स्व: मरिचमान जसले नेपाललाई भुटान बन्न दिएनन तर राष्ट्र र जनताले उसैलाई बिर्से .
पञ्चायती व्यवस्थाविरुद्वको निर्णायक आन्दोलनका बेला प्रधानमन्त्री भएकाले त्यसपछिको दुई दशक मरिचमानसिंह श्रेष्ठको छबि आम जनमानसमा ‘खलनायक’कै रह्यो । नेपाली राजनीतिबारे ज्ञान राख्ने बहुदलवादी उनलाई खलनायक मात्र मान्दैनथे । अनौपचारिक कुराकानीमा ‘इमान्दार’ र ‘राष्ट्रवादी’ पञ्चको उपाधी पनि दिन्थे ।
दिल्लीको मेदान्तबाट फर्केर बिहिवार बिहान
नर्भिक अस्पतालमा प्राण त्याग गरेपछि मरिचमानको पार्थिव शरिर बिहानदेखि
धापासीस्थित उनकै निवासमा राखिएको छ । श्रद्वाञ्जली व्यक्त गर्न माओवादी
अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराईदेखि राप्रपा नेपालका अध्यक्ष
कमल थापासम्म पुगिसकेका छन् ।
संयोगवस भट्टराई र थापा सँगसँगै धापासी पुगे ।
थापालाई उछिन्दै माओवादी नेताहरुले सिंहको
अन्त्येष्टि राजकीय सम्मानसाथ हुनुपर्ने बताए । भट्टराईले ‘यसबारे
मन्त्रिपरिषद्का सदस्यहरुबिच छलफल पनि चलिरहेको’ जानकारी परिवारलाई गराए ।
मन्त्रिपरिषद्को नियमित बैठक ११ बजेदेखि बसिरहेको छ ।
भट्टराई भन्दा पछि धापासी पुगेका प्रचण्डले पनि मरिचमानलाई ‘राष्ट्रवादी’ नेताको उपमा दिए । आम जनसाधरणको पनि ओहोरदोहोर चलिरहेको छ ।
त्यसरी आउने भीडले मरिचमानको उपचारमा
सरकारले देखाएको अनुदार व्यवहारको आलोचना र उनको इमान्दारीको प्रशंसा
गरिरहेका छन् । केहि वर्षदेखि मुलुकको राजनीतिमा चरम विदेशी चलखेल हाबी
भएको झोंकले पनि उनको ‘राष्ट्रवादी’ छबि आपसेआप चम्किलो देखिएको अवस्था छ ।
नेपाल–भारत वाणिज्य तथा पारबहन सन्धीको
बेला मरिचमानले लिएको अडानको प्रशंसा हुने गरेको छ । तर त्यो अडानको जस
मरिचमानको मात्र नभई तत्कालीन राजालाई दिनुपर्ने भनि पञ्चहरुले धारणा
व्यक्त गर्ने गरेका छन् ।
मरिचमान सरकारका गृहमन्त्री
निरञ्जन थापाले भने ‘उहाँले भारतसँग घुँडा टेकेको भए दरबारको रोक्न सक्ने
अवस्था रहँदैनथ्यो,’ भन्ने जिकिर गरेका छन् । ‘नेपाललाई भुटान बन्न नदिएर
जस्तोसुकै मूल्य चुकाउन’ उहाँ तयार हुनुभएको हो ।
सल्यानको साधारण परिवारमा जन्मेका
मरिचमानले आफू भन्दा अघि सामान्य जनताको छोरो प्रधानमन्त्री नभएको दाबी
गरिरहन्थेँ, अनौपचारिक कुराकानीमा । हुनपनि राणा शासनको अन्त्यपछि
प्रजातन्त्र र पञ्चायतकालमा १० जान प्रधानमन्त्री भए । तर ती सबै कुनै न
कुनै रुपमा राज्यसत्तासँग जोडिएको ‘कूलिन’ वर्गकै थिए ।
आधुनिक नेपालमा बाहुन-क्षेत्री बाहेक प्रधानमन्त्री भएका पनि उनी मात्र हुन् ।
मरिचमानका बाबु अमरबहादुर सामान्य
खेतिकिसानी गरेर जिबिका चलाउँथे । ‘फलानाकी जहान, आमा, भाउजु, दिदी भनेर
बोलाउँदा बोलाउँदै परिचय नै त्यहिँ बनेको उहाँको आमाको नाम के हो भन्ने त
कसैबाट पनि थाहाँ पाउन सकिएन ,’ सल्यान जिल्लाबासी राप्रपा नेपालका
केन्द्रिय सदस्य मनोज प्रधानले भने, ‘उहाँ साच्चिकै सामान्य परिवारको
हुनुहुन्थ्यो भन्ने ज्वलन्त उदाहरण यहि हो ।’
सल्यानको सदरमुकाम खलंगाबाट टेलिफानेमा
कुरा गर्दै मनोजले भने, ‘आज यहाँ श्रद्वाञ्जली सभा गर्दैछौं बुबा आमाको नाम
चाहिएर उहाँका छरछिमेक सारालाई खोज्दा पनि पत्ता लगाउन सकिएन ।’
खलंगाको त्रिभुवन जनमाध्यामिक विद्यालयमा
प्रधानाध्यापक रहँदै उनले युवक संगठनबाट राजनीति थालिसकेका थिए । २०२९
सालमा राष्ट्रिय पञ्चायत सदस्य भएपछि उनको ‘करिअर’ असाध्यै द्रूत गतिमा अघि
बढ्यो ।
२०३३ सालमा सहायक मन्त्री भएका उनी राज्य,
फूल हुँदै २०३८ मा राष्ट्रिय पञ्चायत अध्यक्ष भइसकेका थिए । पञ्चायतका
धेरै हस्तीलाई पछि पार्दै राजाले २०४३ सालमा उनलाई प्रधानमन्त्री बनाए ।
उनका मन्त्रिपरिषद्का कतिपय सदस्य उनी भन्दा धेरै सिनियर थिए । उनी आफै
सहायक मन्त्री रहेको रबिन्द्रनाथ शर्माहरु पनि मन्त्रिपरिषद्मा थिए ।
यो द्रूत यात्रा कसरी तय भयो ?
‘इमान्दारी र राष्ट्रभक्ति नै हो,’ थापा
दाबी गर्छन्, ‘राष्ट्रवादका हकमा भीमसेन थापा र इमान्दारीमा उहाँ
कृष्णप्रसाद भट्टराई सरह हुनुहुन्थ्यो ।’
प्रधानमन्त्रीबाट हटेपछि मरिचमानको डेराको
बास भएको थियो । झण्डैं साढे दुई दशक आकर्षक ओहोदाहरुमा रहँदा पनि उनको
काठमाडौंमा घर बनाउन सकेका थिएनन् । सस्तोकालमै धापासीमा किनेको जग्गामा
भुँइतले घर बनाएर २०४८ सालमा उनले डेराको बास टुङाएका थिए । त्यहिँ क्रममा
कुखुरापालन, गाइपालन लगायतमा संलग्न भएर जिवीका चलाएको थापा बताउँछन् ।
त्यो घर पनि दुई दशकजति भुईतला नै रह्यो ।
पोहोर साउन ५ गतेदेखि काम थालेर तला थपिएको छ । तर माथिल्लो तलामा नसर्दै
मरिचमानको परलोक भएको छ ।
निरंकुश पञ्चायतका कट्टर समर्थक र
राजावादी मरिचमान राजनीतिक रुपमा अनुदार पञ्च हुन् । उनी त्यो दर्शनमा
कायमै रहे । समयको पदचाप पछ्याउँदै सूर्यबहादुर थापा वा पशुपितसमशेर राणा
जस्तो गणतन्त्रवादी बन्न सकेनन् ।
मरिचमानले पञ्चायतबिरोधी आन्दोलनकारीलाई दबाउन अधिक बलको प्रयोग गरेका थिए ।
मरिचमानले पञ्चायतबिरोधी आन्दोलनकारीलाई दबाउन अधिक बलको प्रयोग गरेका थिए ।
उनको प्रधानमन्त्रीत्वकालमा बिहेबटुल,
व्रतवन्ध, पास्नी लगायत सामाजिक कार्यमा फजुल खर्चमा रोक लगाइएको थियो ।
मितब्यतितताको त्यो सिको अहिले अख्तियार प्रमुख लोकामानसिंहले गर्न खोजेका
छन् ।
अधिराजकुमार धीरेन्द्रका एडिसी कर्नेल भरत
गुरुङ्ग, तत्कालिन आइजिपी डिवी लामा लगायतलाई पक्रेर मुद्दा चलाउनुलाई पनि
उनको कार्यकालको उल्लेख्य काम मानिन्छ । तर यसमा पनि जस÷अपजस दरवारले
पाउनुपर्ने हो वा प्रधानमन्त्रीले भन्ने विवाद कायमै छ ।
मरिचमान लेखपढ, बौद्विक क्षमता, वाककला र
प्रशासनिक क्षमतामा पनि चुस्त मानिन्थेँ । २०४८ को निर्वाचनमा सल्यान २ र
२०५१ मा काठमाडौं ४ बाट निर्वाचन लडेपनि उल्लेख्य मत ल्याउन सकेनन् ।
मरिचमानको ‘सेभ द नेशन’ अभियान पनि प्रभावकारी उपस्थिती देखाउन नसकि केहि
वर्ष अघि नै हराइसकेको थियो ।
साभार – सेतोपाटी , बिहीबार, साउन ३१, २०७०बाट
No comments:
Post a Comment