गलेश्वरमा पितृ उद्धारका लागि शतबीज छर्नेको घुइँचो
म्याग्दी – मङ्सिर कृष्ण चतुर्दशीका अवसरमा आज बिहानैदेखि म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि झक्तजनको घुइँचो लागेको छ ।
बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।
द्वापरयुगमा सतिदेवीको गला पतन भएको
मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजारौं भक्तजन आएको गलेश्वर शिवालय
क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।
कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल,
गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने प्रचलन रहेको छ । यसैगरी
शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि
फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।
अाजकाे राताेपाटिमा खबर छ ।
No comments:
Post a Comment