Tuesday, November 22, 2016

नेपाल काे परिचय

नेपालीको सामान्य परिचय
नेपाल, आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।
नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि. छ । उत्तर देखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किरात आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँतराईका उष्ण फाँट देखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखरसगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख शहर एवं राजधानी काठमाडौं हो । काठमाडौंललितपुरर भक्तपुर सहरहरूलाई काठमाडौं उपत्यकाभनेर चिनिन्छ । अन्य प्रमुख शहरहरूमाभरतपुरबिराटनगरभैरहवावीरगञ्ज,जनकपुरपोखरानेपालगञ्जधनगढी रमहेन्द्रनगर पर्दछन् । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।
निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो । माओवादीहरूले राजनैतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको सङ्घीय लोकतान्त्रिक गणराज्य,संबिधानसभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो ।

भाषा

नेपाली नेपालको राष्ट्रिय भाषा हो । यो सरकारी कामकाजको भाषा पनि हो । यसबाहेक नेपालमा लिम्बूसुनुवारराईमैथिलीभोजपुरी,नेवारीअवधीथारूगुरुङसेर्पातामाङ,मगरमारवाडीडोटेली आदि भाषा पनि बोलिन्छन् । भाषाविज्ञानको आधारमा हेर्दानेपाली भाषाको उत्पति भारोपेली भाषा परिवारका शतम् शाखाबाट विकसित आर्य-इरानी शाखाको आर्यली हाँगो संस्कृतबाट विकसित भएको हो । विभिन्न विद्वानहरूको संस्कृतको उत्तराधिकारी विभिन्न प्राकृतहरूमध्येमा शौरसेनी प्राकृत वा खस अपभ्रंशबाट कर्णालीको सिँजा प्रदेशमा एघारौं शताब्दीदेखि नेपाली भाषा जन्मेको हो भन्ने मत देखिन्छ ।

इतिहास

हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुराकाठमाडौं उपत्यकामा पाइएका प्राचीनऔजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।
ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने।सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए।
ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्‍यो र पछि चौंथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर लिच्छवीहरूलेराज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छवीवंश अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दूधर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।
पाटनको हिन्दू मन्दिर, तीन प्राचीन राज्यमध्येको एकको राजधानी
१९२०तिरका नेपाली राजसंस्था
१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द मल्लथर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे। १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: १४८२मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो - काठमाडौं,पाटन, र भादगाउँ – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।
१७६५ मा, गोरखाका राजा पृथ्वीनारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाई छिमेकी राज्यहरू, (खासगरी लम्जुङ्ग, कास्की र तनहूँ)को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाईंहरू पश्चात्, उनी ३ वर्षपछि काठमाडौं उपत्यकालाई विशाल नेपाल भित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरे।तथापि उनले तत्कालीन राजा जयप्रकाश मल्लले राज्य गरिरहेको काठमाडौं राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। वास्तवमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाडौं उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरे। त्यसैगरी नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि पूर्वमा पल्लो किरात लिम्बूवान राज्य पुगेलिम्बूवान राज्यमा १७ पटक सम्म हमला गरी वि.स‌ं २२/०४/१८३१ मा लिम्बूवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहर सहित तम्रपत्रमा लेखी सन्धि भयो। यसले नयाँ नेपालको जन्मको आधारशिला तय गर्‍यो।
तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीनतिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजीकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनी सँगको दुश्मनीका कारण रक्तरञ्जित एङ्गलो-नेपाल युद्ध (१८१४–१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हालको उत्तराखण्डराज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू पर्दछन। आफ्नो स्वाधीनताका लागि नेपालले इस्ट इण्डिया कम्पनिसँग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहितसिक्किम ,दार्जिलिनङ्ग गुमाउनु पर्‍यो। कांगडासम्म पुगेका नेपाली र सतलजदेखि टिस्टासम्मको विशाल नेपाल मेची र कालीमा सीमित हुन पुग्यो, तर पनि पछि १८६०मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग खुसी भई अङ्ग्रेजले नेपाललाई राप्तीदेखि कालीसम्मको तराई फर्काइदिएका थिए।
राज परिवार बीचको गुटबन्दीका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीको सेनानायकजङ्गबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ-भारदारहरूबीच मार-काट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदानसुरू गरे र राणा शासन लागू गरे। राजालाई नाममात्रमा सीमित गरियो र प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सिपोई रिबेलियन(प्रथम भारतीय स्वतन्त्रता संग्राम), र पछि दुबैविश्व युद्धहरूमा सघाएका थिए। सन् १९२३मासंयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो।

No comments:

Post a Comment