बेशीसहर–५ तालफाटँका विक दम्पती तरकारी खेतीमा
रमाउँदै, मासिक ८० हजार कमाई
२२
पुस ।
बेशीसहर नगरपालिका वडा नम्बर ५ टारगाउँ
तालफँटका एक विक दम्पती तरकारी खेतीमा
ब्यस्त छन् । उनीहरु,
हुन् बिरबहादुर विक अनी चिजा विक । ती दम्पतीको मेहेनत देखेर प्रशंसा नगर्ने
कोही छैनन् । सुरुका दिनमा गरीबीले सताएपछि
तरकारी खेतीमा लागेका उनीहरु यतिबेला तराकारी खेती आम्दानीको प्रमुख स्रोत बनेको बताउँछन् ।
९ बर्ष साउदी अरबमा काम गरेका विरबहादुर विक, विदेशमा पनि तरकारी खेती गर्ने गर्थे । विदेशमा दुख हुनुका साथै आफ्नो परिवारसँग साथमा हुन नपाउदाँ दुःखी बनेका उनी गाउँमै फर्कीएर तरकारी खेतीतर्फ लागेका हुन् ।

२०४५ सालदेखि तरकारी खेती
गर्दै आएका ६१ बर्षिय विरबहादुर र ३९ बर्षिय चिजा आजभोली तरकारीमै
रमाइरहेका छन् । बेलुका तरकारी टिपेर राख्ने अनी विहानै ६ बजे दुवै जना दुई
डोको तरकारी बोकेर सदरमुकाम बेशीसहर आइपुग्छन् तरकारी विक्रीका लागि ।
करिब एक घण्टाको समय लगाएर बजारमा आएर तरकारी विक्री गर्ने उनिहरुको दैनिकी जस्तै बन्ने गरेको छ । विक दम्पतीको बारीमा मौसमी तथा बेमौसमीका तरकारी पाइन्छ । अहिले, काउली, बन्दा, घिउ सिमी, रायो साँग, तोरी साँग, खोले साँग, गाजर, गोलभेडा धनियाँजस्ता प्रशस्त तरकारीका बारीमा लगाइएको छ ।
५ रोपनी जग्गामा तरकारी गरेका दम्पतीले तरकारीबाट फाइदा लिदै आएका छन् । आफुहरुले ताजा तरकारी बेशीसहर बजारमा बिक्री गर्न ल्याउने भएकाले पनि बजारको समस्या नरेहको विरबहादुर बिक बताउँनुहुन्छ ।
विक दम्पतीले तरकारी खेती बाहेक ८ हलको धान खेती पनि गरेका छन् । केही जग्गा आफ्नै भएपनि केही बन्दकीमा लिएर खेती गरीदै आएको विकले बताउनुभयो । सिजन अनुसार तरकारी खेती गर्दै आएका विक दम्पतीले दुइटा भैसी, १३ वटा बाख्राहरु पनि पाल्दै आएका छन् । ६१ वर्षे विरबहादुरले वृद्ध भत्ता खादै आएको समेत बताउनुहुन्छ ।
दम्पतीको काममा बुहारी विबा विक, नातीहरु आशिक र साखिलले पनि सहयोग गर्दै आएका छन् । उनका छोरा बिरेन्द्र विकको भने २०६२ सालमा गाडी दुर्घटनामा परि २५ बर्षको उमेरका ज्यान गएका थिए । साउदीमा रहेका विरबहादुर आफ्नो छोराको खबर पाएपछि घर फर्केका थिए । घरमा कमाउने काही नभएपछि आँफु बुढाबुढीले तरकारी खेती लगाउने विचार बनाएको विक बताउनुहुन्छ । विकले आफ्नो दुई नातीको भविष्यको लागि, भरणपोषणका लागि दुख गर्दै आएको बताउँछन् । उनका नातीहरु आशिक १० कक्षामा र साखिल ६ कक्षामा बालकल्याण मावि भकुण्डेमा अध्ययन गर्दैआएका छन् ।

शनिबार र अन्य बिदाका दिनमा
नातीहरुले पनि आफ्नो काममा सहयोग गर्दै आएको हुजरआमा चिजा विकले बताइन् ।
उनले तरकारी बारीमा काम गर्दा तरकारी बोकेर बजार बिक्रीका लागि लैजादा
आनन्द लाग्ने बताउनुभयो ।
विक दम्पतीले मासिक रुपमा ८० हजार आम्दानी गर्छन भने आम्दानीको घरखर्च कटाएर ४० हजार रुपैया बचत गर्दै आएका छन् ।
समय समयमा खेताला लगाएर तरकारी खेती गर्दै आएका दम्पतीलाई जिल्ला कृषि विकास कार्यालयले पनि ४० हजार अनुदान उपलब्ध गराएको थियो । भने आरसिडिसीमार्फत वल्र्डभिजनले विभिन्न जातका तरकारीका विउ दिने गरेको छ ।
विक दम्पतीले विदेशमाभन्दा स्वदेशमै आफ्नै परिवारसँग बसेर काम गर्दाको फरक अनुभव हुने बताउँछन् । खेती गर्ने बारीमा रातो माटो भएका कारणले सिञ्चाइको भने असुविधा भएको विरबहादुर बताउँछन् ।
एक घण्टाको पैदल दुरीमा रहेको जङगलबाट सिञ्चाइका लागि पाइपमा पानी ल्याउन समस्या भएको विकको गुनासो छ । जे होस् दुख अनुसारको प्रतिफल पाएकोमा विक दम्पत्ती खुसी छन् ।
साभार: लमजुङ डेलि डट कम

No comments:
Post a Comment