सेवाग्राहीसँग १ सय उठाएर सडक कालोपत्रे गर्ने योजना
राइनास (लमजुङ)– पूर्वी लमजुङको राईनास नगरपालिका युवाहरुले सडक निर्माणका लागि दबाब सुरु गरेका छन् । नगरपालिका मुख्य सडक (कालीरह बोराङखोला रोड) कालोपत्रे गर्ने काममा सरकारी निकायले बेवस्ता गरेको भन्दै त्यहाँका युवाहरुले उपभोक्ताबाट चन्दा संकलन सुरु गरेका छन् ।
‘हाम्रो समस्या राज्यले देखेन आफू हिड्ने बाटो हामी आफै बनाएर देखाइदिन्छौ’ एक युवाले भने । उनीहरुले सडक स्तरउन्नतीका लागि दबाब दिन भन्दै एक सघर्ष समिति समेत गठन गरेका छन् । स्थानीय सोभित पन्तको संयोजक गठित ७ सदस्यीय समितिले दबाब स्वरुप एक उपभोक्ता १ सय रुपयाँ अभियान थालेका छन् । ‘सरकारले सडक पिच गर्ला भनेर बसेको धेरै भयो, अब हामी उपभोक्ता नताती हाम्रो बाटो बन्दैन’ पन्तले भने ।
विभिन्न गाउँ, टोल र वडामा रहेका युवाहरुको सक्रियतामा रकम संकलन उनीहरुको योजना छ । सरकारलाई दबाब दिन १ सय रुपयाँका दरले रकम संकलन थालिएको पन्तले बताए । ‘हामीले राज्यलाई दबाब दिन यो अभियान सुरु गरेका हौं,हाम्रो अभियानमा राइनासका बासिन्दाले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ’ उनले भने ।
उक्त समितिले सहयोगका लागि राइनासबासिलाई आग्रह समेत गरेको छ । १ हजार भन्दा वढि व्यक्तिबाट एक सयका दरले रकम संकलन गर्ने लक्ष्य समितिले लिएको छ । उक्त संकलित रकम सहित नगरपालिकाका प्रमुख, उप प्रमुख एवं जनप्रतिनिधिहरुका साथ सम्बन्धीत युवाहरुको उपस्थितिमा सडक डिभिजन कार्यालय दमौलिमा प्रतिवेदन बुझाउने योजना रहेको राइनास सेवा समाजका अध्यक्ष रविन्द्र पन्तले बताए ।‘हामीले उठाएको थोरै रकमले काम गर्न सकिदैन त्यो हामीलाई थाहा छ, दबाब दिनका लागि मात्र हामीले यो अभियान सुरु गरेका हौं’ पन्तले भने ।
यति गर्दा समते सडक डिभिजन कार्यालय दमौली चासो नदिए गाउँ–गाउँ वा घरधुरी मार्फत रकम संकलन गरि उक्त सडक निमार्ण गर्न दबाब दिने निर्णय गरिएको हो । दबाब सिर्जना गरि कार्य गर्ने वातावरण बनाई समृद्ध राइनास निमार्ण गर्ने राइनास क्षेत्रका युवाहरुको योजना छ ।
साभार:- रातोपाटी
साभार:- रातोपाटी
No comments:
Post a Comment