Friday, July 28, 2017

नेपाल राष्ट्र बैंकले अपनाएको कदम

नेपाल राष्ट्र बैंकले अपनाएको कदम


प्रविण न्यौपाने –

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि  १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् । 
व्यक्ति तथा संस्थाले नगदको सट्टा चेकबाट कारोवार गरुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले १० लाख रुपैयाँ बढीको नगद कारोबारमा रोक लगाएको बुझ्न सकिन्छ । राष्ट्र बैंकको कदम राम्रो छ तर यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सबैको सहयोग आवश्यक छ । १० लाख रुपैयाँ भन्दा बढी नगद कारोबारमा रोक लगाएको भए पनि नागरिकलाई त्यहिँ अनुसार सूचना पुगेको छैन । नागरिकलाई समयमा नै जानकारी गराएमा यस्ता नीति नियम प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ । 

राष्ट्र बैंकले दिएको निर्देशन अनुसार १० लाख रुपैयाँ बढीको नगद कारोबार गर्न नपाइने नियम विशेष कारण र नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक तथा वित्तीय सस्थाका लागि भने खुकुलो छ (जुन बिषेश कारण चाहिँ बैंक तथा वित्तीय संस्थालाई उचित लागेमा भनिएको छ) । तर पनि बैंकले एउटा चेकमा १० लाख रुपैयाँ भन्दा बढी भुक्तानी दिने छैनन् । 
यो नगद सीमाबाट केही असहज परिस्थिति उत्पन्न भएको छ । सहकारी संस्था वा अन्य वित्तिय कारोबार गर्न संस्थालाई यो नगद सीमाले धेरै असर पारेको देखिन्छ । सहकारी संस्थाले हरेक दिनको संकलित पैसा बैंकमा राख्ने र झिक्ने गर्दछ । जसका कारण उनीहरु चेकको कारोबार भन्दा नगदको कारोबारलाई बढी प्रभावकारी मान्छन् ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशनले विद्युतीय कारोबारलाई बढि महत्व दिन खोजेको छ । यो प्रविधिले कामलाई, छिटो छरितो, विश्वसनीय र प्रभावकारी हुन्छ । विद्युतीय कारोबारलाई सहि तरिकाले प्रयोग गर्नु पर्छ । तर पनि हामीकोमा विद्युतीय कारोबारमा सबै नागरिकको पहुँचमा छैन । नेपाल राष्ट्र बैंकले प्रयोग गर्न लागेको यस अनुसारको बैंकिङ प्रविधिले नेपालको सबै ठाउँमा सर्वसुलभ तरिकाले सेवा दिनेमा बैंकहरुनै विश्वस्त हुन सकेका छैनन् ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशनले दीर्घकालसम्म पक्कै राम्रो नतिजा ल्याउनेमा दुई मत छैन । दीर्घकालसम्म राष्ट्र बैंकले सबै गाउँपालिका वा नगरपालिकामा अनिवार्य रुपमा बैंकहरुले आफ्नो सेवा बिस्तार गर्न परिपत्र जारी गरिसकेको छ । त्यसैले यो विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने केन्द्रीय बैंकको नीति पनि सकरात्मक छ । 
अहिले विश्वका धेरै देशमा विद्युत्तीय प्रविधिबाट नगदको भुक्तानी गर्ने चलन बढ्न थालेको छ । हाम्रो छिमेकी भारतमा साढे ३ लाख रुपैयाँ भन्दा बढिको नगद कारोबार गर्न पाइने छैन । आपराधिक क्रियाकलाप वा अपराधिक समूहको नगद नभित्रियोस भनिएको हो । सम्पत्ति शुद्धीकरणलाई यसले ठूलो भुमिका खेल्नेछ । यस सम्बन्धी सूचना जनस्तरसम्म लैजानु पर्छ । 
अहिने नेपालमा चेकको कारोबार त्यति विश्वसनीय मानिएको छैन । खास बैंकिङ कारोबार धेरै नगर्ने मान्छेलाई कुनै व्यत्तिलाई चेक दियो भने त्यो मान्छेले चेक लिन नै मान्दैन । कनि कि त्यो चेक बाउन्स हुने डरले चेकको भन्दा  नगदको कारोबार धेरै गर्दछन् । त्यसैले नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई सबैले खुलेर सहयोग गर्नु अपरिहार्य रहन्छ । तब मात्र नीति कार्यान्वयनमा जान ठुलो भुमिका रहन्छ ।

(न्यौपाने,गण्डकी विकास बैंक महाराजगञ्ज शाखामा कार्यरत हुनुहुन्छ ।)


तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  

समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

No comments:

Post a Comment