संविधान संशोधन प्रस्ताव दर्ता अनिश्चित
सोमबार मन्त्रिपरिषद् बैठक बस्ने
अनिश्चिततासँगै संविधान संशोधन प्रस्ताव दर्ता पनि अनिश्चित बनेको छ। आज
बस्ने भनिएको मन्त्रिपरिषद् बैठकको सूचना दिउँसोसम्म मन्त्रीलेहरुले पाएका
छैनन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तिम समयमा प्रस्ताव दर्ता
गर्ने निर्णय आजका लागि सारको थियो।
सोमबार बैठक बसी संविधान संशोधन प्रस्ताव
दर्ताबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म आफूलाई बैठकको सूचना नआएको
कानुन मन्त्री अजयशंकर नायकले सेतोपाटीलाई बताए। उनले मधेसी मोर्चाले
संशोधन प्रस्तावमा भोट हाल्ने र चुनावमा जाने सहमति नजनाएसम्म संशोधन
प्रस्ताव दर्ताको कुनै औचित्य नहुने बताए। ‘मोर्चाले सहमति जनाएन भने
मन्त्रिपरिषद् बैठक बसेपनि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय हुँदैन’,
मन्त्री नायकले भने।
उनले मधेसी मोर्चासँग सहमति कायम गर्न नै अन्तिम समयमा हिजो मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय नगरेको बताए। ‘सहमतिका लागि विभिन्न पक्षसँग वार्ता भइरहेको छ’, मन्त्री नायकले भने।

मोर्चाको सहमति बिना संशोधन प्रस्ताव
दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल अनिच्छुक देखिएपछि संशोधन
प्रस्तावबारे निर्णय लिन मोर्चालाई दबाब परेको छ। संविधान संशोधनबारे छलफल
गर्न मधेसी मोर्चा र साना जनजाति दल संलग्न संघीय गठबन्धनको बैठक केहीबेरमा
संघीय गठबन्धनको कार्यालय तीनकुनेमा बस्दै छ। बैठकमा संविधान संशोधन
प्रस्तावप्रति सार्वजनिक असहमति व्यक्त गरिरहेको उपेन्द्र यादव नेतृत्वको
संघीय समाजवादी फोरम पनि सहभागी हुँदैछ।
सत्तारुढ गठबन्धनले मोर्चा र संघीय गठबन्धनको छलफललाई पर्खिएर त्यसपछि मात्रै संशोधन प्रस्ताव अघि बढाउने निर्णय लिने छ।
सत्तारुढ गठबन्धनले मोर्चा र संघीय गठबन्धनको छलफललाई पर्खिएर त्यसपछि मात्रै संशोधन प्रस्ताव अघि बढाउने निर्णय लिने छ।
उक्त समाचार अाजकाे अनलाइन पत्रिका सेताेपाटीले प्रकाशि गरेको छ ।
No comments:
Post a Comment