बिचौरका ४ सय घरधुरीमा सोलार जडान, क्षतिग्रस्त लघु जलविद्युतको
पुननिर्माणमा
ढिलाई
जिल्ला विकास समिति अन्तर्गतको वातावरण तथा जलवायु परिवर्तन शाखाद्धारा विचौर गाविसका वडा नं १ देखि ९ सम्मका ४ सय घरहरुमा सोलार जडान गरिएको हो । “गाविसमा निर्माण भएका ६ वटा लघु जलविद्युतमध्ये केही आयोजनामा भुकम्पले असर पु¥याएको र केही आयोजनाबाट उत्पादन भएको विद्युतले नपुगेपछि हामीले सोलार प्यानल लगेर जोडीदिएका हौं ।” जिविसका उर्जा अधिकृत विपिन सिलवालले भने, “भुकम्पबाट क्षतिग्रस्त आयोजनाको पुननिर्माण गर्ने रकमको अभावका कारण गाउँलेहरु समस्यामा परेका हुन् ।” उनका अनुसार प्रतिथान सोलारको लागि जिविसबाट ५ हजार रुपैयाँ सहयोग भएको थियो भने स्थानीयहरुले प्रति घरधुरी एकहजार ५ सयको दरले रकम संकलन गरेका थिए ।
“भुकम्प गएको पनि २१ महिना बितिसक्यो ।” स्थानिय रामहरी न्यौपाने भन्छन्, “क्षतिग्रस्त लघु जलविद्युत आयोजना निर्माणका लागि धेरै ठाउँमा कुरा पु¥याऔं तर कतैबाट पनि सहयोग नमिलेपछि बाध्य भएर सोलार जडान गर्नुप¥यो ।” गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत नपुगेका कारण स्थानियले सास्ती खेप्नुपरेको न्यौपाने बताउँछन् । कारोबार दैनिकमा खबर प्रकाशित छ ।
बिचौरमा जडान गरिएको सोलारको दुईबर्ष वारेन्टी रहेकोले २ वटा वत्ती बाल्न र मोवाइल चार्ज गर्न मिल्ने जिविस अन्र्गतको उर्जा शाखाले जनाएको छ । गाउँमा विद्युतीकरण नहुँदा स्थानियहरु विद्युतीय उपकरण प्रयोग गर्नबाट बञ्चित बन्दै आइरहेको बिचौर घर भएका नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडी बताउँछन् । उनले जिल्लाको विद्युतीकरणको जिम्मा सामुदायिकलाई दिएकोले काममा ढिलाई भएको बताए । “समयमा काम नगर्ने समस्या त छँदैछ, बिग्रिएका लाइनको मर्मत, नयाँ लाइन बिस्तार र स्तरोन्नतीमा कुनै ध्यान नै छैन् ।” दवाडी भन्छन्, “कामप्रतिको कुनै जिम्मेवारी नै भएन् ।”
२१ महिनादेखि टुकीको भरमा रात कटाउँदै आएका बिचौरबासीहरु घरमा सोलार बत्ती जोडिएपछि निकै हर्षित भएका छन् । बिजुली बत्ती घरमा नहुँदा बालवालिकाहरुको पढ्ने बानीमा समेत कमी आएको बिचौर–४ का राजु परियारले बताए “दुर्गम भेग भएका कारण टुकी बाल्नका लागि आवश्यक मट्टितेल पाउन मुस्किल छ ।” परियार भन्छन्, “मट्टितेलको अभावमा केटाकेटीहरुलाई भोली उज्यालोमा पढौंला आजलाई आराम गर भन्नुपर्ने बाध्यता आयो ।”
नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले छिमेकी गाविस कोल्कीको केही वडाहरुमा केन्द्रिय लाइनको विद्युत पुगेकोले बिचौर र दुधपोखरीसम्म विद्युत पु¥याउने लक्ष्य लिएको बताए । “जिल्लाको विद्युतीकरणको जिम्मा सामुदायिकलाई दिइएकोले जिल्लाका सबै गाविसहरुमा विद्युत वितरणको कार्य ढिला भएको हो ।” प्रमुख न्यौपानेले भने, “हामीले जिल्लामा वितरण केन्द्रको स्थापना गरेका छौं । अब हामीले पनि दुर्गम गाविसहरु कोल्की, पाचोक, इलमपोखरी, ढोडेनी र फलेनी लगायतका गाविसहरुमा यसैबर्ष विद्युत बाल्ने लक्ष्य लिएका छौं ।” न्यौपानेका अनुसार प्राधिकरणको प्रयासमा बन्सारको पुरानो दुवार, कोल्कीको वडा नं १ देखि ३ र पाचोकको १ र २ नं मा विद्युत पुगिसकेको र यसै आर्थिक बर्षमा गिलुङ र भोजें गाविसमा पनि विद्युत पु¥याउने लक्ष्य रहेको छ ।
No comments:
Post a Comment