Sunday, January 15, 2017

भोटेओडार–तार्दीखोला पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा



 भोटेओडारतार्दीखोला पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा


लमजुङ, माघ २ भोटेओडारतार्दीखोला खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लमजुङको सुन्दरबजार नगरपालिका२ स्थित कृष्ण बगैँचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत काम सकिएको भोटेओडार तार्दीखोला खानेपानी आयोजनाका अध्यक्ष डम्बरबहादुर अधिकारीले जानकारी गराउनुभएको छ ।
उहाँका अनुसार निर्माणपश्चात पानी प्रशोधन केन्द्रले प्रतिसकेण्ड १२ लिटर पानी प्रशोधन गर्न सक्छ । निर्धारित समयमै केन्द्रको निर्माण कार्य सकिन लागेको हो । केन्द्रको निर्माण कार्यको जिम्मेवारी पराजुली कन्ट्रक्सनले लिएको हो ।
खानेपानीका अध्यक्ष अधिकारीका अनुसार २०७२ साल वैशाख ५ गतेबाट पानी प्रशोधन केन्द्रको निर्माण कार्य अघि बढाइएको हो । नेपाल सरकारको २ करोड ९१ लाख ७१ हजार र स्थानीय उपभोक्ताको ६० लाख गरी ३ करोड ५१ लाख ७१ हजारको लागतमा पानी प्रशोधन केन्द्र बन्दै गरेको हो ।


No comments:

Post a Comment