Friday, July 28, 2017

लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा बस खस्यो

लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा बस खस्यो



श्रावण १२, २०७४- लमजुङ र कास्की जोड्ने रुदी दोभानको अस्थायी पुलबाट बस खस्दा दुई जनाको चेपिएर मृत्यु भएको छ । दुई महिलालाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।
बाढीले पुलको जग कमजोर बनाएपछि जग हल्लिएको र पूल समेत भाँचिन जाँदा बस खसेको यात्रुहरुले बताएका छन् । चेपिएर मृत्यु भएका दुई जना पुरुष रहेको उनीहरुले बताएका छन् । उनीहरुको उद्धार हुन सकेको छैन । पानीभित्रै रहेकाले बस उद्धारका लागि क्रेन चाहिने र भोर्लेटारबाट क्रेन ल्याउने तयारी भइरहेको घटनास्थल पुगेका भोर्लेटारका प्रवेश घिमिरेले बताए । 
घटनास्थलमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट गएका प्रहरी पुगेका छन् । गम्भीर घाइते १४ जनालाई उपचारका लागि पोखरा र लमजुङको रामबजारतर्फ पठाइएको छ । रामबजारतर्फ पठाएका घाइतेको प्राथामिक उपचारपछि पोखरा लगिएको प्रहरीले जनाएको छ ।
बसमा सवार लमजुङको भोर्लेटारका अपिलराज पौडेलका अनुसार पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक बस बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । उनका अनुसार रुदी र मादी दोभानको रुदीखोला माथिको पुलको जग हल्लिनुका साथै ट्रस भाँचिएर ना५ख ६३९५ नं. को यात्रुबहावक बस खोलामा खसेको हो ।
डीएसपी समीरचन्द्र खरेलले २ जना बसभित्र चेपिएको र १ जनालाई बगाएको खबर आएको बताए । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्यामसिंह सैथवारसहितको टोली घटनास्थलतर्फ खटाएको उनले बताए । उनका अनुसार बसमा करिव ३५ यात्रु थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


 साभार: Kantipur News 

तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

आज नागपञ्चमी जनैपूर्णिमाकै दिन मनाइँदैछ

श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व यसपटक आज नागपञ्चमीकै दिन मनाइँदैछ ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआए पनि श्रावण शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको भएकाले आजै रक्षा बन्धन मानिँदै आएको हो।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ।

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

आजै मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।

तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा

फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा

श्रावण १२, २०७४- मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने २ जनालाई प्रहरीले सार्वजनिक मुद्धा चलाएको छ । धनकुटाको पाख्रिवास नगरपालिका-९ का ईश्वर बिष्ट र पाख्रिवास-५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका-६ की एक युवतीलाई मोबाइल गरी अश्लिल शब्द प्रयोग गरेका थिए । उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज, धाकधम्की र दैनिक दर्जनौंपटक फोन गर्ने गरेका थिए ।
प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक अपराधको मुद्धा चलाएको डिएसपी सन्तोष खड्काले बताए । पीडितले ९८११०८३२९४ र ९८११३०९४९२ नम्बरको मोबाईलबाट असार २२ देखि फोन गरेर धम्की र अश्लिल शब्द प्रयोग गरेको उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

साभार: Kantipur News 

नेपाल राष्ट्र बैंकले अपनाएको कदम

नेपाल राष्ट्र बैंकले अपनाएको कदम


प्रविण न्यौपाने –

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि  १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् । 
व्यक्ति तथा संस्थाले नगदको सट्टा चेकबाट कारोवार गरुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले १० लाख रुपैयाँ बढीको नगद कारोबारमा रोक लगाएको बुझ्न सकिन्छ । राष्ट्र बैंकको कदम राम्रो छ तर यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सबैको सहयोग आवश्यक छ । १० लाख रुपैयाँ भन्दा बढी नगद कारोबारमा रोक लगाएको भए पनि नागरिकलाई त्यहिँ अनुसार सूचना पुगेको छैन । नागरिकलाई समयमा नै जानकारी गराएमा यस्ता नीति नियम प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ । 

राष्ट्र बैंकले दिएको निर्देशन अनुसार १० लाख रुपैयाँ बढीको नगद कारोबार गर्न नपाइने नियम विशेष कारण र नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक तथा वित्तीय सस्थाका लागि भने खुकुलो छ (जुन बिषेश कारण चाहिँ बैंक तथा वित्तीय संस्थालाई उचित लागेमा भनिएको छ) । तर पनि बैंकले एउटा चेकमा १० लाख रुपैयाँ भन्दा बढी भुक्तानी दिने छैनन् । 
यो नगद सीमाबाट केही असहज परिस्थिति उत्पन्न भएको छ । सहकारी संस्था वा अन्य वित्तिय कारोबार गर्न संस्थालाई यो नगद सीमाले धेरै असर पारेको देखिन्छ । सहकारी संस्थाले हरेक दिनको संकलित पैसा बैंकमा राख्ने र झिक्ने गर्दछ । जसका कारण उनीहरु चेकको कारोबार भन्दा नगदको कारोबारलाई बढी प्रभावकारी मान्छन् ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशनले विद्युतीय कारोबारलाई बढि महत्व दिन खोजेको छ । यो प्रविधिले कामलाई, छिटो छरितो, विश्वसनीय र प्रभावकारी हुन्छ । विद्युतीय कारोबारलाई सहि तरिकाले प्रयोग गर्नु पर्छ । तर पनि हामीकोमा विद्युतीय कारोबारमा सबै नागरिकको पहुँचमा छैन । नेपाल राष्ट्र बैंकले प्रयोग गर्न लागेको यस अनुसारको बैंकिङ प्रविधिले नेपालको सबै ठाउँमा सर्वसुलभ तरिकाले सेवा दिनेमा बैंकहरुनै विश्वस्त हुन सकेका छैनन् ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशनले दीर्घकालसम्म पक्कै राम्रो नतिजा ल्याउनेमा दुई मत छैन । दीर्घकालसम्म राष्ट्र बैंकले सबै गाउँपालिका वा नगरपालिकामा अनिवार्य रुपमा बैंकहरुले आफ्नो सेवा बिस्तार गर्न परिपत्र जारी गरिसकेको छ । त्यसैले यो विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने केन्द्रीय बैंकको नीति पनि सकरात्मक छ । 
अहिले विश्वका धेरै देशमा विद्युत्तीय प्रविधिबाट नगदको भुक्तानी गर्ने चलन बढ्न थालेको छ । हाम्रो छिमेकी भारतमा साढे ३ लाख रुपैयाँ भन्दा बढिको नगद कारोबार गर्न पाइने छैन । आपराधिक क्रियाकलाप वा अपराधिक समूहको नगद नभित्रियोस भनिएको हो । सम्पत्ति शुद्धीकरणलाई यसले ठूलो भुमिका खेल्नेछ । यस सम्बन्धी सूचना जनस्तरसम्म लैजानु पर्छ । 
अहिने नेपालमा चेकको कारोबार त्यति विश्वसनीय मानिएको छैन । खास बैंकिङ कारोबार धेरै नगर्ने मान्छेलाई कुनै व्यत्तिलाई चेक दियो भने त्यो मान्छेले चेक लिन नै मान्दैन । कनि कि त्यो चेक बाउन्स हुने डरले चेकको भन्दा  नगदको कारोबार धेरै गर्दछन् । त्यसैले नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई सबैले खुलेर सहयोग गर्नु अपरिहार्य रहन्छ । तब मात्र नीति कार्यान्वयनमा जान ठुलो भुमिका रहन्छ ।

(न्यौपाने,गण्डकी विकास बैंक महाराजगञ्ज शाखामा कार्यरत हुनुहुन्छ ।)


तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  

समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

Wednesday, July 26, 2017

सेवाग्राहीसँग १ सय उठाएर सडक कालोपत्रे गर्ने योजना

सेवाग्राहीसँग १ सय उठाएर सडक कालोपत्रे गर्ने योजना



राइनास (लमजुङ)– पूर्वी लमजुङको राईनास नगरपालिका युवाहरुले सडक निर्माणका लागि दबाब सुरु गरेका छन् । नगरपालिका मुख्य सडक (कालीरह बोराङखोला रोड) कालोपत्रे गर्ने काममा सरकारी निकायले बेवस्ता गरेको भन्दै त्यहाँका युवाहरुले उपभोक्ताबाट चन्दा संकलन सुरु गरेका छन् । 
‘हाम्रो समस्या राज्यले देखेन आफू हिड्ने बाटो हामी आफै बनाएर देखाइदिन्छौ’ एक युवाले भने । उनीहरुले सडक स्तरउन्नतीका लागि दबाब दिन भन्दै एक सघर्ष समिति समेत गठन गरेका छन् । स्थानीय सोभित पन्तको संयोजक गठित ७ सदस्यीय समितिले दबाब स्वरुप एक उपभोक्ता १ सय रुपयाँ अभियान थालेका छन् । ‘सरकारले सडक पिच गर्ला भनेर बसेको धेरै भयो, अब हामी उपभोक्ता नताती हाम्रो बाटो बन्दैन’ पन्तले भने । 
विभिन्न गाउँ, टोल र वडामा रहेका युवाहरुको सक्रियतामा रकम संकलन उनीहरुको योजना छ  । सरकारलाई दबाब दिन १ सय रुपयाँका दरले रकम संकलन थालिएको पन्तले बताए । ‘हामीले राज्यलाई दबाब दिन यो अभियान सुरु गरेका हौं,हाम्रो अभियानमा राइनासका बासिन्दाले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ’ उनले भने । 
उक्त समितिले सहयोगका लागि राइनासबासिलाई आग्रह समेत गरेको छ । १ हजार भन्दा वढि व्यक्तिबाट  एक सयका दरले रकम संकलन गर्ने लक्ष्य समितिले लिएको छ । उक्त संकलित रकम सहित नगरपालिकाका प्रमुख, उप प्रमुख एवं जनप्रतिनिधिहरुका साथ सम्बन्धीत युवाहरुको उपस्थितिमा सडक डिभिजन कार्यालय दमौलिमा प्रतिवेदन बुझाउने योजना रहेको राइनास सेवा समाजका अध्यक्ष रविन्द्र पन्तले बताए ।‘हामीले उठाएको थोरै रकमले काम गर्न सकिदैन त्यो हामीलाई थाहा छ, दबाब दिनका लागि मात्र हामीले यो अभियान सुरु गरेका हौं’ पन्तले भने ।
यति गर्दा समते सडक डिभिजन कार्यालय दमौली चासो नदिए गाउँ–गाउँ वा घरधुरी मार्फत रकम संकलन गरि उक्त सडक निमार्ण गर्न दबाब दिने निर्णय गरिएको हो । दबाब सिर्जना गरि कार्य गर्ने वातावरण बनाई समृद्ध राइनास निमार्ण गर्ने राइनास क्षेत्रका युवाहरुको योजना छ ।
साभार:-   रातोपाटी

Tuesday, July 25, 2017

बैंक मर्जले निम्त्याएको सकस

प्रविण न्यौपाने –

नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम  छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।
जुन उदेश्य लिएर नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो खासमा त्यो लक्ष्य पूरा हुन सकेको छैन । नेपाल राष्ट्र बैकले दिएको समयसीमा  आर्थिक २०७३/७४ भित्र पूरा गर्नु पर्न थियो । तर राष्ट्र बैंकका अनुसार यो समयसीमा ६ महिनाको लागि थपिएको छ । 

धेरै बैंकहरुले पूरा गर्ने प्रतिबद्धतासहितको रुपरेखा पनि पेश गरेका छन् । नेपाल राष्ट्र बैंकको मुख्य उदेश्य भनेको बैंकतथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज गराई बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु थियो । तर अहिले बैंकतथा वित्तीय संस्थाले एफपिओ, हकप्रद शेयर, लाभांश नै दिएर पुर्‍याउने योजना बनाएका छन् । मर्जरबाट राष्ट्र बैंकले जुन अपेक्षाकृत प्रगती हाँसिल गर्नुपर्ने थियो त्यो हुन सकेको छैन । तर पनि धेरै हदसम्म घटेको नै छ । 
मर्जरले धेरै फाइदा गरेपनि केहि कुरा भने बेफाइदा गरेको छ । अहिलेको टे«न्डमा के देखिएको छ भने ठूला संस्थाले साना मर्जरमा आएका संस्थालाई कर्मचारीलाई हेप्ने गरेका छन् । जसका कारण कर्मचारीले खुलेर काम गर्न वातावरण पाएका छैनन् । जसका कारण संस्था छोड्नुको विकल्प हुँदैन । जुन एनआइसी र एशिया मर्ज  हुँदा एशियाका धेरै कर्मचारीले जागिर छोड्नु पर्ने वातावरण श्रृजना भएको थियो ।
हुनत: दुई संस्था एक भएपछि केही झिनामसिना  समस्या वा विवाद स्वाभाविक भए पनि त्यो कुराले कुनै समस्या आउनु भएन । आपसमा मर्जरले द्वन्दको वातावरण सिर्जना भन्दा पनि संस्थालाई बलियो र विश्वनीय  बनाउनु पर्छ । तबमात्र संस्थाले सफल हुन सक्छ ।
अहिले बजारमा चर्चाको बिषय भनेको एनसिसी र एपेक्स विकास बैंकको बारेमा चलेको छ । जुन एपेक्स, एनसिसी बैंकसँग मर्जमा आएको थियो । एपेक्सको  बिषयलाई लिएर बिशेष अदालतले पनि आदेश जारी गरेको छ ।
अदालतले छुट्टा छुटै हिसाब किताब राख्न आदेश दिए पनि यो वास्तविकतामा लागू भएको छैन र गर्न पनि सम्भव हुँदैन । राम्रो वित्तीय संस्थाका रुपमा रहेको एनसिसी बैंकको स्थिती अहिले डामाडोल परिस्थितीमा गुर्जिएको छ । त्यसैले नियमक निकाय भनेको नेपाल राष्ट्र बैंक हो  । राष्ट्र बैंकले त्यस्ता कुरामा बिषेश ध्यान दिनु जरुरी छ । 
सिंगो राष्ट्र लागि मर्जले वेफाइदा भन्दा धेरै फाइदा नै गराउँछ । बैंक तथा वित्तीय सस्थाको बजार सबै ठाउँमा रहन्छ र चाहेको उन्नती र प्रगती हाँसिल गर्दछ । त्यसैले नेपाल राष्ट्र बैंकले अझै बैंक तथा वित्तीय संस्थालाई राम्रो मर्जरमा जान प्रोसाहन गराउन जरुरी देखिन्छ । मर्जरले सबैको लागि फाइदा गराउँछ । अझ यहि बाटोमा सबै बैंक तथा वित्तीय संस्थाले सकुन्जेल सहयोग गर्न जरुरत छ ।                                     

न्यौपाने गण्डकी विकास बैंक महाराजगञ्ज शाखामा कार्यरत छन् ।


तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

Sunday, July 23, 2017

सदरमुकाम बेसीशहरको हाइस्कुल चोकका ३ वटा घरमा आगलागी, २० लाखको क्षति

 सदरमुकाम बेसीशहरको हाइस्कुल चोकका ३ वटा घरमा आगलागी, २० लाखको क्षति 

८ साउन । लमजुङ सदरमुकाम बेसीशहरको हाइस्कुल चोकमा गएराती १२ बजे आगलागी हुँदा तीनवटा घर ध्वस्त भएका छन् । आगलागीका कारण बेसीशहर नपा वडा नं ७ स्थित सुनचाँदी पसल, फलफुल तथा तरकारी पसल र एक किराना पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
आगलागीबाट रामबहादुर विकको सुनचाँदी पसल, मिना अधिकारीको फलफुल तथा तरकारी पसल र कृष्ण विकको किराना पसल पूर्ण रुपमा ध्वस्त भएको हो । यि तीनवटै घर हेमप्रसाद घिमिरेको रहेको खुल्न आएको छ । उनले सबै पसल भाडामा लगाएका हुन् ।
प्रहरीका अनुसार राती ठूलो पानी आएको र कतै तारमा पानी परेर विजुली सर्ट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धानको कार्य भइरहेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।
       आगलागीबाट सुनचाँदी पसलमा रहेको केही सुनचाँदी, एउटा मोटरसाइकल, अन्य दुवै पसलमा रहेको सामान जलेर नष्ट भएको        प्रहरीले जनाएको छ । अधिकारीको पसलबाट केही नगद रुपैयाँ सकुशल झिक्न सफल भएको डीएसपी जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शनिबार राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको खबर प्राप्त भएको हो । त्यसपछि डीएसपीकै कमाण्डमा इन्सपेक्टरसहितको प्रहरी टोली, दमकल साथै स्थानीयले आगो निभाएका थिए । १ बजेर ४० मिनेट जाँदा आगलागी निभाउन सकिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रका क्रममा २ जना प्रहरी सामान्य घाइते भएका छन् । स्थानीयले उक्त घटना करिब साँढे १२ बजेतिर भएको बताएका छन् ।
प्रहरी र स्थानीयले विद्युत् आउनेजाने समस्या साथै हाइ भोल्टेज आउनेजाने समस्याले फ्रिजमा विद्युत् सर्ट हुन गई आगलागी भएको हुनसक्ने बताएको छ । घटनामा मानवीय क्षति भएको छैन ।
 विद्युत्‌को तार, टेलिफोन तथा केवुल लाइनमा समेत क्षति पुगेको छ । आगलागीका कारण मनाङेचौतारा टोलमा विद्युत् आपूर्ति बन्द छ । घटनास्थलको अनुगमनको लागि प्रमुख जिल्ला अधिकारी युवराज मैनालीसहितको टोली पुगेको छ
प्रहरीले घटनाको मुचुल्का उठाउन बाँकी रहेपनि आगलागीबाट २० लाख बढिको क्षति भएको पिडितहरुले बताएका छन् ।
साभार: लमजुङ डेलि डट कम