Wednesday, November 30, 2016

पाँचौ लमजुङ महोत्सवको तयारी तीब्र, स्टल निर्माण र स्टेज निर्माणको काम पनि युद्धस्तरमा -

पाँचौ लमजुङ महोत्सवको तयारी तीब्र, स्टल निर्माण र स्टेज निर्माणको काम पनि युद्धस्तरमा -



 जलस्रोत र पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले लमजुङमा पाचौ लमजुङ महेत्सवको आयोजना गरिएको छ । जलस्रोतको क्षेत्रमा लगानीमैत्री वातारवरणको सिर्जना गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको छ ।
लमजुङ सदरमुकाम बेसीशहरमा यही मंसिर २४ गतेदेखि  पाँचौँ लमजुङ महोत्सवको आयोजना गरिएको छ । जिल्लाको समग्र जलविद्युत, पर्यटन, उद्योग, ब्यापार, कृषिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो ।
 महोत्सव मुल आयोजक समितिले महोत्सवलाई सफल  बनाउन तयारी तिब्र पारेका छन् । मुल आयोजक समिति, कार्यसम्पादन समिति र विभिन्न उपसमितिहरुले तदरुकताका साथ काम गरिरहेका छन् । समितिले महोत्सवस्थल दनाईफाँटमा स्टल निर्माण लगायतका कामहरु गरिरहेको लमजुङ उद्योग बाणिज्य संघका महासचिव श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो ।
मंसिरको २४ गतेदेखि पुष ३ गतेसम्म आयोजना हुने महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । लमजुङ महोत्सवको नारा उद्योग, ब्यापार, पर्यटन, तथा कृषिको प्रबद्र्धन, जलविद्युत लगानी र संस्कृतिको संरक्षणभन्ने रहको छ । संघका अध्यक्ष रामकुमार श्रेष्ठले महोत्सवबाट जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
परम्परागत कला संस्कृतिको जगेर्ना, ब्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानी मैत्री वातावरण तथा ब्यापार ब्यवसायलाई प्रवद्र्धन एवं स्थानिय समुदायलाई मनोरञ्जन प्रदान महोत्सवको आयोजना गरिएको आयोजक लमजुङ उद्योग बाणिज्य संघका पूर्णलाल श्रेष्ले जानकारी दिनुभयो ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रर्दशनी, लोकदोहोरी, फोटो तथा बृत्तचित्र प्रर्दशनी, परम्परागत खाना महोत्सव, जातीय एवं साँस्कृतिक संग्राहलय, साहित्यिक कार्यक्रम राखिने भएको छ ।
यस्तै झाँकी तथा ¥याली, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, विज्ञान तथा आइटी प्रदर्शनी, पुष्प प्रदर्शनी, आन्तरिक पर्यटन प्याकेज टुर, नाटक प्रदर्शनी, कार्यशाला गोष्ठी, सरकारी तथा गैरसरकारी कार्यालयको गतिविधि प्रदर्शनी, गृहणी नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गरिने भएको छ ।
बेसीशहरको दनाई फाँटमा हुने महोत्सवको प्रवेश शुल्कबाट जम्मा भएको केही रकम सामाजिक सेवामा खर्च गरिने भएको छ । प्रति टिकटबाट ८ रुपैयाँका दरले सामाजिक सेवामा खर्च गर्ने निर्णय गरिएको लमजुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश थापाले जानकारी दिनुभयो । ८ रुपैयाँमा सबैभन्दा बढी बेसीशहरबाट गाउँशहर जाने ऐतिहासिक सिँढी निर्माणका लागि छुट्टाइने भएको छ । सिँढी निर्माणका लागि प्रति टिकटबाट पाँच रुपियाँ छुट्टाइने भएको छ ।
यस्तै दैवि प्रकोप उद्दार कोषमा एक रुपैयाँ, बेसीशहर इकाईद्धारा बेसीशहरमा जडान गरिएको सिसी क्यामरा मर्मतका लागि एक रुपैयाँ, आदर्श महिला तथा बाल विकास केन्द्र र सर्वोदय सेवाश्रमका लागि ५०\५० पैसाका दरले छुट्टाइएको छ .

यो समाचार अाजकाे लमजुङ डेलि डट कम ले प्रकाशित गरेको छ ।
टमा हुने महोत्सवको प्रवेश शुल्कबाट जम्मा भएको केही रकम सामाजिक सेवामा खर्च गरिने भएको छ । प्रति टिकटबाट ८ रुपैयाँका दरले सामाजिक सेवामा खर्च गर्ने निर्णय गरिएको लमजुङ उद्योग बाणिज्य संघका प्रथ - See more at: http://www.lamjungdaily.com/2016/11/30/4976/#sthash.VOewdIXJ.dpuf
टमा हुने महोत्सवको प्रवेश शुल्कबाट जम्मा भएको केही रकम सामाजिक सेवामा खर्च गरिने भएको छ । प्रति टिकटबाट ८ रुपैयाँका दरले सामाजिक सेवामा खर्च गर्ने निर्णय गरिएको लमजुङ उद्योग बाणिज्य संघका प्रथ - See more at: http://www.lamjungdaily.com/2016/11/30/4976/#sthash.VOewdIXJ.dpuf

अहिलेका युवाहरु सचेत हुनैपर्छ - सुरेश गिरि


अहिलेका युवाहरु सचेत हुनैपर्छ - सुरेश गिरि

 

eDev News मा दिनुभएको interview जस्ताको तस्तै 
सुरेश गिरि
महासचिब, राष्ट्र निर्माण शक्ति÷युवा समाज सेवी

लम्जुङ–विचौर ४ मा जन्मिनुभएका सुरेश गिरि राजनितिमा चासो राख्ने तर अहिलेको राजनिति लाई मन नपराउने आफ्नै व्यभाहारमा व्यस्त होनहार यूवा हुन् । सुरक्षा अवस्था संवेदनशिल भनिएको राजधानिमा सेक्यूरेटि व्यवसाय सञ्चालन गरिरहे पनि मुलुकको राजनितिलाई नजिकैवाट नियालिरहेका गिरिसगँको समसमायी कुराकानिः–
आजभोली कता सामाजिक काममा व्यस्त हुनुहुन्छ ?
म आजभोली मात्रै होइन पहिलेदेखि वेरोजगार युवाहरुलाई स्वदेशमै स्वरोजगार पनि हुने र आफ्नो जिवन निर्वाह पनि हुने र देशका लागि सुरक्षामा सहयोग पनि पुग्ने हुनाले प्राइभेट सेक्युरेटी व्यवसाय नै सञ्चालन गरिरहेको छु । खासगरि म कहाँ आउने वेरोजगार तथा राम्रो अध्ययन विभिन्न कारणले गर्नवाट वञ्चीत युवाहरुलाई सेक्यूरेटि गार्डको रुपमा रोजगार प्रदान गर्दै आइरहेको छु ।
यो वाहेक तपाईको अन्य आवद्धता÷संलग्नताका बारेमा बताइदिनुन त?

म विभिन्न सामाजिक संस्थाहरु जस्तै गरिब, विपन्न तथा विपतमा परेका आम जनसमुदायलाई राहात वितरण देखि विभिन्न सहयोग गर्दै आइरहेको राष्ट्र निर्माण शक्तिमा आवद्ध छु । यो एक विशुद्ध सामाजिक संस्था हो । त्यस्तै युवाहरुलाई स्वदेशमै केहि गर्न उत्पेरित गर्नको लागि केहि महिना अघिमात्र गठन भएको २५ं समुह (युवा) मा पनि संलग्न छु । हाम्रो मुख्य उद्देश्य भनेको युवाहरु एकजुट भएर नेपाली समाजमा समाजसेवाको काम गर्ने हो । नवयुवाहरुलाई सचेत बनाउनु आफ्नो प्रमुख दायित्व महसुश गरेका छौ । 
यो २५ प्लस समुह राजनैतिक समुह हो र ?
वास्तवमा यो २५ प्लस समुह हुने राजनैतिक समुह होइन । यसमा देश र जनताप्रति एकदमै चिन्तित विद्धावनहरुको सचेत समुह हो । देशलाई विखण्डन हुनवाट जोगाउने यो समुहले महत्वपुर्ण योगदान दिने उद्देश्य हो । आवश्यकता पर्दा राजनितिमा समेत सहभागि हुन सकिन्छ ।
यस समुहमा कस्ता–कस्ता व्यक्तीहरु आवद्ध छन् ?

यसमा खासगरि पुर्व अख्तियारका आयुत्त सुर्यनाथ उपाध्याय, डा.उपेन्द्र देवकोटा, आदित्यमान श्रेष्ठ (वरिष्ठ पत्रकार संयोजक), राष्ट्रवादी व्यक्ति अनिल योगि, राष्ट्रिय कलाकार जे.पापी र शिशिर योगि, पुर्व एआजी, डा.ठाकुरमोहन श्रेष्ठ लगाएतका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको छ । हो यहि समुहको एकजना सदस्यको रुपमा म पनि छु ।
तपाईको विचारमा अहिलेका युवाहरुले कुन कुरालाई बढि ख्याल गर्नुपर्छ जस्तो लाग्छ ?
हेर्नुहोस्, म पनि एउटा युवा नै हो मैले आफ्नो देशमा केहि गरेर देशको लागि योग्दान दिनुपर्छ भन्ने मान्यता वोकेको छु । नेपालमा आम युवाहरुले पनि देश÷विदेश जहाँ पुगेपनि नेपालको माया छातिमा बोकीरहनु पर्दछ । नेताहरु र फोहोरि राजनितीको सिकार बनेको हाम्रो देशलाई प्रगतिको बाटोमा अगाडि बढाउन युवाहरु कम्मर कसेर लाग्नुपर्दछ । जुन ढिलो भइसकेको छ ।

नेपालमा प्रायः युवाहरु राजनिति पार्टि र संघ संगठन मा आवद्ध भएका देखिन्छन् तर तपाई राजनितिमा आवद्ध नभईकन पनि समाज सेवामा हुनुहुन्छ ? के तपाईलाई कुनै पार्टिको विचार मन पर्दैन ?

नेपालका पार्टिहरुका घोषणा पत्र हेर्दा सबैको राम्रो छ तर यिनिहरुका व्यभाहार हेर्दाखेरि घोषणा पत्रसगँ १ प्रतिशत पनि तालमेल खाँदैन । त्यसैले यस्ता राजनिति पार्टिको हुलमा समय खेर फाल्नु भन्दा समाज सेवाको यात्रामा आफ्नै ढंगले बढ्नु उपयुक्त लाग्छ । त्यसैले म कुनैपनि पार्टिमा आवद्ध छैन ।
तपाई पहिले देखि नै राजनिति प्रति पुर्वाग्रही हो र ?
होइन, म पहिले राजनितिमै आवद्ध थिए । मैले माओवादिको जिल्ला सदस्यको रुपमा काम गरेको साँचो हो । तर मैले त्यँहा रहँदा तिनिहरुको व्यवहार देखेर वाटो बदलेको हुँ । आजभोलि मलाई यस्तो खालको राजनिति पटक्कै मन पर्दैन तर अब नयाँ ढंगले राजनितिमा सहभागिता जनाउने योजना भने बनाएको छु ।
त्यसो भए कुनै पार्टिमा आवद्ध हुने कि नयाँ पार्टिको तयारिमा लाग्ने ?
आजसम्म म कुनै पार्टिमा आवद्ध हुने र नयाँ पार्टि खोल्नेहरुसगँ संलग्न हुने विचारमा छैन तर आवश्यकता पर्दा यि दुवै विकल्प खुल्ला हुन मेरा लागि । म सगँ म मात्र नभएर करिब २५० भन्दा वढि युवाहरुको पङ्ति छ । ति युवाहरुको धारणालाई जसले सम्वोधन गर्न सक्छ उसैलाई हाम्रो सर्मथन रहने छ ।
अन्तमा, तपाई अहिलेको आफुजस्तै युवापिढीँलाई र राजनितिकर्मिहरुलाई के भन्न चाहानुहुन्छ ?
नेपालका युवाहरुले हाम्रो देश सिक्कीमीकरण  हुनसक्ने कुरामा सचेत वन्नुपर्दछ । देश भित्रका दलाल, माफियाहरुका विरुद्ध संयुक्त रुपमा सडकमा उत्रिनुपर्ने आवश्यकता देख्छु । हामि सबै मिलेर यो देश निर्माण गर्ने हो र राजनितिमा संलग्न पुर्वादलले आ–आफ्ना पार्टिका प्रमुखलाई सचेत गराउनु पर्दछ । यो राजनिति एकदमै गलत बाटोमा विदेशिको इसारामा चलेको छ । यो सवैले वुझ्न आवश्यक छ । युवाहरुको मुख्य काम यसको खबरदारी गर्नु हो ।

२५ प्लस समुहको बिज्ञप्ति

२५ प्लस समुहको बिज्ञप्ती
राष्ट्र बिखण्डनलाई रोकौ ।



                            बिदेशी हस्तक्षेपको प्रतिकार गरौ ।

समपुर्ण नेपाली जनसमुदाय र राष्ट्रको चौथो अंग पत्रकार मित्रहरु ।
नेपाली जनताले छानेका जन प्रतिनिधिहरुको अत्याधिक बहुमतद्धारा स्वीकृत गरीएको संबिधानबाट आफ्नो हस्तक्षेपकारी मनसाय पुरा हुन नसक्ने ठानेर छिमेकीले नाकाबन्दी समेत लगाएर नेपाली जनतालाई दुख दिएर भए पनि आफ्ना योजना सफल बनाउन चाहे पनि त्यो सफल हुन सकेन र नेपाली जनताले आफ्नो शिर झुकाएनन् । नेपाली जनताका लागि आफ्नो देशको सर्वभौमसत्ता र भौगोलिक अखण्डता प्राणभन्दा प्यारो हिजो पनि थियो आज पनि छ ।
छिमेकीले आफ्नो कुत्सित मनसाय पुरा गराउन बिभिन्न हथकण्डा अपनाएर,आफ्नो अनुकुलका मानिसहरु,जो हाम्रै नेपाली दाजुभाईहरु हुन उनिहरुलाई प्रयोग गरेर हाम्रो देश कमजोर बनाउन नाङ्गो रुपमा खेल खेली रहेको सर्ब बिधितैछ । यो राष्ट्रको निमार्णताका देखी नै पाहाड तराई,हिमाल मधेश जे सुकै नामाकरण गरिए पनि हामी नेपालीहरु एकापसमा मिलेर बसेका छौं र फेरी पनि हामी त्यसरी नै बस्नुको बिकल्प छैन । यो कुनै बहस गर्नु पर्ने र बिवादको बिषय होईन ।
सामाजिक सद्भाव कायम राख्दै हार्दिकता पुर्वक राष्ट्रियता र राष्ट्रिय एकताको शुत्रमा बाधिएका नेपालीलाई छिमेकीले छिन्न भिन्न बनाउने गरी जुन हरकत गरिरहेको छ २५ पल्स समुह यस्तो हेपाहा प्रबृतिको घोर भत्सर्ना गर्दछ ।
बिदेशीका योजना अन्त्रगत काम गर्ने र उनीहरुबाट नै पालित पोषित तथाकथित नेता भनिनेहरुबाट देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डाता माथी निरन्तर खेलवाड हुँदै आएको छ । यो बिषयलाई हाम्रो २५ प्लस समुहले गम्भिर रुपमा लिएको छ र यस्ता हरकत रोक्न समबद्ध पक्षलाई सचेत पनि गराउन चाहान्छौं ।
बिदेशीहरुबाट हुने सबै खाले थिचोमिचो र अत्याचारका बिरुद्ध नैतिक रुपमा प्रतिवाद र प्रतिकार गर्न हाम्रो समुह आम सचेत नेपालीहरु सँग आव्हान पनि गर्दछ । धन्यवाद ।

२५ +  समूहका संस्थापक सदस्यहरुः
आदित्यमान श्रेष्ठ                बरिष्ठ पत्रकार लेखक, संयोजक
श्रीप्रसाद पण्डित                पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
चिरन शमसेर थापा             पूर्व प्रमुख सचिव, राजदरवार
डा. द्वारिका ढुंगेल               नेपाल सरकारका पूर्व सचिव
कल्याणदेव भट्टराई             राजनीति तथा आर्थिक विश्लेषक
शीतल बाबु रेग्मी                राष्ट्रपतिका पूर्व सचिव
भुवनेश कुमार प्रधान           पूर्व सचिव,जलश्रोत
बुद्धि नारायण श्रेष्ठ             पूर्व महानिर्देशक, नापी विभाग तथा सीमाविद्
ईश्वरीचन्द्र शर्मा                  वरिष्ठ अधिवक्ता
सोमनाथ पौडेल                 प्रशिद्ध जलस्रोत इञ्जिनियर
कमल सिंह                       बैंकिंग विशेषज्ञ
डा. उपेन्द्र देवकोटा            वरिष्ठ न्यूरो सर्जन
देवीराम शर्मा                    पूर्व प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
अनिल योगी                     पत्रकार राजनीतिक चिन्तक
सुश्री ईन्दु आचार्य              महिला अधिकारकर्मी
प्रा.डा. मोहन प्रसाद लोहनी प्रोफेसर तथा पूर्व राजदूत
डा. उपेन्द्र गौतम             जलश्रोतविद्
शिशिर योगी                    राष्ट्रवादी गायक
जे. पापी                        राष्ट्रवादी चिन्तक
डा. किशोरबाबु अर्याल    पूर्व जलस्रोत सचिव
रबिन अधिकारी             युवा समाजसेवी
ध्रुव भट्टराई                    इञ्जिनियर
ऋषिराम लामिछाने         पूर्व राष्ट्रसेवक
गोविन्द बहादुर थापा        अर्थशास्त्री र पूर्व एडिबी अधिकारी
रणध्वज लिम्बु                पूर्व सेना अधिकारी
अनिरुद्ध गौतम               संचारकर्मी
डा. जयराज आचार्य        पुर्व राजदुत
बालकृष्ण श्रेष्ठ                स्थापित उध्यमी
ठाकुर मोहन श्रेष्ठ           पुर्व ए आई जी शस्त्र प्रहरी बल
चन्द्र त्रिपाठी                  पुर्व राष्ट्र सेवक

मिति २०७३, साल मंसिर १४ गते मंगलवार

Tuesday, November 29, 2016

विप्लव माओवादीको विद्यार्थी संगठनद्वारा मेडिकल काउन्सिलमा तालाबन्दी गर्ने घोषणा

विप्लव माओवादीको विद्यार्थी संगठनद्वारा मेडिकल काउन्सिलमा तालाबन्दी गर्ने घोषणा

 

काठमाडौँ – अखिल क्रान्तिकारीले सर्वसाधारण जनताका छोराछोरी तिर्न नसक्ने गरी मेडिकल शिक्षा शूल्क तोकेको भन्दै आन्दोलनको घोषणा गरेको छ । उसले सरकारले एमबीबीएस अध्ययनको लागि ३५ लाख तोकेर मेलिकल शिक्षाको जनताको पहुँचबाट टाढा पुर्याएको बताएको छ ।
सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले सरकारले माफियको प्रभाव रहेर अधिकांश जनताको कुल पुँजीभन्दा बढी मेडिकल शूल्क निर्धारण गरेको बताए । उनले जनताका छोराछोरी पढ्न सक्ने गरी मेडिकल शिक्षाको शूल्क निर्धारण गर्नुपर्ने माग समेत गरे ।
‘त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका आङ्गीक मेडिकल कलेजहरु जम्मा २ वटा मात्र छन् । तर निजी कलेजहरु धेरै छन् । गाउँमा दक्ष डाक्टर छैन । दरबन्दी पहाडी जिल्लामा छ तर सहर र राजधानीमा निजी क्लिनिक सञ्चालन गरेर बसिरहेका छन् । जनसङ्ख्याको ठूलो हिस्सा जनताको कूल (सम्पत्ति) पुँजी नै ३५ लाख पुग्दैन तर आज दलाल सरकारले बनाएका आयोगहरुले ३५ लाख शुल्क निर्धारण गर्दछन्’ पत्रकार सम्मेलनका विपरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
कार्यक्रममा अध्यक्ष सिंहले आफूहरुले गैरकानूनु रुपमा संचालन भइरहेका विदेशी विद्यालयलाई खारेज गर्नुपर्ने सरकारसँग माग गरेको तर सरकारले पैसा खाएर उल्टै विदेशी स्कूल–कलेजहरुलाई अनुमति दिएको आरोप पनि लगाए ।
अखिल क्रान्तिकारी महासचिव दिपेन्द्र चलाउनेले शिक्षा पाउने अधिकार देशका नागरिक सबैले समान भएपनि सरकारी नीतिका कारण शिक्षा असमान भइरहेको बताए । उनले आफ्नो संगठनसँग शिक्षा मन्त्रालय र त्रिविले गरेको प्रतिबद्धता पूरा नगरेका कारण संघर्षमा जानु परेको बताए । महासचिव चलाउनेले आफ्नो मागबारे सुनुवाई नभएर पुसबाट अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने जनाकरी दिए ।
संगठनको हित विरोधी कार्य गरेकाले संगठनका केन्द्रीय सचिवालय सदस्य नारायण नेपाललाई निलम्वन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यस्ता छन् माग
१. एक अञ्चल एक आङ्गीक मेडिकल कलेजहरुको विस्तार गरियोस् ।
२. एमवीवीएस र वीडीएसमा विद्यार्थी भर्ना कोटा वृद्धि गरियोस ।
३. एमवीवीएस र वीडीएसको चर्को शुल्क खारेज गरी शुल्क समायोजन गरियोस । वैज्ञानिक शुल्क निर्धारण गरी शुल्कमा एकरुपता कायम गरियोस् । गुणस्तरीय पठनपाठन, प्रयाप्त अभ्यास, शैक्षिक एवम् भौतिक पूर्वाधारको व्यवस्था गरियोस् ।
४. विकट क्षेत्र, सीमान्तकृत र गरीब विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमवीवीएस र वीडीएस पढने व्यवस्था गरियोस् । सबै मेडिकल कलेजहरुमा २० प्रतिशत छात्रवृत्तिको ग्यारेन्टी गरियोस् ।
५. प्रवेश परीक्षामा लिइने शुल्क खारेज गरी, विदेशी र स्वदेशी विद्यार्थीको हकमा एउटै मापदण्डमा प्रवेश परीक्षाको व्यवस्था गरियोस् ।
६. प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा भर्ना र भर्ना प्रक्रियामा हुने दलालीको अन्त्य गरियोस् । अण्डर टेवल लिइने शुल्क खारेज गरी तोकिएको भन्दा बढी शुल्क अशुल्ने कलेजको सम्वन्धन खारेज गरियोस् ।
७. विगतका सहमतिहरुको कार्यान्वयन र माथि उल्लेखित हाम्रा जायज मागहरु पूरा गरियोस् ।

 अाजकाे राताेपाटिमा खबर छ ।

शत्रुलार्इपनि नहाेस यस्ताे


शत्रुलार्इपनि नहाेस यस्ताे : अधुरै रह्यो विवाहको सपना : प्रेमिकाले दिइन प्रेमिको दागवति - 

  
माेरङ ,१४ मंसिर / आइतवार साँझ ८ बजे धरानको ढुंगेधारामा निकै सन्नाटा छाएको थियो । शव जलाउँन गएका मलामीहरु निकै हतारिदै थिए । चितामा राखिएको शवको अन्त्यष्टि गर्न दागवत्ति कसले दिने भनेर मलामी र आफन्तमा कुराकानी चलिरहेको थियो । अचानक एक युवति रुँदै कराउँदै त्यहाँ आइपुगिन् । चितामाथि राखिएको शवलाई अंगालो हालिन् । भक्कानियर रुदै भनिन , “आखिर यो के भयो ? मलाई पनि संगै लैजाऊ यस्तै विलौना गर्दै युवति चिच्याई रहेकी थिइन् । केही क्षणमा उनी त्यही अचेत बनिन ।
दुर्घटनामा परी मृत्यु भएका महेश बिक
चलचित्रको कथावस्तु झैं लाग्ने यो परिदृश्य कुनै काल्पनिक घट्ना नभएर धरानको बगरकोट स्थित ढुंगेधारमा शवदाहसंस्कार स्थलमा देखिएको झलक हो । मोरङको केराबारी खोर्साने सडक खण्डमा शनिवार दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खादा दुर्घट्नामा परी इलाम नगरपालिका ४ घर भई मोरङको केराबारी १ मा पाथीभरा सुनचादी पसलमा कार्यरत महेश विकको मृत्यु भएको थियो ।
महेशको उपचारको क्रममा घोपा क्याम धरानमा मृत्यु भएपछि शव पोष्टमार्टम गरी दाहसंस्कार गर्न धरानको बगरकोट स्थित ढुंगेधारमा लगिएको थियो । दाह संस्कारस्थलमा देखिएको यो परिदृश्यले त्यहाँ पुग्ने जो कोहीलाई भावुक मात्र बनाएन मृतक महेश र झापा घर भएकी सन्ध्या (नाम परिवर्तन) लगनगाठोमा कस्ने उनीहरुको इच्छा र चाहनालाई दैवले चुडाई दियो ।
पुर्बेलीन्युजबाट

शत्रुलार्इपनि नहाेस यस्ताे : अधुरै रह्यो विवाहको सपना : प्रेमिकाले दिइन प्रेमिको दागवति - See more at: http://karnalikhabar.com/news/2016/11/29/17871.html#sthash.OKOWoL9o.dpuf
शत्रुलार्इपनि नहाेस यस्ताे : अधुरै रह्यो विवाहको सपना : प्रेमिकाले दिइन प्रेमिको दागवति - See more at: http://karnalikhabar.com/news/2016/11/29/17871.html#sthash.OKOWoL9o.dpuf
शत्रुलार्इपनि नहाेस यस्ताे : अधुरै रह्यो विवाहको सपना : प्रेमिकाले दिइन प्रेमिको दागवति - See more at: http://karnalikhabar.com/news/2016/11/29/17871.html#sthash.OKOWoL9o.dpuf