प्रविण न्यौपाने –
नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।
जुन उदेश्य लिएर नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो खासमा त्यो लक्ष्य पूरा हुन सकेको छैन । नेपाल राष्ट्र बैकले दिएको समयसीमा आर्थिक २०७३/७४ भित्र पूरा गर्नु पर्न थियो । तर राष्ट्र बैंकका अनुसार यो समयसीमा ६ महिनाको लागि थपिएको छ ।
धेरै बैंकहरुले पूरा गर्ने प्रतिबद्धतासहितको रुपरेखा पनि पेश गरेका छन् । नेपाल राष्ट्र बैंकको मुख्य उदेश्य भनेको बैंकतथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज गराई बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु थियो । तर अहिले बैंकतथा वित्तीय संस्थाले एफपिओ, हकप्रद शेयर, लाभांश नै दिएर पुर्याउने योजना बनाएका छन् । मर्जरबाट राष्ट्र बैंकले जुन अपेक्षाकृत प्रगती हाँसिल गर्नुपर्ने थियो त्यो हुन सकेको छैन । तर पनि धेरै हदसम्म घटेको नै छ ।
मर्जरले धेरै फाइदा गरेपनि केहि कुरा भने बेफाइदा गरेको छ । अहिलेको टे«न्डमा के देखिएको छ भने ठूला संस्थाले साना मर्जरमा आएका संस्थालाई कर्मचारीलाई हेप्ने गरेका छन् । जसका कारण कर्मचारीले खुलेर काम गर्न वातावरण पाएका छैनन् । जसका कारण संस्था छोड्नुको विकल्प हुँदैन । जुन एनआइसी र एशिया मर्ज हुँदा एशियाका धेरै कर्मचारीले जागिर छोड्नु पर्ने वातावरण श्रृजना भएको थियो ।
हुनत: दुई संस्था एक भएपछि केही झिनामसिना समस्या वा विवाद स्वाभाविक भए पनि त्यो कुराले कुनै समस्या आउनु भएन । आपसमा मर्जरले द्वन्दको वातावरण सिर्जना भन्दा पनि संस्थालाई बलियो र विश्वनीय बनाउनु पर्छ । तबमात्र संस्थाले सफल हुन सक्छ ।
अहिले बजारमा चर्चाको बिषय भनेको एनसिसी र एपेक्स विकास बैंकको बारेमा चलेको छ । जुन एपेक्स, एनसिसी बैंकसँग मर्जमा आएको थियो । एपेक्सको बिषयलाई लिएर बिशेष अदालतले पनि आदेश जारी गरेको छ ।
अदालतले छुट्टा छुटै हिसाब किताब राख्न आदेश दिए पनि यो वास्तविकतामा लागू भएको छैन र गर्न पनि सम्भव हुँदैन । राम्रो वित्तीय संस्थाका रुपमा रहेको एनसिसी बैंकको स्थिती अहिले डामाडोल परिस्थितीमा गुर्जिएको छ । त्यसैले नियमक निकाय भनेको नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकले त्यस्ता कुरामा बिषेश ध्यान दिनु जरुरी छ ।
सिंगो राष्ट्र लागि मर्जले वेफाइदा भन्दा धेरै फाइदा नै गराउँछ । बैंक तथा वित्तीय सस्थाको बजार सबै ठाउँमा रहन्छ र चाहेको उन्नती र प्रगती हाँसिल गर्दछ । त्यसैले नेपाल राष्ट्र बैंकले अझै बैंक तथा वित्तीय संस्थालाई राम्रो मर्जरमा जान प्रोसाहन गराउन जरुरी देखिन्छ । मर्जरले सबैको लागि फाइदा गराउँछ । अझ यहि बाटोमा सबै बैंक तथा वित्तीय संस्थाले सकुन्जेल सहयोग गर्न जरुरत छ ।
No comments:
Post a Comment