अहिलेका युवाहरु सचेत हुनैपर्छ - सुरेश गिरि
eDev News मा दिनुभएको interview जस्ताको तस्तै
सुरेश गिरिमहासचिब, राष्ट्र निर्माण शक्ति÷युवा समाज सेवी
लम्जुङ–विचौर ४ मा जन्मिनुभएका सुरेश गिरि राजनितिमा चासो राख्ने तर अहिलेको राजनिति लाई मन नपराउने आफ्नै व्यभाहारमा व्यस्त होनहार यूवा हुन् । सुरक्षा अवस्था संवेदनशिल भनिएको राजधानिमा सेक्यूरेटि व्यवसाय सञ्चालन गरिरहे पनि मुलुकको राजनितिलाई नजिकैवाट नियालिरहेका गिरिसगँको समसमायी कुराकानिः–
आजभोली कता सामाजिक काममा व्यस्त हुनुहुन्छ ?
म आजभोली मात्रै होइन पहिलेदेखि वेरोजगार युवाहरुलाई स्वदेशमै स्वरोजगार पनि हुने र आफ्नो जिवन निर्वाह पनि हुने र देशका लागि सुरक्षामा सहयोग पनि पुग्ने हुनाले प्राइभेट सेक्युरेटी व्यवसाय नै सञ्चालन गरिरहेको छु । खासगरि म कहाँ आउने वेरोजगार तथा राम्रो अध्ययन विभिन्न कारणले गर्नवाट वञ्चीत युवाहरुलाई सेक्यूरेटि गार्डको रुपमा रोजगार प्रदान गर्दै आइरहेको छु ।
यो वाहेक तपाईको अन्य आवद्धता÷संलग्नताका बारेमा बताइदिनुन त?
म विभिन्न सामाजिक संस्थाहरु जस्तै गरिब, विपन्न तथा विपतमा परेका आम जनसमुदायलाई राहात वितरण देखि विभिन्न सहयोग गर्दै आइरहेको राष्ट्र निर्माण शक्तिमा आवद्ध छु । यो एक विशुद्ध सामाजिक संस्था हो । त्यस्तै युवाहरुलाई स्वदेशमै केहि गर्न उत्पेरित गर्नको लागि केहि महिना अघिमात्र गठन भएको २५ं समुह (युवा) मा पनि संलग्न छु । हाम्रो मुख्य उद्देश्य भनेको युवाहरु एकजुट भएर नेपाली समाजमा समाजसेवाको काम गर्ने हो । नवयुवाहरुलाई सचेत बनाउनु आफ्नो प्रमुख दायित्व महसुश गरेका छौ ।
यो २५ प्लस समुह राजनैतिक समुह हो र ?
वास्तवमा यो २५ प्लस समुह हुने राजनैतिक समुह होइन । यसमा देश र जनताप्रति एकदमै चिन्तित विद्धावनहरुको सचेत समुह हो । देशलाई विखण्डन हुनवाट जोगाउने यो समुहले महत्वपुर्ण योगदान दिने उद्देश्य हो । आवश्यकता पर्दा राजनितिमा समेत सहभागि हुन सकिन्छ ।
यस समुहमा कस्ता–कस्ता व्यक्तीहरु आवद्ध छन् ?
यसमा खासगरि पुर्व अख्तियारका आयुत्त सुर्यनाथ उपाध्याय, डा.उपेन्द्र देवकोटा, आदित्यमान श्रेष्ठ (वरिष्ठ पत्रकार संयोजक), राष्ट्रवादी व्यक्ति अनिल योगि, राष्ट्रिय कलाकार जे.पापी र शिशिर योगि, पुर्व एआजी, डा.ठाकुरमोहन श्रेष्ठ लगाएतका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको छ । हो यहि समुहको एकजना सदस्यको रुपमा म पनि छु ।
तपाईको विचारमा अहिलेका युवाहरुले कुन कुरालाई बढि ख्याल गर्नुपर्छ जस्तो लाग्छ ?
हेर्नुहोस्, म पनि एउटा युवा नै हो मैले आफ्नो देशमा केहि गरेर देशको लागि योग्दान दिनुपर्छ भन्ने मान्यता वोकेको छु । नेपालमा आम युवाहरुले पनि देश÷विदेश जहाँ पुगेपनि नेपालको माया छातिमा बोकीरहनु पर्दछ । नेताहरु र फोहोरि राजनितीको सिकार बनेको हाम्रो देशलाई प्रगतिको बाटोमा अगाडि बढाउन युवाहरु कम्मर कसेर लाग्नुपर्दछ । जुन ढिलो भइसकेको छ ।
नेपालमा प्रायः युवाहरु राजनिति पार्टि र संघ संगठन मा आवद्ध भएका देखिन्छन् तर तपाई राजनितिमा आवद्ध नभईकन पनि समाज सेवामा हुनुहुन्छ ? के तपाईलाई कुनै पार्टिको विचार मन पर्दैन ?
नेपालका पार्टिहरुका घोषणा पत्र हेर्दा सबैको राम्रो छ तर यिनिहरुका व्यभाहार हेर्दाखेरि घोषणा पत्रसगँ १ प्रतिशत पनि तालमेल खाँदैन । त्यसैले यस्ता राजनिति पार्टिको हुलमा समय खेर फाल्नु भन्दा समाज सेवाको यात्रामा आफ्नै ढंगले बढ्नु उपयुक्त लाग्छ । त्यसैले म कुनैपनि पार्टिमा आवद्ध छैन ।
तपाई पहिले देखि नै राजनिति प्रति पुर्वाग्रही हो र ?
होइन, म पहिले राजनितिमै आवद्ध थिए । मैले माओवादिको जिल्ला सदस्यको रुपमा काम गरेको साँचो हो । तर मैले त्यँहा रहँदा तिनिहरुको व्यवहार देखेर वाटो बदलेको हुँ । आजभोलि मलाई यस्तो खालको राजनिति पटक्कै मन पर्दैन तर अब नयाँ ढंगले राजनितिमा सहभागिता जनाउने योजना भने बनाएको छु ।
त्यसो भए कुनै पार्टिमा आवद्ध हुने कि नयाँ पार्टिको तयारिमा लाग्ने ?
आजसम्म म कुनै पार्टिमा आवद्ध हुने र नयाँ पार्टि खोल्नेहरुसगँ संलग्न हुने विचारमा छैन तर आवश्यकता पर्दा यि दुवै विकल्प खुल्ला हुन मेरा लागि । म सगँ म मात्र नभएर करिब २५० भन्दा वढि युवाहरुको पङ्ति छ । ति युवाहरुको धारणालाई जसले सम्वोधन गर्न सक्छ उसैलाई हाम्रो सर्मथन रहने छ ।
अन्तमा, तपाई अहिलेको आफुजस्तै युवापिढीँलाई र राजनितिकर्मिहरुलाई के भन्न चाहानुहुन्छ ?
नेपालका युवाहरुले हाम्रो देश सिक्कीमीकरण हुनसक्ने कुरामा सचेत वन्नुपर्दछ । देश भित्रका दलाल, माफियाहरुका विरुद्ध संयुक्त रुपमा सडकमा उत्रिनुपर्ने आवश्यकता देख्छु । हामि सबै मिलेर यो देश निर्माण गर्ने हो र राजनितिमा संलग्न पुर्वादलले आ–आफ्ना पार्टिका प्रमुखलाई सचेत गराउनु पर्दछ । यो राजनिति एकदमै गलत बाटोमा विदेशिको इसारामा चलेको छ । यो सवैले वुझ्न आवश्यक छ । युवाहरुको मुख्य काम यसको खबरदारी गर्नु हो ।
No comments:
Post a Comment