जानू भयो म यतै घर आयेर क्याम्पस जाँदै थिये सासू ससुरा बुज्ने हुनुहुन्थ्यो !!अनुमति थियो पढ्ने आफ्नो
भये पछि माया पनि लाग्दो रहेछ फागुन अन्तिम तिर वाहाको छुट्टि भयेछ बोलाउनु भयो घुम्न!! हामी काहीं गयेका थियेनौ त्यसैले गये!! १५ दिन जति घुमेउ चैत १५ तिर हामी घर फर्किउ बाइकको यात्रा थियो!! मेरो बिबाह भयेको घर धरानमा हो!! इटहरी कटे देखि नै खै किन डर लागि रह्यो तरहरा कटेर थोरै जङ्गल पार गरे पछि बस मलाइ म लडेको याद छ बांकी केही याद छैन!!
होस आउँदा हातमा स्लाइन लगाइ राख्या थियो टाउको पानीले भिजायेर पुरै चिसो वरि परि आइमाई मान्छेले मलाई घेरेका थिये !! नजिकै कोलाहल थियो मेरो होस आये पछि त्यो कोलाहल अझ चर्कियो!! मेरो ममिले अङालो हालेर रुनु भयो!! म के भयो सोच्न सकिन उठे मेरो बिबाह पछिको कर्म घर थियो आगनमा बांसको अर्थी!!
म कसरी भनौ त्यो बेलाको घटना !!
म उठ्ना साथ एम्बुलेन्स आइ पुग्यो सेतो प्लास्टिकमा बेरियेको शरीर अरु कसैको नभै प्रकाशको थियो!! मेरो जिन्दगी तहसनहस भयेको दिन मेरो खुसी खोसियेको दिन मेरो संसार उझाडियेको दिन के भयो कसरी बिताये ती पल म बयान गर्न सक्दिन!!
सिउदो भरेको २ महिनामा पुछियो सिउदो मेरो !!
जसो तसो बित्यो एक बर्ष म त्या बस्नु भन्दा यतै माइतै बसे!! मलाइ समाहाल्ने मान्छेको खांचो थियो !!
मलाइ बाच्नु भन्दा मर्न ठिक लाग्न थाल्यो तर खै किन सकिन त्यो कदम उठाइन!! मेरो बिवाहा पछि समीप संग पनि खासै कुरा हुदैन थियो !! तर मलाई यो चोट परे पछि उहीँ हुन्थियो सम्जाउने!!
म घर गयेकी थिये तिज भन्दा अगाडि कर्म घर बुवा आमाले भन्नू भयो मैले छोरो गुमाये तिम्ले सर्बस्व गुमायेउ मेरि छोरीलाई येस्तो पर्दा मैले गर्ने भन्ने तेइ हो छोरी तिमी बिबाह गर!! आमा बुवाले मुटुमा ढुङ्गा राखेर भन्नू भयो ती शब्द म रोयि मेरि नन्दले सम्जाउनु भयो !! वाहा MBBS गर्दै हुनुहुन्थियो धरान BPKISH मा!!
मैले केही जवाफ दिन सकिन!! पर्सि पल्ट घर फर्किये !! उता बाट बुवाले बाबालाइ फोन गरेर तेइ भन्नू भयेछ!!
मेरो सासू ससुरा र परिवार धेरै बुज्ने हुनुहुन्थ्यो सबै बुहारी ले त्यस्तै पाये हुने सासुससुरा!!
यता मेरो घर परिवर र समिपको परिवारको राम्रो सम्बन्ध थियो बाबाहरु साथी जस्तै समीप पनि जागिर खान थालेको थियो यहि नगरपालिकामा!!
मैले हरेस खांदा हरेक चोटि सम्जाउथियो म साथमा छु तलाइ फेरि हास्न सिकाउछु फेरि बाच्न सिकाउछु भन्थियो म रोइ दिन्थे!!
एक दिन बिबाहको प्रस्ताव राख्यो समिपले!! म रोये फोन गरेर यो कुरा मेरो बिबाह अघि किन भनिनस भनेर!! उस्ले धेरै सम्जायो!! भोलि पल्ट समिपको बाबा र समीप मेरो घर आउनु भयो बाबा संग कुरा गर्न बाबाले प्रकाशको घरमा सोध्नु भयो वाहाहरु खुसी हुनुभयो मनमा जति नै पीडा भये पनि!!
मैले विबाह गरे मंसिर मै !! प्रकाशको बाबा आमा बहिनी सबै आउनु भयो कुन हिम्मतले आउनु भयो म भन्न सक्दिन तर मलाइ हिम्मत दिन आउनु भयो!!
हाम्रो बिबाह भयेको २ बर्ष भयो छोरी छिन सानी प्राश्ना शर्मा!!
खुसी छु अहिले खुसी छौ सबै कहिले काहीँ प्रकाश कि बहिनिले भदैनी कत्री भैन भन्दै सोध्नु हुन्छ!!🙂

मैले भोगे दुख मैले भेटे खुसी पनि दुख पछिको!!
भाग्यमा लेखेको कुरा टर्दैन रहेछ मैले पाये ढिलो भये पनि बच्चा बेलाको माया!!
बस नरचियेको प्रेम भयो मेरो!!💕


निशा_न्यौपाने
#बिराटचोक_मोरङ

No comments:

Post a Comment