Sunday, November 20, 2016

रंगमञ्च

नायिका रेखालाई ‘लाइभ’ हेर्न लमजुङको सर्वोदय सेवाआश्रममा सर्बसाधरणको ओइरो 

 

शान्ता कमली, ४ मंसिर । लमजुङको हर्राबोटस्थित सर्वोदय सेवाआश्रममा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा नायिका रेखा थापालाई लाइभ हेर्नेहरुको भिड लागेको छ । फिल्मीजुम अनलाइनले आफनो ५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नायिका थापा लमजुङ आएकी हुन्
आफनो बार्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रमबाट बृद्धाआश्रमलाई सहयोग गर्ने उद्धेश्यसहित कार्यक्रम गरेको फिल्मीजुमका सञ्चालक स्वस्तिका चिलवालले बताइन् । कार्यक्रममा नायिका रेखा थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी थापाले सामाजीक सेवा तर्फ सबै लाग्नुपर्नेमा जोड दिइन् । साथै थापाले आँफु कलाकारिता क्षेत्र सँगै सामाजिक क्षेत्रलाई समेत सँगै लैजाने बताएन् । सो अबसरमा थापाले आश्रममा रहेका वृद्धवृद्धालाई लत्ताकपडा समेत प्रदान गरेकी थिइन् ।
कार्यक्रममा नेपाली चलचित्र, लोक दोहोरी, आधुनिक र कमेडि बिधाका कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । उक्त कार्यक्रमका लागि नायिका रेखा थापा, लोक दोहोरी गायिका शर्मिला गुरुड, लोक दोहोरी गायक प्रकाश कटुवाल, आधुनिक गायक सिमान्त सन्तोष तथा कलाकार रमेश दुलालको प्रस्तुती रहेको थियो ।
सोही अवसरमा विभिन्न बाल आश्रम र बृद्धाआश्रमको सहयोगार्थका लागि अक्ष्यकोष खडा गरेको समेत सञ्चालक चिलवालले बताए । अक्ष्यकोषमा देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । हाल कतार रहेका दिपेश बिकबाट ५ हजार २४, हाल मलेसिया रहेका सुमनाथ बिसुरालबाट ३ हजार, हाल कतार रहेका कृष्ण बरालबाट २० हजार १ रुपैँया सहयोग भएको छ । त्यस्तै हाल अष्ट्रेलिया रहेका अनु शाही ठकुरीबाट ५ हजार र काठमाडौका सुधिर श्रेष्ठबाट १० हजार सहयोग भएको छ ।
यस्तै, काठमाडौका गणेश केसीबाट १० हजार, लमजुङ सेवा समाज कतारबाट १५ हजार, कतारमा रहेका दल दवाडीबाट ५ हजार, कमल रिजालबाट ३ हजा र नवराज क्षितिजबाट ५ हजार ५ सय रुपैँयाँ सहयोग भएको छ ।
यस्तै, कतारमा रहेका सन्तोष दंगालबाट ५ हजार, चलचित्र पन्चायतबाट ५ हजार, हाल आबुधाबी दुवै रहेका दिपक प्रताप थापाबाट ५ हजार ५ सय ५५ , काठमान्डौका बिक्रम तामाङ्ग ४ हजार र पदम राज पन्थीबाट १ हजार सहयोग भएको सञ्चालक चिलवालले बताए । सो रकम आश्रमको बृद्धि विकासमा सहयोग गरिने उनले जानकारी दिए ।
बार्षिकोत्सवको अवसरमा वरिष्ठ चलचित्र पत्रकार विदुर गीरीलाई सम्मान गरीएको थियो । कार्यक्रममा सर्वोदय सेवाआश्रमका अध्यक्ष कृष्णराज ओलीयाले स्वागत मन्तव्य राखेका थिए ।

sources: LamjungDaily.com 

No comments:

Post a Comment