हिन्दू राष्ट्र कायम गराउन दुई राप्रपाबीच एकीकरण आज
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाको निवास
विशालनगरमा आइतबार बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका
साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता
राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा सोमबार हुन लागेको दुई पार्टीको
एकीकरण तथा घोषणा सभाको तयारीका लागि समेत छलफल भएको छ । दुवै पार्टीबीच
संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा
नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी गरिएको छ ।
अन्तरिम विधान २०७३ अनुसार दुवै पार्टीका
पदाधिकारी तथा नेताको व्यवस्थापन गरिनेछ । पार्टीले राप्रपासँग गर्न
लागिएको एकताका लागि सैद्धान्तिक सहमति दिन केन्द्रीय समितिलाई जिम्मा
दिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ
No comments:
Post a Comment