Tuesday, November 29, 2016

पृथ्वीमा भएका ५ महाविनाश घटना

पृथ्वीमा भएका ५ महाविनाश घटना



पृथ्वीमा पुराना जीवजन्तु तथा वनस्पति लोप हुनु र नयाँ अस्तित्वमा आउनुलाई जीव विकासको सामान्य प्रक्रिया मानिन्छ। त्यस्तो प्रक्रिया अत्यन्त सुस्त हुने गर्छ। तर, जीव विकास प्रक्रियामा कयौंपटक अत्यन्त ठूलो संख्यामा एकैपटक प्राणीहरु लोप भएका छन्, जसलाई ‘मास एकस्टिङसन’ (महाविनाज्ञ) भनिन्छ।
झन्डै ६ करोड ६० लाख वर्षअघि एउटा उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि भएको ‘मास एकस्टिङसन’ ले त्यतिबेलासम्म अस्तितवमा रहेको भीमकाय जीव डायनोसर लोप भयो। अहिले यो जनावर पुस्तकका पन्ना र फिल्ममा सीमित भएका छ।
वैज्ञानिकले पत्ता लगाएको सबैभन्दा ठूलो ‘मास एकस्टिङसन’ २५ करोड वर्ष पहिले ‘परमीयन’ युगमा भएको थियो। उक्त घटनामा ९६ प्रतिशत प्राणीको विनाश भएको मानिन्छ।


वैज्ञानिकले अहिलेसम्म त्यस्ता ५ महाविनाशबारे जानकारी बटुलेका छन्। कुन-कुन हुन् ती महाविनाश?
ओर्डोभिसियन-सिलुरियन मास एकस्टिङसन

यस अवधिमा जैविक इतिहासकै तेश्रो सबैभन्दा ठूलो मास एकस्टिङसन भएको थियो। त्यस समयमा मास एकस्टिङसनको घटना दुईपटक भएको मानिन्छ। ‘ओर्ड़ोभिसियन’ अवधिमा मुख्यत: समुद्रमा मात्र जीवन थियो। झन्डै ४४ करोड ४० लाख वर्ष पहिले भएको उक्त घटनामा ‘ट्रिलोबाइट्स’, ‘ब्राचीओपोड्स’ र ‘ग्रापटोलाइट्स’ जस्ता समुद्री जन्तुको विनाश भएको थियो।
उक्त महाविनाशका कारण पृथ्वीमा व्यापक रुपले बरफ जम्नु र समुद्रको सतह घट्नुलाई मानिएको छ। के कारणले बरफ त्यति धेरै जम्यो भन्ने अझै रहस्यकै विषय हो। जमिनमा फैलिएका वनस्पति त्यसका निम्ति जिम्मेवार रहेको पनि अनुमान छ। उक्त अनुमानअनुसार वनस्पतिले व्यापक रुपमा वायुमण्डलबाट कार्बनडाईअक्साइड सोसेपछि पृथ्वी चिसियो र बरफ जम्न सुरु भयो।
डेभोनियन युग अन्त्यतिरको मास एकस्टिङसन


डेभोनियन युगको अन्त्यतिर भएको मास एकस्टिङसनमा लगभग ७५ प्रतिशत वनस्पति तथा जीवजन्तुको मृत्यु भएको थियो। त्यस अवधिमा ‘मास एकस्टिङसन’ एकैपटक नभई एकदेखि तीन लाख वर्ष अन्तरालमा दुईपटक भएको थियो।
रित्तिएका समुद्री चट्टानहरु पहिलेकै अवस्थामा पुग्न १० करोड वर्ष लागेको थियो। समुद्री सतहको तापक्रम ३४ डिग्री सेल्सियसबाट झरेर २६ डिग्री सेल्सियसमा पुग्यो। सुमुद्रको सतहमा बाँच्ने प्राणी उक्त विनाशको सबैभन्दा धेरै शिकार भए।
३६ करोड वर्षपहिले उक्त अवधिमा दुईपटक ‘मास एकस्टिङसन’ हुनुको कारण जलवायु परिवर्तनलाई मानिन्छ। तर जलवायु के कारणले परिवर्तन भयो भन्ने अझै रहस्यकै विषय छ। धेरैले त्यसको कारण ज्वालामुखी विस्फोट वा उल्कापिण्ड पृथ्वीमा ठोक्किनुलाई मानेका छन्।
जमिनमा वनस्पति र माकुरो तथा बिच्छीजस्ता देखिने जन्तु संसारमा भर्खरै फैलन सुरु गरेका थिए। जमिन र पानी दुवै स्थानमा बाँच्न सक्ने जीव पनि विकास हुने प्रक्रियामा थियो। तर उक्त घटनामा त्यस्ता सबै जन्तु सखाप भए। ‘त्यसपछि जमिनमा घस्रने जन्तुको पदचिन्ह पृथ्वीमा देख्न अर्को एक करोड वर्ष पर्खनुपर्यो,’ रुटजर्स विश्वविद्यालायका अनुसन्धानकर्ता जर्ज म्याकघि भन्छन्, ‘हुनसक्छ, उक्त मास एकस्टिङ्सङन’ नभएको भए संसारको रुप अहिलेको भन्दा फरक हुने थियो।’
परमियन मास एकस्टिङसन


परमियन मास एकस्टिङसनलाई ‘महामृत्य’ पनि भनिन्छ जसको चपेटामा ९६ प्रतिशत जीवजन्तु तथा बनस्पति सखाप भए। आज संसारमा जति पनि जीवजन्तु तथा वनस्पति छन् ती सबै उक्त समयमा बाँचेका ४ प्रतिशत जीवजन्तु तथा वनस्पतिबाट विकसित भएका मानिन्छन्।
२५ करोड वर्ष पहिले उक्त घटना हुनुअघि संसारमा ‘क्रिनोइड’, ‘सी लिली’ जस्ता समुद्रको एकै स्थानमा बस्ने र मुखमा जुन कुरा आउँछ त्यसलाई निलेर बाँच्ने प्राणी (फिल्टर फिडर) अस्तित्वमा थिए। उक्त घटनापछि समुद्रमा जटिल र घुम्न सक्ने गंगटा, शंखेकीराजस्ता जन्तु विकसित भएका थिए। उक्त घटनाको कारण ज्वालामुखी विस्फोटलाई मानिन्छ िज्वालामुखीबाट ७० लाख वर्गकिलोमिटरसम्म लाभा निस्किएको अनुमान गरिएको छ। उक्त क्षेत्र झन्डै अस्ट्रेलियाको भू-भाग जाति हो।
ट्रियासिक-जुरासिक मास एकस्टिङसन


करिब २० करोड वर्षपहिले भएको उक्त ‘मास एकस्टिङसन’ दुई-तीन चरणमा भएको थियो। उक्त घटना हुनुअघि पृथ्वीमा स्तनधारी जस्ता लाग्ने ‘थेरापसिड्स’ नाम गरेको जन्तु संसारमा छरिएका थिए। डायनोसरको पुर्खा मानिएको ‘आर्कोसाउरस’ भन्दा ‘थेरापसिड्स’को उपस्थिति बाक्लो रहेको वैज्ञानिकहरुले बताएका छन्।
‘मास एकस्टिङसन’ पछिको वातावरण डायनोसरमैत्री भयो। ‘थेरापसिड्स भन्दा डायनोसर संसारमा राम्ररी बाँचे,’ म्याकघि भन्छन, ‘मास एकस्टिङसनले पृथ्वीको वातावरण पनि डायनोसर मैत्री बनायो।’
उक्त घटना के कारणले भएको हो भन्नेमा निकै विवाद छ। सबैभन्दा बलियोसँग प्रतुस्त गरिएका दुई तर्कमध्ये एक हो- मध्य-प्रशान्त क्षेत्रको म्यागमाटिक क्षेत्रमा ज्वालामुखी विष्फोटन हुनु। उक्त क्षेत्र एक करोड १० लाख वर्ग किलोमिटरमा फैलिएको छ, जुन क्यानडा देश जत्रै छ िदोश्रो तर्कअनुसार बाह्य पिण्डले पृथ्वीलाई ठक्कर दिएर जलवायु परिवर्तन भएको हो।
क्रेटासियास-टेरिटरी मास एकस्टिङसन


यो घटनामा पृथ्वीबाट डायनोसर लोपै भए। झन्डै ६ करोड ६० लाख वर्षअघि आकाशबाट झरेको एउटा उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि यहाँको जलवायु परिवर्तन भई डायनोसर सहित पृथ्वीका ७५ प्रतिशत जन्तु तथा बनस्पति लोप भएको वैज्ञानिकले बताएका छन्।
उक्त ‘मास एकस्टिङसन’ के कारणले भयो भन्नेमा लामो समय विवाद भएको थियो। अन्तत: उल्कापिण्ड पृथ्वीमा ठोक्किएर उक्त घटना भएको भन्नेमा वैज्ञानिकहरू लगभग सहमत भएका छन्।
उल्कापिण्ड आएर पृथ्वीमा ठोक्किँदा आगोको लप्का उठेको थियो। यसले वायुमण्डलभरि धुवाँ र धुलोको मुस्लो छायो। त्यो बाक्लो मुस्लोले सूर्यको किरण पृथ्वीसम्म आइपुग्ने बाटोधरि छेक्यो। त्यो समय सूर्यको किरण ८५ प्रतिशत छेकिएको वैज्ञानिकहरूको आँकलन छ।
यसले पृथ्वीको तापक्रम पहिलेको भन्दा १६ डिग्री सेल्सियस कम भयो। करोडौं वर्षदेखि यहाँ राज गर्दै आएका डायनोसरजस्ता भीमकाय जनावर यो जलवायु परिवर्तनको चपेटामा परे। चिस्सिएको पृथ्वीसँग उनीहरूको शरीर अभ्यस्त हुन सकेन भने आमविनाशका करण उनीहरुलाई खानेकुरा उपलब्ध हुन सकेन

स्राेत- अनलाइन पत्रिका सेताेपाटी

'१५ गते हिन्दु राष्ट्रका लागि राजधानी तताइने'


'१५ गते हिन्दु राष्ट्रका लागि राजधानी तताइने'


'१५ गते हिन्दु राष्ट्रका लागि राजधानी तताइने'


 नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा "सनातन हिन्दु राष्ट्र बनाऔं ,नेपाल बचाऔं "भन्ने मुलमन्त्रकासाथ बिहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी हुने भएको छ ।
बिहङ्गम अन्तरक्रियातमक राष्ट्रिय गोष्ठीको आन्तरिक तयारी समेत ब्यापकरुपमा भएको आयोजकले जनाएको छ । आगामी मंसिर १५ गते हिन्दु राष्ट्रको पक्षमा  बिहङ्गम राष्ट्रिय गोष्ठी हुने भएको हो ।
"सनातन हिन्दु राष्ट्र बनाऔं, नेपाल बचाऔं" भन्ने नाराका साथ हुन लागेको सो गोष्ठीमा हिन्दु धर्मसँग जोडिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा तातो बहस हुनेछ ।
नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियनले आयोजना गरेको सो कार्यक्रम काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने बताइएको छ ।
नेता खड्कानै संयोजक रहेको सो कार्यक्रममा उपस्थित हुनका लागि सबै राष्ट्रप्रेमी, राष्ट्रवादी तथा सनातन हिन्दुधर्मालम्बीहरुलाई लगायतलाई आग्रह गरिएको छ ।   
नेपाल राष्ट्रियतालाई हृदयङ्गम गर्दै शंखघोष गरेर सनातन हिन्दू राष्ट्र स्थापना महाभियान छेड्ने आयोजकको तयारी छ । खड्का समुहले पहिले पनि अभियान चलाएका थिए, खड्का अस्वस्थ्य भएकाले अभियान केही सुस्त बनेको थियो । ]
मंसिर १५ गतेपछि यो अभियान देशव्यापी रुपमा गर्ने योजनामा समेत बनाइएको स्रोतले बताएको छ ।
यो समाचार न्युज बिहानिले प्रकाशित गरेको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा "सनातन हिन्दु राष्ट्र बनाऔं ,नेपाल बचाऔं "भन्ने मुलमन्त्रकासाथ बिहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी हुने भएको छ ।
बिहङ्गम अन्तरक्रियातमक राष्ट्रिय गोष्ठीको आन्तरिक तयारी समेत ब्यापकरुपमा भएको आयोजकले जनाएको छ । आगामी मंसिर १५ गते हिन्दु राष्ट्रको पक्षमा  बिहङ्गम राष्ट्रिय गोष्ठी हुने भएको हो ।
"सनातन हिन्दु राष्ट्र बनाऔं, नेपाल बचाऔं" भन्ने नाराका साथ हुन लागेको सो गोष्ठीमा हिन्दु धर्मसँग जोडिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा तातो बहस हुनेछ ।
नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियनले आयोजना गरेको सो कार्यक्रम काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने बताइएको छ ।
नेता खड्कानै संयोजक रहेको सो कार्यक्रममा उपस्थित हुनका लागि सबै राष्ट्रप्रेमी, राष्ट्रवादी तथा सनातन हिन्दुधर्मालम्बीहरुलाई लगायतलाई आग्रह गरिएको छ ।
नेपाल राष्ट्रियतालाई हृदयङ्गम गर्दै शंखघोष गरेर सनातन हिन्दू राष्ट्र स्थापना महाभियान छेड्ने आयोजकको तयारी छ । खड्का समुहले पहिले पनि अभियान चलाएका थिए, खड्का अस्वस्थ्य भएकाले अभियान केही सुस्त बनेको थियो । ]
मंसिर १५ गतेपछि यो अभियान देशव्यापी रुपमा गर्ने योजनामा समेत बनाइएको स्रोतले बताएको छ ।
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=52642#sthash.PC7AhEcH.m9ltycrV.dpuf
नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा "सनातन हिन्दु राष्ट्र बनाऔं ,नेपाल बचाऔं "भन्ने मुलमन्त्रकासाथ बिहङ्गम अन्तरक्रियात् - See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=52642#sthash.PC7AhEcH.m9ltycrV.dpuf

पुन: मतगणना वाहियात - राष्ट्रपति डोनाल्ड ट्रम्प

पुन: मतगणना वाहियात !

 

वासिङटन–राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको विस्किन्सन राज्यमा पुनः मतगणनाको अनुरोध वाहियात भएको बताएका छन् । सो राज्यमा झिनो मतले विजयी भएका ट्रम्पले आइतबार भने, ‘परिणामको हामी सबैले सम्मान गर्नुपर्छ । यसलाई चुनौति दिनु अथवा गाली गर्नु वाहियात हो ।’
ग्रीन पार्टीको तर्फबाट उम्मेदवार बनेकी जिल स्टइनले पुनः गणना गर्नुपर्ने मागद गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेपछि अमेरिकाको राष्ट्रपतिको चुनाव अझै ‘हेडलाइन’ बनिरहेको हो ।  उनले तथ्यांकमा गडबडी भएको भन्दै फेरि मतगणना हुनुपर्ने माग राखेकी थिइन् । जिलले मिचिगन र पेन्सिल्भेनियाको पनि पुनः मतगणना गरिनुपर्ने माग राखेकी छिन् । जिलको प्रस्तावमा समर्थन जनाउँदै हिलारीको प्रचार अभियानले मतगणना गरिनु पर्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।
नोभेम्बर ८ मा भएको चुनावमा डोनाल्ड ट्रम्पले स्पष्ट बहुमतका साथ हिलारीलाई पराजित गरेका थिए । माथि उल्लेखित राज्यको परिणाम उल्टिएर हिलारीले जितेमात्र राष्ट्रपति निर्वाचनको परिणामलाई फरक पार्छ ।
विस्कन्सिन राज्यका अधिकारीहरुले मत पुनः गणनाका लागि गरिएको अनुरोधका सम्बन्धमा के गर्ने भनेर छलफल गरिरहेको बताएका छन् ।  तर जिल स्टेनले आफ्नो ट्वीटमा पुन: मतगणनाको प्रक्रिया आगामी हप्ताबाट शुरु हुने बताएकी छन् ।
ती तीनवटै राज्यको नतिजा उल्टिएमात्रै राष्ट्रपति पदमा हिलरी क्लिन्टन विजयी हुनेछिन् । तर त्यो सम्भावना ज्यादै न्यून छ । कम्प्युटर ह्याकरहरुले ट्रम्पलाई जिताउनका लागि परिणाममा चलखेल गरेको आशंका गरिएको छ । नवटै राज्यको नतिजा उल्टिएमात्रै राष्ट्रपति पदमा हिलरी क्लिन्टन विजयी हुनेछिन् ।
तर त्यो सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरु बताउँछन् । इलेक्टोरल कलेजमा विस्कन्सिनको १० मत छ भने मिशिगनको १६ र पेन्सिलभेनियाको २० मत छ । चुनावमा ट्रम्पले २९० र क्लिन्टनले २३२ इलेक्टोरल मत पाएका थिए । मिशिगनको नजिता भने अझै आइसकेको छैन । मतदान हुनुअघि चुनावी प्रणालीमा सम्भावित रुसी हस्तक्षेपबारे चिन्ताहरु व्यक्त भएका थिए ।
डेमोक्रेटिक पार्टीको सम्मेलन चलिरहेका बेला कागजात बाहिरिएको र रुस यस्तो घटनामा संलग्न भएको बताइएको थियो । हिलारीले पनि रुसी ह्याकरले आफ्नो चुनावी एजेन्डाहरु समय अगावै सार्वजनिक गरिदिएको बताएकी थिइन् ।

स्राेत : नागरिक न्युज 

 

Monday, November 28, 2016

संविधान संशोधन प्रस्ताव दर्ता अनिश्चित

 

संविधान संशोधन प्रस्ताव दर्ता अनिश्चित

सोमबार मन्त्रिपरिषद् बैठक बस्ने अनिश्चिततासँगै संविधान संशोधन प्रस्ताव दर्ता पनि अनिश्चित बनेको छ। आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकको सूचना दिउँसोसम्म मन्त्रीलेहरुले पाएका छैनन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तिम समयमा प्रस्ताव दर्ता गर्ने निर्णय आजका लागि सारको थियो।
सोमबार बैठक बसी संविधान संशोधन प्रस्ताव दर्ताबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म आफूलाई बैठकको सूचना नआएको कानुन मन्त्री अजयशंकर नायकले सेतोपाटीलाई बताए। उनले मधेसी मोर्चाले संशोधन प्रस्तावमा भोट हाल्ने र चुनावमा जाने सहमति नजनाएसम्म संशोधन प्रस्ताव दर्ताको कुनै औचित्य नहुने बताए। ‘मोर्चाले सहमति जनाएन भने मन्त्रिपरिषद् बैठक बसेपनि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय हुँदैन’, मन्त्री नायकले भने।

उनले मधेसी मोर्चासँग सहमति कायम गर्न नै अन्तिम समयमा हिजो मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय नगरेको बताए। ‘सहमतिका लागि विभिन्न पक्षसँग वार्ता भइरहेको छ’, मन्त्री नायकले भने।
मोर्चाको सहमति बिना संशोधन प्रस्ताव दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल अनिच्छुक देखिएपछि संशोधन प्रस्तावबारे निर्णय लिन मोर्चालाई दबाब परेको छ। संविधान संशोधनबारे छलफल गर्न मधेसी मोर्चा र साना जनजाति दल संलग्न संघीय गठबन्धनको बैठक केहीबेरमा संघीय गठबन्धनको कार्यालय तीनकुनेमा बस्दै छ। बैठकमा संविधान संशोधन प्रस्तावप्रति सार्वजनिक असहमति व्यक्त गरिरहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सहभागी हुँदैछ।

सत्तारुढ गठबन्धनले मोर्चा र संघीय गठबन्धनको छलफललाई पर्खिएर त्यसपछि मात्रै संशोधन प्रस्ताव अघि बढाउने निर्णय लिने छ।
उक्त समाचार अाजकाे अनलाइन पत्रिका सेताेपाटीले प्रकाशि गरेको छ ।

गलेश्वरमा पितृ उद्धारका लागि शतबीज छर्नेको घुइँचो

गलेश्वरमा पितृ उद्धारका लागि शतबीज छर्नेको घुइँचो


म्याग्दी – मङ्सिर कृष्ण चतुर्दशीका अवसरमा आज बिहानैदेखि म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि झक्तजनको घुइँचो लागेको छ ।
बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।
द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।
कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने प्रचलन रहेको छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।

अाजकाे राताेपाटिमा खबर छ ।

बिहानको भूकम्पको धक्काले पोखरामा घर भत्कियो


बिहानको भूकम्पको धक्काले पोखरामा घर भत्कियो

 

पोखरा – सोमवार विहान ५ बजेर २० मिनेटमा गएको भूकप्पले कास्कीको लेखनाथमा एक घर भत्किएको छ ।
लेखनाथका रुद्रमोहन भट्टराईको पुरानो घर भूकम्पले भत्किएको स्थानीय झलक ढुंङ्गानाले जानकारी दिएका छन् । भूकम्पले कास्कीमा अझै बढी क्षति भएको आँकलन गरिएपनि क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।
कास्कीको उत्तरपूर्वी भूभागमा भूकम्पको महसुस बढी गरिएको स्थानीय नागरिकले बताएका छन् । भूकम्पको क्षतिको विवरण प्राप्त नभएको कास्की प्रहरीले जनाएको छ ।
विहानै गएको भूकम्पले निद्राबाट ब्युँझेकाहरु सुरक्षीत स्थानमा भागेका र निद्राबाट ब्यँुझिनसेका नागरिकहरु जर्फराउँदै उठेका थिए ।
सोमवार विहान रामेछाप र सोलुखुम्वु केन्द्र विन्दु बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैन चौरले जनाएको छ ।
यो भूकम्प नयाँ नभई गतवर्ष गएको गोर्खा भूकम्प कै पराकम्प भएको केन्द्रले बताएको छ । भूकप्पको धक्का काठमाडौंसहित पोखरामा पनि महसुस गरिएको छ ।



अाजकाे राताे पाटिमा खबर छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किए

पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किए

३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन्।
गत कात्तिक २३ गते सिंगापुर गएका उनी हिजो फर्किएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्पकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोलि हिजो फर्किएको हो। सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए। भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन।