पृथ्वीजयन्ती र यसकाे सार्थकता !
.पृथ्वी नारायण शाहलाई सामन्ती राजा भनेर आजभोलि मूल्याङ्कन गर्ने गरेको सुनिन्छ। मलाई लागेको जिज्ञासा अठारौं शताब्दीमा संसारको कुन कुनामा गैह्र सामन्ती राज्य थियो? अनि पृथ्वी नारायणले एकात्मक राज्य खडा गरे रे ! सन् १७६८ मा पृथ्वीनारायणले काठमाडौं जितेका थिए। संसारले प्रजातान्त्रीक आन्दोलन र सुरुवात भनेको भन्ने गरेको अमेरिकी स्वतन्त्रता आन्दोलन १७७६ मा भएको थियो र अमेरिकाको संविधान (जुन संघियताको प्रारूप थियो) १७८७ मा आएको थियो। अमेरिकाको युद्ध पनि बेलायती उपनिवेशविरुद्ध थियो। अमेरिकामा त्यो समय कुन खालको समस्या थियो र मुलुक एक हुन नसकेका प्रसङ्गहरू के के थिए भन्ने सामान्य इतिहासको विद्यार्थी धेरैलाई थाहा भएकै कुरा हो। अर्को आन्दोलन फ्रान्सको राज्यक्रान्ति हो १७८९ को। त्यो राज्यक्रान्ति कति सफल, कति असफल भन्ने वहसको विषय हो। त्यसपछि नेपोलियनको उदय भयो फ्रान्समा। युरोपको उन्नाइसौं शताब्दको पहिलो आधा त मेटरनिखको दबदबामै बित्यो। औद्योगिक क्रान्ति र पुँजीवादको विकास नै पनि उन्नाइसौं शताब्दीमा प्रारम्भ भएको हो। बेलायतको कुरा त के गर्नु, अस्तिसम्म साम्राज्यवादको मुलुक थियो त्यो।
आफूलाई मार्क्सका चेला मान्नेहरूले मार्क्सवादकै भनाइअनुसारको सामन्ती समाजबाट पूँजीवादको उदय हुन्छ भनेको ख्याल गर्ने हो भने पनि नेपाल युरोपभन्दा अघि पूँजीवादमा प्रवेश गर्ने संघारमा पुगेको थियो। यो श्रेय पृथ्वी नारायणलाई जान्छ। समाजको विकास अवरुद्ध भएको पृथ्वी नारायणले गर्दा होइन, त्यसपछिका परिघटनाहरूले गर्दा हो। नेपाललाई छुट्टै मुलुकको स्वरूप प्रदान गर्नु के कति कारणले गलत भयो? अहिले नेपाल भनिएका भाग नेपालको नभए अर्कै मुलुकको भाग हुन्थ्यो होला। साना चिर्कटा जस्ता जमिन छुट्टै राज्यको स्वरूपमा रहन सक्थे कि सक्थेन भन्ने कुरा त सिक्किमलाई हेरे थाहा हुन्छ। नेपाल छुट्टै मुलुक भएकोले सामान्य योग्यता समेत नभएका मानिस सांसद, मन्त्री र राष्ट्रिय नेता बन्न पाएका छन्। कम्तीमा यतिको लागि भए पनि तिनले पृथ्वी नारायणलाई सम्झना गरिराख्नु पर्छ। सर्वसाधारण जनतालाई त, लौ त भनुँ भने, यो र देश र ऊ देशको भनेर कुनै फरक पर्दैन। नेपाल बेग्लै हुनुको उपलब्धी यिनै नेताबाहेक कसले भोगको छ? अझ पृथ्वी नारायण सामन्ती, एकात्मक राज्यका अभियन्ता? नेपाल नभएका भए हामी काहा हुन्थियौ
कोही भित्तामा टाउको ठोकेर मरे पनि , कोही गलामा पासो लगाएर आत्महत्या गरे पनि पुष / पौष २७ गते पृथ्वी जयन्ती थियो हो र रहन्छ पनि ।
जतिसुकै अपव्याख्या गर संसारमा पृथ्वीको अतिरिक्त त्यस्तो कुनै शासक छैन जसले आफ्नो लामो इतिहास भएको गोर्खा राज्यलाई छोडेर नेपाल अधिराज्यको नामले चिनाए ।
संसारमा पृथ्वीको अतिरिक्त त्यस्तो कुनै शासक छैन जसले शत्रु सेनाको सेना प्रमुख ( लम्जुङ्गे राजा केहरीनर सिंहको सेना प्रमुख भक्ति थापा मगर ) लाई विजय लगत्तै सरदार बनाएर देउथल किल्लामा तैनाथ गरे । जबकि पराजित सेना दास हुन्थे ।
हाल हामीले प्रयोग गर्ने भाषालाई गोर्खा भाषा हो भनेर तिमी जति सुकै रटान गर यो भाषाको उद्गम स्थल जुम्ला थियो हो र रहन्छ पनि ।
आफ्नो स्वार्थको लागी गलत उद्देस्यले साथिलाई धोका दिनेलाई साजाय दिनैपर्छ । हो बेलकोटमा जयन्त राना मगर माथि पृथ्वीले देखाएको बर्बरता :- धोकेवाज सेना( उनी पृथ्वी कै सेना थिए पछि बेलकोटमा मिसिन गए ) लाई जो कोही शासकले कठोर सजाय दिने नै छ ।
पृथ्वीले युद्ध गरेको हो कसैको छोरीको हात माग्न गएको होइन जहाँ लुत्रुक्क परेर हात फिजाउनलाई । युद्धको लक्ष्य केवल जित्नु हो । जसरी हुन्छ जित ।
जयन्त रानाको कुरा उठाउनेले अर्जेन्टिनामा गोर्खाली सेनाले ( जहाँ बाहुन क्षेत्री होइन तिम्रो र मेरो औतार संग आधा आधी औतार मिल्ने नाक थेप्चेहरु नै थिए ) देखाएको बर्बरतामा आफ्नै बाजे जिजु बाजे माथि औंला किन उठाउँदैन ? अर्जेन्टिनाको स्वतन्त्रता दिवसमा नेपालको झन्डा किन जलाउँछ ? कहिल्यै सोचेका छौ ? छोटकरीमा भन्दा " गर्भवती आइमाईलाई पनि बलात्कार गर्न नछोड्ने हाम्रै नाक थेप्चे पूर्खाहरु थिए ।
पुनः भन्दै छु युद्धको लक्ष्य शत्रुलाई यातना दिएर विजय हाँसिल गर्नु नै हो ।
यस मामिलामा पनि पृथ्वीले संसारमा नाम चलेको अन्य कयौँ शासकहरु भन्दा, धेरै भन्दा धेरै उदारता देखाए ।
आउ सुगौली सन्धीमा गुमेको भूमि फिर्ता ल्याएर पृथ्वीको अभियानलाई मुर्त रुप दिउँ ।
पृथ्वी जयन्तीको सबैलाई शुभकामना ।
जय देश र, जय नेपाल
No comments:
Post a Comment