Monday, September 11, 2017

ठाडोभाकाका गायक भेंडीखर्के साइँला सिकिस्त बिरामी

ठाडोभाकाका गायक भेंडीखर्के साइँला सिकिस्त बिरामी  


भाद्र २६, २०७४-बिरामीले थलिएका ठाडोभाकाका गायक ८४ बर्षीय भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) सिकिस्त बिरामी परेका छन् ।

लमजुङमा उपचार हुन नसकेपछि एक साताअघि उनलाई काठमाडौंस्थित बीर अस्पताल लगेर उपचार गराई पुन: लमजुङ फर्काइएको थियो । अहिले सुन्दरबजारस्थित जेठीछोरी र ज्वाइँको घरमा रहेका भेंडीखर्केले आइतबार साँझदेखि पानी समेत खान छोडेको उनका ज्वाइँ सम्सेर लौडारीले बताए । 

‘पानी निल्न हुँदैन भन्नुहुन्छ । स्वर खस्किएको छ । मुखैभरि पुरै घाउ छ’ उनले भने, ‘बिस्तारै चाप्दै गएको छ ।’ भेंडीखर्के सिकिस्त भएपछि उनलाई हेर्न भीडभाड बढेको ठाडोभाका लोककला प्रतिष्ठानका सचिव कृष्ण आलेले बताए । ‘भेंडीखर्के बुवा सिकिस्त बन्दै जानुभएको छ’ उनले भने ।
परेवाडाँडा घर भएका उनी पत्निसंगै केही बर्षदेखि सुन्दरबजारस्थित छोरीज्वाइँसंगै बस्दै आएका छन् । दम साथै ज्वरोको समस्या बढेपछि उनलाई काठमाडौं लगिएको थियो । ३ बर्षअघि पनि भेंडीखर्के बिरामीले थला परेका थिए । देशविदेशका शुभचिन्तकको सहयोगमा एक महिनासम्म बीर अस्पतालमा राखेर उपचार गराइएपछि उनी तंग्रिएका थिए । 
उनको उपचारका लागि परिवार साथै ठाडोभाका लोककला प्रतिष्ठानले सरकारसंग माग गरेपनि कुनैपनि निकायले वास्ता नगरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । ‘राज्यको गहनालाई राज्यले चिन्न सकेन । यस्तै अवस्थामा राज्यका धेरै गहना संरक्षणको अभावमा हराउनेछन्’ उनले भने ।
ब्राह्मण समाजमा छोरामान्छेले गीत गाउनु हुन्न भन्ने प्रचलन तोड्दै उनले आफ्नो बुवाको आँखाकान छलेर ठाडोभाका गाउँदै हिँडेका थिए । ९ बर्षको उमेरदेखि गाउन थालेका उनी एक महिना अघिसम्म जिल्लाका सभा–समारोहमा गाउने गर्थे । उनी प्रमुख अतिथि तथा अतिथि भएका कार्यक्रममा उनले ठाडो भाकामै सम्बोधन गरेर भाषण गर्थे । यही भदौ २९ गतेका दिन ८५ वर्षमा प्रवेश गर्ने उनलाई उक्त दिनमा ठाडोभाका शिरोमणिको उपाधि दिन प्रतिष्ठानले संस्कृति तथा नागरिक उड्डयन मन्त्रीमार्फत लविङ गरिरहेको छ ।

नौ बर्षको उमेरदेखि ठाडोभाका गीत गाउँदै आएका ८४ बर्षीय भेंडीखर्के साइँला
साभार:कान्तिपुर

तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।


Thursday, August 17, 2017

हर्कुलस भै तोडेर आउ - गजल

हर्कुलस भै तोडेर आउ 

         गजल


जस्तो जा छौ मेरो निम्ति त्यो सृष्टि छोडेर आउ
दरार बन्ने बिचको पर्खाल हर्कुलस भै तोडेर आउ।

सानो सानो कुरामा अल्झी तिमी मै झर्किए पनि
अल्मलिएको तिम्रो मन सन्सार बाट मोडेर आउ।

छुट्टाउलान आफन्तले हामी बिच दरार बन्दै
सन्सारबाट सारा नाता आजै बाट तोडेर आउ।

 बिताउला दिनहरु तिमी म अनि ल हामी भन्दै
तिम्रो पछि मेरो नाम हासि हासी जोडेर आउ।


®®रोजि®®
दमक, झापा




तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

Tuesday, August 15, 2017

नेबिसंघ लमजुङ बाढीपीडितलाई राहत संकलन अभियानमा जुट्दै, ४८ हजार संकलन

नेबिसंघ लमजुङ बाढीपीडितलाई राहत संकलन अभियानमा जुट्दै, ४८ हजार संकलन 

बाढी पीडितहरुको सहयोगका लागि नेबिसंघ लमजुङले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको छ । नेबिसंघ लमजुङका नेता दीपक अधिकारीको संयोजनमा भएको अभियानले सोमबार नै ४८ हजार ८९ रुपैया संकलन गर्न सफल भएको छ ।

नेबिसंघले बेसीशहरको शेरादेखि शुरु गरेको अभियानमा मनाङेचौतारा हुँदै रिङ्रोड सम्म पुगेको थियो । बजारमा भएको अभियानबाट ३५ हजार ५ सय ५३ रुपैयाँ संकलन भएको थियो भने बेसीशहरका निर्माण ब्यवसायी दिनेशबाबु बिष्टबाट ५ हजार, लमजुङको भारते घर भई हाल साउदीमा बस्नुहुने बिष्णु गिरीले ७ हजार ५ सय ३६ रुपैयाँ ८५ पैसा सहयोग गर्नुभएको थियो ।
नेबिसंघ लमजुङले संकलित रकमलाई नेबिसंघको केन्द्रीय समिति मार्फत बाढी पीडितलाई सहयोग गर्ने अभियानका अभियन्ता अधिकारीले बताउनु भयो ।
उहाँले हिजो तराईका नागरिकले पहाडमा भुकम्पजाँदा राहतका सामाग्री लिएर पहाड आएको चर्चा गर्दै अब पहाडका नागरिक पनि तराईको त्यो पीडालाई मल्हम पट्टी लगाउन तराई झर्नुपर्ने जोड दिनुभयो । उहाँले नेबिसंघ जहिले पनि आपतको घडीमा सहयोग गर्नका लागि अग्रणी भुमिकामा प्रस्तुत हुने बताउनु भयो ।
नेबिसंघ लमजुङले सोमबार थालेको अभियानमा यो अभियानमा नेबिसंघका कमल भुजेल, हरीकुमार गुरुङ, नेबिसंघ मस्र्याङ्दी बहुमुखी क्याम्पसका सभापति सन्दीप गुरुङ, सचिब सञ्जय गुरुङ, बिशाल पौडेल, शुशील खनीया, सन्तोष भुजेल, अमृत गुरुङ, प्रकाश गुरुङ, नेबिसंघ मस्र्याङ्दी बहुमुखी क्याम्पस, ल्पस टु ईकाई समितिका सभापति उमेश गुरुङ, सुवास गुरुङ, रोशन गुरुङ, रुपबहादुर गुरुङ, सन्दीप बसौला, सुनिल बसौला , अञ्जु रिमाल, पुजा दनाई र चोपीला गुरुङ लगायतका बिद्यार्थीहरु सक्रिय रुपमा अभियानमा लागेका थिए ।
साभार: लमजुङ डेलि डट कम 

तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

Friday, August 04, 2017

लघुवित्त संस्थाले गरिबी न्यूनीकरणमा खेलेको भूमिका र भित्रिंदो विकृति

प्रबिण न्यौपाने – 

 

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था लघुवित्त संस्था हो । लघुवित्त संस्थाले गरिबि न्युनीकरणमा ठूलो भुमिका निर्वाह गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले असार मसान्त सम्म ५३ लघुवित्त संस्थालाई अनुमति दिएको छ । यी सबै लघुवित्त संस्थाले गरिबी न्युनीकरणका लागि केही न केही भूमिका खेलेकै छन् । 

 

लघुवित्त संस्थाले समूहमा लगानी गर्ने भएकाले सामुहिक रुपमा नै प्रगति वा सामुहिक विकास हुन्छ । लघुवित्त संस्थाले कम आम्दानी भएको वा कम आम्दानीका स्रोत भएका व्यक्तिहरुका लागि छानेर मात्र लगानी गरिन्छ । नेपाल राष्ट्र बैंकले नै यस प्रकारको निर्देशन दिएको हुन्छ । 

 

गरिब र पिछडिएका क्षेत्रका धेरै महिला लघुवित्त संस्था मार्फत आत्मनिर्भर भएका छन् । पहिले अरुको निर्देशनमा चल्ने महिला अहिले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अब्बल मानिन्छन् । यसरी नेपालमा लघुवित्त संस्थाले महिलाको जीवन शैलीलाई परिवर्तन गर्न सहयोग पुर्‍याएको छ । काम गर्ने जोश, जाँगर हुनेलाई लघुवित्त संस्था वा बैंक तथा वित्तीय संस्थाले सहजै व्यवसायिक कर्जा दिन्छन् । राष्ट्र बैंकले पनि अहिले धेरै लघुवित्त संस्थालाई वित्तीय कारोबारको अनुमति दिएको छ ।

 

लघुवित्त संस्थाका कर्मचारी यति चनाखो हुनुपर्छ कि प्रायः सदस्यहरुको हरेक व्यवहारको सुक्ष्म निगरानी राख्नु पर्छ । अहिले  बिशेष गरी काठमाडौंको परिवेशमै हेर्ने हो भने धेरै लघुवित्त संस्थाहरु क्रियाशील छन् । तर नेपाल राष्ट्र र्बैकले जुन मापदण्ड तोकेर इजाजत दिएको हुन्छ, त्यो कुनै पनि लघुवित्त संस्थाले लागू गरेको पाइएको छैन । अझ भन्ने हो भने काठमाडौको लघुवित्त कार्यक्रम फेसन जस्तै बनेको छ । 

 

साथीको लहलहैमा लागेर लघुवित्तको सदस्य बन्नेहरु देखिएका छन् । खासै काम पनि नहुने र ब्यापार ब्यबसाय पनि केही नभएकाहरु लघुवित्त संस्थाको सदस्य बन्ने होड बढिरहेको छ । केही धितो पनि राख्नु नपर्ने र सामुहिक ग्यारेन्टीमा ऋण पाइने हुँदा घर परिवारका सदस्यलाई समेत सुँइको नदिई ऋण प्रयोग गर्नेहरु पनि छन् । एउटा लघु वित्त कम्पनीबाट ऋण लिने र अर्कोमा लगेर तिर्ने क्रम बढिरहेको छ ।

 

यहाँसम्म कि एकजना महिलाले १५ वटा लघुवित्त संस्थाबाट समेत ऋण लिएको पाइन्छ । एउटाबाट लियो अर्कोलाई तिर्‍यो, जब एउटा  लघुवित्त संस्थाले कर्जा दिन रोक्दिन्छ, अनि सबै संस्थाको किस्ता रोकिन्छ । सबै लघुवित्त संस्थाले दुःख पाउन थाल्छन् ।  नेपाल राष्ट्र बैंकले गरिब पहिचान गरेर दिने भने पनि यस्तो नियम कतै लागू भएको पाईंदैन । 

 

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई जे वा जुन उद्देश्यले कामको स्वीकृति दिएको हो त्यही अनुसारको काम गर्नुपर्छ । अहिले क बर्गका बैंकले आफ्नो कुल कर्जाको ५%, बिकास बैकले ४.५% र फाइनान्स कम्पनीले ४% बिपन्न बर्गको लागि कर्जा लगानी गर्नुपर्ने प्रावधान छ । त्यो नियम पालना गरेमा आफैं व्यवसाय गर्नेलाई सानो तिनो कर्जाको लागि कर्जा पाउन कठिनाई हुँदैन । 

 

राष्ट्र बै‌कको निर्देशन तथा नीति नियमको पूर्ण पालनाबाट मात्र देशमा आर्थिक लगानी तथा व्यवसायिक वातावरण पनि बन्दै जानेछ । यसैमा छ, आर्थिक समृद्धिको सम्भावना । लघु वित्त कम्पनीले गरिब पहिचान गरी व्यवसायिक योजना सहित ऋण प्रवाह गर्ने र असुल गर्ने बाटो बनाइदिए न लघुवित्त कम्पनीहरु डुब्छन् न त गरिबको थाप्लोमा ऋणको भार नै थपिन्छ । यसबाट नै देशको हरेक गाउँघरले आर्थिक काँचुली फेर्न सक्छ ।                                              

(न्यौपाने गण्डकी विकास बैंक, महाराजगञ्ज शाखामा कार्यरत हुनुहुन्छ )


लमजुङ भित्रियो बहुप्रतिक्षित २० एमभिए क्षमताको ट्रान्सफर्मर

लमजुङ भित्रियो बहुप्रतिक्षित २० एमभिए क्षमताको ट्रान्सफर्मर

लमजुङ – ३३ केभि प्रसारण लाइनको क्षमता बढाउने र विद्युत सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले २० केभिए क्षमताको ट्रान्सफर्मर जिल्लामा ल्याइएको छ ।

बेला न कुबेला झ्याप्प–झ्याप्प लाइन गएर चरम सास्ती भोग्दै आएका यहाँका उपभोक्ताले प्राधिकरणसँग गुनासो र माग गरेको धेरैपछि बिहीबार उक्त ट्रान्सफर्मर जिल्ला भित्रिएको हो । 
नेपाल विद्युत प्राधिकरण मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको विद्युतगृहमा सो ट्रान्सफर्मर जडान गरिने र त्यसपछि बारम्बार विद्युत कटौती भइरहने समस्या घट्ने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए । अहिले ट्रान्सफर्मरको एउटा ढिक्का मात्रै आइपुगेको र आवश्यक सामाग्रीहरू आउन बाँकी नै रहेकाले प्रकृयागतरुपले यसको जडान गर्न केही समय लाग्ने उनी बताउँछन् । ‘मुख्य सामान आयो अब प्राविधिक र अरु सामान पनि ल्याउँदैछौं,’ न्यौपाने भन्छन्, ‘सकेसम्म छिट्टै जोड्छौं, भन्दा भन्दैपनि १५ दिन नभए एकमहिना चैं लाग्न सक्छ ।’ ढल्केवर सवस्टेशनमा जगेडामा रहेको ३८ टन वजनको सो ट्रान्सफर्मर त्यहाँबाट हिडाएको दुई हप्तामा यहाँ आइपुगेको पनि उनले बताए ।
मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको विद्युतगृहमा हाल रहेको १२ केभिए क्षमताको ट्रान्सफर्मरको सट्टामा यो यसको प्रयोग गरिने भएको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर जडान भएपछि जिल्लामा उत्पादित विद्युत डुम्रे–दमौली सिधै १३२ केभि प्रसारण लाइन मार्फत् प्रवाह गराउन सकिने र ३३ केभि लाइनमा ‘ट्रिपिङ्ग’(लाइन गइरहने) समस्या कम हुने प्राधिकरणले जनाएको छ । जिल्लामा विशेषगरी बारम्बार लाइन कटौती भइरहने, विद्युत प्रवाह नियमित र एउटै प्रकृतिको नभई ‘हाई–लो भोल्टेज’आउने र त्यसका कारण विद्युतीय सामाग्रीमा क्षति पुग्ने देखि आगलागी सम्मको दुर्घटना हुने सम्मको समस्या रहेको उपभोक्ताको गुनासो रहेको छ । जिल्लामा ल्याइएको नयाँ ट्रान्सफर्मर जडान गरेपछि ‘ओभरलोडिङ्ग ट्रिपिङ्ग’ समस्या धेरै समाधान हुने प्राधिकरणका प्राविधिकहरु बताउँछन् । 
त्यसैगरी, जिल्लामा उत्पादित करिब १६ मेगावाट विद्युतलाई ३३ केभिए लाइन मार्फत् उपभोक्तालाई गुणस्तरीय सेवा दिन सकिने हुँदा यहाँ उत्पादित विद्युत वितरणमा पनि समस्या नहुने बताईएको छ । यहाँ उत्पादित सिउरीखोला ५ मेगावाट, राधीखोेला, ४.४ मेगावाट, खुदी खोला ४ मेगावाट, छ्याङ्दी खोला २ मेगावट, स्याँगे लघु जलविद्युत ११ किलोवाट विद्युत जिल्लामै खपत गराउन पनि निकै सहज हुने प्राधिकरणले जनाएको छ । यहाँका उपभोक्ताले लामोसमय देखि बढी क्षमताको ट्रान्सफर्मर जडान गर्न, गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गराउन प्राधिकरणसँग माग गर्दै आएको र उनीहरुको समस्यालाई ध्यान दिएरै काम गरेको लमजुङ वितरण केन्द्रका प्रमुख न्यौपानेले बताए । यहाँका लागि निकै ठूलो उपलब्धी भएको उनी बताउँछन् । ‘यसको लागि हामीले निकै कसरत ग¥यौं,’ न्यौपाने भन्छन्, ‘यो ‘मोस्ट वेईटेड’(बहुप्रतिक्षित)ट्रान्सफर्मर हो ।’ 

स्राेत : नागरिक न्युज

Thursday, August 03, 2017

दुर्घटनामा परी कतारमा एक नेपालीको निधन

दुर्घटनामा परी कतारमा एक नेपालीको निधन

श्रावण १९, २०७४- सवारी दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सार लाँकुरीबोट (साविक हिलेटक्सार ३) का ४० वर्षीय लिलाजंग गुरुङको निधन भएको हो ।
विगत ६ वर्षदेखि कतारको अल्फुतोह ट्रान्सपोर्ट कम्पनीमा चालकको रुपमा कार्यरत गुरुङको जुलाई ३० तारिख (साउन १६ गते) सोमबारको दिन दिउँसो सवारी दुर्घटनामा परेर निधन भएको लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले जानकारी दिए । 
कामको सिलसिलामा दोहाको साउदी बोर्डरमा रहेको बालुवा प्रशोधन कम्पनीमा बालुवा लिन जाँदै गर्दा बिपरित दिशाबाट आइरहेको उक्त कम्पनीको ट्रकमा ठोक्किन पुग्दा उनको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै गुरुङको निधन भएको त्यहाँको प्रहरी र मृतकका आफन्तलाई उद्धृत गर्दै श्रेष्ठले बताए ।
गुरुङको शव दोहाको हमाद हस्पिटलमा राखिएको श्रेष्ठले बताए । उनका अनुसार शव नेपाल पठाउनको लागि एकजना आफन्त जानुपर्ने भएकाले भोटेओडार फुलबारीका डम्बर गुरुङको  कतारी आइडी लिएर प्रक्रिया अगाडि बढाएको श्रेष्ठले बताए । 
प्रहरी रिपोर्ट, हस्पिटलको रिपोर्ट साथै राजदुताबास बाट आवस्यक कागजात तयार गरी शवलाई नेपाल पठाउने भैरहेको र कम्पनीबाट पाउनुपर्ने सवै सुविधा बिमा कम्पनी र नेपाली दुताबासको रोहवरमा मृतको परिवारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता कम्पनीले जनाएको उनले बताए ।
मृतक गुरुङको घरमा पत्नि, १ छोरी र १ छोरा छन् । उनीहरु हाल बेंसीसहर बस्दै आएका छन् ।
लमजुङ बेंसीसहरस्थित लिलाजंगका साथी विकास गुरुङका अनुसार उनी एक महिनापछि लिलजंग छुट्टीमा नेपाल आउने तयारीमा थिए । पतिको निधनपछि पत्नि बेहोस अवस्थामा अस्पतालमा उपचाररत रहेको उनले बताए ।

 साभार: Kantipur News 

Friday, July 28, 2017

लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा बस खस्यो

लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा बस खस्यो



श्रावण १२, २०७४- लमजुङ र कास्की जोड्ने रुदी दोभानको अस्थायी पुलबाट बस खस्दा दुई जनाको चेपिएर मृत्यु भएको छ । दुई महिलालाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।
बाढीले पुलको जग कमजोर बनाएपछि जग हल्लिएको र पूल समेत भाँचिन जाँदा बस खसेको यात्रुहरुले बताएका छन् । चेपिएर मृत्यु भएका दुई जना पुरुष रहेको उनीहरुले बताएका छन् । उनीहरुको उद्धार हुन सकेको छैन । पानीभित्रै रहेकाले बस उद्धारका लागि क्रेन चाहिने र भोर्लेटारबाट क्रेन ल्याउने तयारी भइरहेको घटनास्थल पुगेका भोर्लेटारका प्रवेश घिमिरेले बताए । 
घटनास्थलमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट गएका प्रहरी पुगेका छन् । गम्भीर घाइते १४ जनालाई उपचारका लागि पोखरा र लमजुङको रामबजारतर्फ पठाइएको छ । रामबजारतर्फ पठाएका घाइतेको प्राथामिक उपचारपछि पोखरा लगिएको प्रहरीले जनाएको छ ।
बसमा सवार लमजुङको भोर्लेटारका अपिलराज पौडेलका अनुसार पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक बस बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । उनका अनुसार रुदी र मादी दोभानको रुदीखोला माथिको पुलको जग हल्लिनुका साथै ट्रस भाँचिएर ना५ख ६३९५ नं. को यात्रुबहावक बस खोलामा खसेको हो ।
डीएसपी समीरचन्द्र खरेलले २ जना बसभित्र चेपिएको र १ जनालाई बगाएको खबर आएको बताए । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्यामसिंह सैथवारसहितको टोली घटनास्थलतर्फ खटाएको उनले बताए । उनका अनुसार बसमा करिव ३५ यात्रु थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


 साभार: Kantipur News 

तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

आज नागपञ्चमी जनैपूर्णिमाकै दिन मनाइँदैछ

श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व यसपटक आज नागपञ्चमीकै दिन मनाइँदैछ ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआए पनि श्रावण शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको भएकाले आजै रक्षा बन्धन मानिँदै आएको हो।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ।

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

आजै मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।

तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा

फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा

श्रावण १२, २०७४- मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने २ जनालाई प्रहरीले सार्वजनिक मुद्धा चलाएको छ । धनकुटाको पाख्रिवास नगरपालिका-९ का ईश्वर बिष्ट र पाख्रिवास-५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका-६ की एक युवतीलाई मोबाइल गरी अश्लिल शब्द प्रयोग गरेका थिए । उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज, धाकधम्की र दैनिक दर्जनौंपटक फोन गर्ने गरेका थिए ।
प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक अपराधको मुद्धा चलाएको डिएसपी सन्तोष खड्काले बताए । पीडितले ९८११०८३२९४ र ९८११३०९४९२ नम्बरको मोबाईलबाट असार २२ देखि फोन गरेर धम्की र अश्लिल शब्द प्रयोग गरेको उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

साभार: Kantipur News 

नेपाल राष्ट्र बैंकले अपनाएको कदम

नेपाल राष्ट्र बैंकले अपनाएको कदम


प्रविण न्यौपाने –

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि  १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् । 
व्यक्ति तथा संस्थाले नगदको सट्टा चेकबाट कारोवार गरुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले १० लाख रुपैयाँ बढीको नगद कारोबारमा रोक लगाएको बुझ्न सकिन्छ । राष्ट्र बैंकको कदम राम्रो छ तर यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सबैको सहयोग आवश्यक छ । १० लाख रुपैयाँ भन्दा बढी नगद कारोबारमा रोक लगाएको भए पनि नागरिकलाई त्यहिँ अनुसार सूचना पुगेको छैन । नागरिकलाई समयमा नै जानकारी गराएमा यस्ता नीति नियम प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ । 

राष्ट्र बैंकले दिएको निर्देशन अनुसार १० लाख रुपैयाँ बढीको नगद कारोबार गर्न नपाइने नियम विशेष कारण र नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक तथा वित्तीय सस्थाका लागि भने खुकुलो छ (जुन बिषेश कारण चाहिँ बैंक तथा वित्तीय संस्थालाई उचित लागेमा भनिएको छ) । तर पनि बैंकले एउटा चेकमा १० लाख रुपैयाँ भन्दा बढी भुक्तानी दिने छैनन् । 
यो नगद सीमाबाट केही असहज परिस्थिति उत्पन्न भएको छ । सहकारी संस्था वा अन्य वित्तिय कारोबार गर्न संस्थालाई यो नगद सीमाले धेरै असर पारेको देखिन्छ । सहकारी संस्थाले हरेक दिनको संकलित पैसा बैंकमा राख्ने र झिक्ने गर्दछ । जसका कारण उनीहरु चेकको कारोबार भन्दा नगदको कारोबारलाई बढी प्रभावकारी मान्छन् ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशनले विद्युतीय कारोबारलाई बढि महत्व दिन खोजेको छ । यो प्रविधिले कामलाई, छिटो छरितो, विश्वसनीय र प्रभावकारी हुन्छ । विद्युतीय कारोबारलाई सहि तरिकाले प्रयोग गर्नु पर्छ । तर पनि हामीकोमा विद्युतीय कारोबारमा सबै नागरिकको पहुँचमा छैन । नेपाल राष्ट्र बैंकले प्रयोग गर्न लागेको यस अनुसारको बैंकिङ प्रविधिले नेपालको सबै ठाउँमा सर्वसुलभ तरिकाले सेवा दिनेमा बैंकहरुनै विश्वस्त हुन सकेका छैनन् ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशनले दीर्घकालसम्म पक्कै राम्रो नतिजा ल्याउनेमा दुई मत छैन । दीर्घकालसम्म राष्ट्र बैंकले सबै गाउँपालिका वा नगरपालिकामा अनिवार्य रुपमा बैंकहरुले आफ्नो सेवा बिस्तार गर्न परिपत्र जारी गरिसकेको छ । त्यसैले यो विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने केन्द्रीय बैंकको नीति पनि सकरात्मक छ । 
अहिले विश्वका धेरै देशमा विद्युत्तीय प्रविधिबाट नगदको भुक्तानी गर्ने चलन बढ्न थालेको छ । हाम्रो छिमेकी भारतमा साढे ३ लाख रुपैयाँ भन्दा बढिको नगद कारोबार गर्न पाइने छैन । आपराधिक क्रियाकलाप वा अपराधिक समूहको नगद नभित्रियोस भनिएको हो । सम्पत्ति शुद्धीकरणलाई यसले ठूलो भुमिका खेल्नेछ । यस सम्बन्धी सूचना जनस्तरसम्म लैजानु पर्छ । 
अहिने नेपालमा चेकको कारोबार त्यति विश्वसनीय मानिएको छैन । खास बैंकिङ कारोबार धेरै नगर्ने मान्छेलाई कुनै व्यत्तिलाई चेक दियो भने त्यो मान्छेले चेक लिन नै मान्दैन । कनि कि त्यो चेक बाउन्स हुने डरले चेकको भन्दा  नगदको कारोबार धेरै गर्दछन् । त्यसैले नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई सबैले खुलेर सहयोग गर्नु अपरिहार्य रहन्छ । तब मात्र नीति कार्यान्वयनमा जान ठुलो भुमिका रहन्छ ।

(न्यौपाने,गण्डकी विकास बैंक महाराजगञ्ज शाखामा कार्यरत हुनुहुन्छ ।)


तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  

समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

Wednesday, July 26, 2017

सेवाग्राहीसँग १ सय उठाएर सडक कालोपत्रे गर्ने योजना

सेवाग्राहीसँग १ सय उठाएर सडक कालोपत्रे गर्ने योजना



राइनास (लमजुङ)– पूर्वी लमजुङको राईनास नगरपालिका युवाहरुले सडक निर्माणका लागि दबाब सुरु गरेका छन् । नगरपालिका मुख्य सडक (कालीरह बोराङखोला रोड) कालोपत्रे गर्ने काममा सरकारी निकायले बेवस्ता गरेको भन्दै त्यहाँका युवाहरुले उपभोक्ताबाट चन्दा संकलन सुरु गरेका छन् । 
‘हाम्रो समस्या राज्यले देखेन आफू हिड्ने बाटो हामी आफै बनाएर देखाइदिन्छौ’ एक युवाले भने । उनीहरुले सडक स्तरउन्नतीका लागि दबाब दिन भन्दै एक सघर्ष समिति समेत गठन गरेका छन् । स्थानीय सोभित पन्तको संयोजक गठित ७ सदस्यीय समितिले दबाब स्वरुप एक उपभोक्ता १ सय रुपयाँ अभियान थालेका छन् । ‘सरकारले सडक पिच गर्ला भनेर बसेको धेरै भयो, अब हामी उपभोक्ता नताती हाम्रो बाटो बन्दैन’ पन्तले भने । 
विभिन्न गाउँ, टोल र वडामा रहेका युवाहरुको सक्रियतामा रकम संकलन उनीहरुको योजना छ  । सरकारलाई दबाब दिन १ सय रुपयाँका दरले रकम संकलन थालिएको पन्तले बताए । ‘हामीले राज्यलाई दबाब दिन यो अभियान सुरु गरेका हौं,हाम्रो अभियानमा राइनासका बासिन्दाले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ’ उनले भने । 
उक्त समितिले सहयोगका लागि राइनासबासिलाई आग्रह समेत गरेको छ । १ हजार भन्दा वढि व्यक्तिबाट  एक सयका दरले रकम संकलन गर्ने लक्ष्य समितिले लिएको छ । उक्त संकलित रकम सहित नगरपालिकाका प्रमुख, उप प्रमुख एवं जनप्रतिनिधिहरुका साथ सम्बन्धीत युवाहरुको उपस्थितिमा सडक डिभिजन कार्यालय दमौलिमा प्रतिवेदन बुझाउने योजना रहेको राइनास सेवा समाजका अध्यक्ष रविन्द्र पन्तले बताए ।‘हामीले उठाएको थोरै रकमले काम गर्न सकिदैन त्यो हामीलाई थाहा छ, दबाब दिनका लागि मात्र हामीले यो अभियान सुरु गरेका हौं’ पन्तले भने ।
यति गर्दा समते सडक डिभिजन कार्यालय दमौली चासो नदिए गाउँ–गाउँ वा घरधुरी मार्फत रकम संकलन गरि उक्त सडक निमार्ण गर्न दबाब दिने निर्णय गरिएको हो । दबाब सिर्जना गरि कार्य गर्ने वातावरण बनाई समृद्ध राइनास निमार्ण गर्ने राइनास क्षेत्रका युवाहरुको योजना छ ।
साभार:-   रातोपाटी

Tuesday, July 25, 2017

बैंक मर्जले निम्त्याएको सकस

प्रविण न्यौपाने –

नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम  छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।
जुन उदेश्य लिएर नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो खासमा त्यो लक्ष्य पूरा हुन सकेको छैन । नेपाल राष्ट्र बैकले दिएको समयसीमा  आर्थिक २०७३/७४ भित्र पूरा गर्नु पर्न थियो । तर राष्ट्र बैंकका अनुसार यो समयसीमा ६ महिनाको लागि थपिएको छ । 

धेरै बैंकहरुले पूरा गर्ने प्रतिबद्धतासहितको रुपरेखा पनि पेश गरेका छन् । नेपाल राष्ट्र बैंकको मुख्य उदेश्य भनेको बैंकतथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज गराई बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु थियो । तर अहिले बैंकतथा वित्तीय संस्थाले एफपिओ, हकप्रद शेयर, लाभांश नै दिएर पुर्‍याउने योजना बनाएका छन् । मर्जरबाट राष्ट्र बैंकले जुन अपेक्षाकृत प्रगती हाँसिल गर्नुपर्ने थियो त्यो हुन सकेको छैन । तर पनि धेरै हदसम्म घटेको नै छ । 
मर्जरले धेरै फाइदा गरेपनि केहि कुरा भने बेफाइदा गरेको छ । अहिलेको टे«न्डमा के देखिएको छ भने ठूला संस्थाले साना मर्जरमा आएका संस्थालाई कर्मचारीलाई हेप्ने गरेका छन् । जसका कारण कर्मचारीले खुलेर काम गर्न वातावरण पाएका छैनन् । जसका कारण संस्था छोड्नुको विकल्प हुँदैन । जुन एनआइसी र एशिया मर्ज  हुँदा एशियाका धेरै कर्मचारीले जागिर छोड्नु पर्ने वातावरण श्रृजना भएको थियो ।
हुनत: दुई संस्था एक भएपछि केही झिनामसिना  समस्या वा विवाद स्वाभाविक भए पनि त्यो कुराले कुनै समस्या आउनु भएन । आपसमा मर्जरले द्वन्दको वातावरण सिर्जना भन्दा पनि संस्थालाई बलियो र विश्वनीय  बनाउनु पर्छ । तबमात्र संस्थाले सफल हुन सक्छ ।
अहिले बजारमा चर्चाको बिषय भनेको एनसिसी र एपेक्स विकास बैंकको बारेमा चलेको छ । जुन एपेक्स, एनसिसी बैंकसँग मर्जमा आएको थियो । एपेक्सको  बिषयलाई लिएर बिशेष अदालतले पनि आदेश जारी गरेको छ ।
अदालतले छुट्टा छुटै हिसाब किताब राख्न आदेश दिए पनि यो वास्तविकतामा लागू भएको छैन र गर्न पनि सम्भव हुँदैन । राम्रो वित्तीय संस्थाका रुपमा रहेको एनसिसी बैंकको स्थिती अहिले डामाडोल परिस्थितीमा गुर्जिएको छ । त्यसैले नियमक निकाय भनेको नेपाल राष्ट्र बैंक हो  । राष्ट्र बैंकले त्यस्ता कुरामा बिषेश ध्यान दिनु जरुरी छ । 
सिंगो राष्ट्र लागि मर्जले वेफाइदा भन्दा धेरै फाइदा नै गराउँछ । बैंक तथा वित्तीय सस्थाको बजार सबै ठाउँमा रहन्छ र चाहेको उन्नती र प्रगती हाँसिल गर्दछ । त्यसैले नेपाल राष्ट्र बैंकले अझै बैंक तथा वित्तीय संस्थालाई राम्रो मर्जरमा जान प्रोसाहन गराउन जरुरी देखिन्छ । मर्जरले सबैको लागि फाइदा गराउँछ । अझ यहि बाटोमा सबै बैंक तथा वित्तीय संस्थाले सकुन्जेल सहयोग गर्न जरुरत छ ।                                     

न्यौपाने गण्डकी विकास बैंक महाराजगञ्ज शाखामा कार्यरत छन् ।


तपाईं हामीसंग  फेसबुक मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक मा   जोडिएर चाडो समाचार पाउनुहोस्  ( https://www.facebook.com/lamjungnews2.blogspot.com.np/ )  समाचार तथा लेख रचना पठाउनु परेमा  lamjungnews4@gmail.com मा पठाउनुहोला ।

Sunday, July 23, 2017

सदरमुकाम बेसीशहरको हाइस्कुल चोकका ३ वटा घरमा आगलागी, २० लाखको क्षति

 सदरमुकाम बेसीशहरको हाइस्कुल चोकका ३ वटा घरमा आगलागी, २० लाखको क्षति 

८ साउन । लमजुङ सदरमुकाम बेसीशहरको हाइस्कुल चोकमा गएराती १२ बजे आगलागी हुँदा तीनवटा घर ध्वस्त भएका छन् । आगलागीका कारण बेसीशहर नपा वडा नं ७ स्थित सुनचाँदी पसल, फलफुल तथा तरकारी पसल र एक किराना पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
आगलागीबाट रामबहादुर विकको सुनचाँदी पसल, मिना अधिकारीको फलफुल तथा तरकारी पसल र कृष्ण विकको किराना पसल पूर्ण रुपमा ध्वस्त भएको हो । यि तीनवटै घर हेमप्रसाद घिमिरेको रहेको खुल्न आएको छ । उनले सबै पसल भाडामा लगाएका हुन् ।
प्रहरीका अनुसार राती ठूलो पानी आएको र कतै तारमा पानी परेर विजुली सर्ट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धानको कार्य भइरहेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।
       आगलागीबाट सुनचाँदी पसलमा रहेको केही सुनचाँदी, एउटा मोटरसाइकल, अन्य दुवै पसलमा रहेको सामान जलेर नष्ट भएको        प्रहरीले जनाएको छ । अधिकारीको पसलबाट केही नगद रुपैयाँ सकुशल झिक्न सफल भएको डीएसपी जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शनिबार राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको खबर प्राप्त भएको हो । त्यसपछि डीएसपीकै कमाण्डमा इन्सपेक्टरसहितको प्रहरी टोली, दमकल साथै स्थानीयले आगो निभाएका थिए । १ बजेर ४० मिनेट जाँदा आगलागी निभाउन सकिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रका क्रममा २ जना प्रहरी सामान्य घाइते भएका छन् । स्थानीयले उक्त घटना करिब साँढे १२ बजेतिर भएको बताएका छन् ।
प्रहरी र स्थानीयले विद्युत् आउनेजाने समस्या साथै हाइ भोल्टेज आउनेजाने समस्याले फ्रिजमा विद्युत् सर्ट हुन गई आगलागी भएको हुनसक्ने बताएको छ । घटनामा मानवीय क्षति भएको छैन ।
 विद्युत्‌को तार, टेलिफोन तथा केवुल लाइनमा समेत क्षति पुगेको छ । आगलागीका कारण मनाङेचौतारा टोलमा विद्युत् आपूर्ति बन्द छ । घटनास्थलको अनुगमनको लागि प्रमुख जिल्ला अधिकारी युवराज मैनालीसहितको टोली पुगेको छ
प्रहरीले घटनाको मुचुल्का उठाउन बाँकी रहेपनि आगलागीबाट २० लाख बढिको क्षति भएको पिडितहरुले बताएका छन् ।
साभार: लमजुङ डेलि डट कम 


Thursday, April 27, 2017

लमजुङमा एमाले र माओवादी केन्द्रबीच तालमेल

 लमजुङमा एमाले र माओवादी केन्द्रबीच तालमेल


वैशाख १४, २०७४- प्रमुख प्रतिपक्षी दल एमाले र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रबीच लमजुङमा चुनावी तालमेल भएको छ ।
बैशाख ३१ गते हुने स्थानीय तह चुनावमा ‘संयुक्त मोर्चा’ बनाएर अघि बढ्न सहमत भएको दुवै राजनीतिक दलका नेताहरुले बताएका छन् । दुवै राजनीतिक दलले बेंसीसहरमा बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावमा नगरपालिका, गाउँपालिका र वडा तहसम्म तालमेल गरेर जाने सहमत भएको घोषणा गरे ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र एमाले अध्यक्ष धनञ्जय दवाडीले संयुक्त प्रेस वक्तव्य जारी गरि ‘राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिवद्ध हुँदै लमजुङ जिल्लाको समग्र विकास गर्न हामी दुवै दल स्थानीय तहको निर्वाचन २०७४ मा संयुक्त मोर्चा बनाई निर्वाचनमा जान प्रतिवद्ध भएका छौं’ भनी उल्लेख गरेका छन् । वक्तव्य एकै वाक्यको छ । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज बुद्धिराम गुरुङ, जिल्ला संयोजक मधु अधिकारी लगायतको उपस्थिति थियो ।
एमाले अध्यक्ष दवाडीले लमजुङको बाम आन्दोलनलाई निर्वाचनले कोसेढुंगा सावित गर्ने दाबी गरे । उनले अन्य बाम घटलाई पनि संयुक्त मोर्चामा ल्याउने प्रयास भइरहेको बताए । ‘आगामी दिनको यात्रालाई अझ सुगम र सरल बनाउने विश्वास छ । यही विश्वासले सहकार्य गर्न तयार भएका हौं,’ उनले भने । उनका अनुसार एक अर्को दलमा आँच नपुग्ने गरी उम्मेद्वार तय गर्ने कार्य भइरहेको र एउटा दलले उम्मेद्वार उठाएको ठाउँमा अर्को दलले एउटै पदमा उम्मेदवार उठाउने छैन ।
माओवादी केन्द्रका इन्चार्ज पौडेलले समृद्ध लमजुङ बनाउने संकल्पका साथ दुई दलबीच चुनावी तलमेलका लागि एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताए । ‘संविधानले स्थापित एजेण्डालाई कार्यान्वयन गर्न र स्थानीय तहमा जनताले चाहेको सरकार बनाउन हामी तयार भएका छौं । यो संविधान कार्यान्वयनको पहिलो खुड्किलो हो,’ उनले भने ।
जिल्लामा रहेको ४ गाउँपालिका र ४ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुख एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको नेताहरुले बताएका छन् ।
 साभार: Kantipur News 

Sunday, March 19, 2017

लमजुङको कुन गाउँपालिकामा को कार्यकारी अधिकृत तोकिए

लमजुङको कुन गाउँपालिकामा को कार्यकारी अधिकृत तोकिए

 

लमजुङ, ४ चैत । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन समेत दिएको छ ।
सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ ।
निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो ।
सरकारले लमजुङका चार वटा गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । हाल बेसीशहर नगरपालिकामा कार्यकारी अधिकृत रहनुभएका धर्मराज लम्साललाई मस्र्याङ्दी गाउँपालिकामा खटाइएको छ । अन्य सबै गाउँपालिकामा नयाँ अनुहार छन । दोर्दी गाउँपालिकामा बमबहादुर नेपाली, क्होँलासोँथर गाउँपालिकामा दिपेन्द्र दाहाल र दुधपोखरी गाउँपालिकामा विष्णुकुमारी न्यौपाने कार्यकारी अधिकृतमा खटिनुभएको छ ।

Tuesday, March 14, 2017

किन उत्तर दिशामा शिरानी पारेर सुत्नु हुँदैन ? यस्ता छन् हिन्दुसंस्कारहरु



नेपाली समाजमा गरिने विभिन्न संस्कारहरु आ-आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । ति संस्कारहरु कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् । पुर्खादेखि चली आएका यी विविध संस्कारहरु एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँदा कारणहरु हस्तान्तरण नहुनु, तिब्र बसाइ सराईको कारण अन्य जाति तथा धर्महरुको समिश्रण हुँदै जानु तथा नयाँ पुस्ताहरुमा पश्चिमेली संस्कारको हावी बढ्दै जानुले गर्दा बाजे बराजुहरुले गर्दै आएका कतिपय संस्कारहरुलाई रुढिवादी परम्पराको रुपमा चित्रण गरिनु स्वाभाविक पनि हो । हाम्रा बराजुहरुले पालना गर्दै आएका धेरै संस्कारहरु रुढिवादी हैन, समयसापेक्ष बैज्ञानिक आधारहरु थिए भन्ने कुराहरु तल उल्लेखित संस्कारहरुको मूल्य मान्यताहरुले दर्शाउँछ ।
खाना खानु अघि थाल वरिपरि पानीको घेरा छरेर भात चढाउनु (अप्सनी)
धेरै जसो ग्रामिण नेपाली समाजमा घर आँगनमा गाईबस्तु, खुकुरा, हाँस पालेका हुन्छन् । धेरै जसोको जीवनशैली हिलोमाटो, खेतीपाती, गाईबस्तु जस्ता परिबेशमा हुर्केका हुन्छन् । आफ्नो वरपर आँखाले नदेखिने साना साना किटाणुहरु रहेका हुन्छन् । यिनै किटाणुहरुबाट बच्न हाम्रो समाजमा खाना खाँदा थाल वरिपरि पानीको घेरा बनाइ भात छर्केर चढाउने गरिन्छ, ताकी ति किटाणुहरु पानीको घेरा तोडेर खानासम्म आइ नपुगोस र खाना खाउन्जेल ती किटाणुहरु तिनै छर्केको भातमै अलमलिएर बसोस् ।
घर तोरणले सजाउनु
घर तथा कार्यालय वरपर शुद्ध हरियो पातहरुले बनाइएको तोरण लगाउनाले यसले हावा/वायु शुद्ध पार्ने काम गर्दछ र वरपरको वायु प्रदुषण कम गर्न गर्दछ । नयाँ घरमा बसाइ सर्दा, बिबाह जस्ता अवसरहरुमा विशुद्ध हावा चाहिने हुँदा यस्ता अवसरहरुमा घर वरिपरि तोरणले सजाएर मात्र सामाजिक अवसरहरु सम्पन्न गर्ने गरिन्छ । आँपको पात सबैभन्दा राम्रो तथा गुणस्तरीय पातको रुपमा चिनिने हुनाले तोरण बनाउँदा आँपको पात धेरै जसो प्रयोगमा ल्याइन्छ ।
सुर्यदर्शन (गुफा)
नेवारी समाजमा सुर्यदर्शनलाई महिलाको सुर्यदेवसंगको बिबाहको रुपमा मानिन्छ । नेवारी समाजमा पहिलो बिवाह बेलसंग, दोस्रो बिबाह सुर्यसंग गरिने भएकोले लोग्ने मरे पनि विधवा हुनु पर्दैन भन्ने परम्परा रही आएको छ । सुर्यदर्शन महिलाको पहिलोपटक महिनावारी चक्र सुरु हुनु अगावै सम्पन्न गरिन्छ । सुर्य दर्शन पुजाको दौरान महिलालाई आफ्नो दुवै हातका औंलाहरू क्रस गराई सानो प्वालबाट सुर्यको दर्शन गराइन्छ । बैज्ञानिक तथ्य अनुसार १५ मिनेट सुर्य दर्शन गर्नाले मानसिक तनावहरु कम भइ आत्मविश्वास बढ्ने गर्दछ । यसले दिमागबाट अनावश्यक सोचाई, अनुभूतिहरुलाई हटाएर आनन्द र परमानन्दको अनुभूति गराउँछ । यसले मानिसभित्र रहेको दिक्क लाग्दो स्वभावलाई उत्साही र प्रबल बनाई निर्णय क्षमता वृद्धि गर्ने गर्दछ । सुर्य दर्शन गर्नाले मानिसको दिमागलाई उर्जावान, आनन्दित, शान्त र एकत्रित बनाउन सहयोग गर्दछ । साथै शरीरमा सकारात्मक उर्जाहरु थपेर स्वस्थ रहन सहयोग गर्दछ ।
भोजनमा मसालेदारबाट परिकारबाट सुरु गरि मिठाइबाट अन्त्य गर्नु
प्राय: हाम्रा परम्परागत भोज भतेरहरुमा मसालेदार खानाको परिकारहरु खुवाई भोजन सुरु गरिन्छ र अन्तत: मिठाइहरु खुवाई समापन गरिन्छ । बाजे बराजुहरुको पालादेखि चली आएको यो परम्परा अनुसार मसालेदार खानाले पाचनदार रस तथा एसिडहरु उत्पादन गर्दछ जसले खाएको खानाहरु आरामले पचाउन सहयोग पुर्याउँछ । भोजनको अन्त्यमा दिइने गुलियो मिठाइ तथा कार्बोहाइड्रेटले पाचन प्रकिया सुचारु गर्न गराउन उत्प्रेरित गर्दछ । त्यसैले मिठाइ जहिले पनि खानाको अन्त्यमा दिनु उचित हुन्छ ।
दुवै हात जोडेर गरिने अभिवादन: नमस्कार
हिन्दु संस्कारमा दुवै हात जोडेर नमस्कार गर्नुलाई सामान्यतया एकले अर्कोलाई सम्मान तथा अभिवादनको रुपमा बुझिन्छ । तर बैज्ञानिक अर्थमा दुवै हात जोडेर नमस्कार गर्दा हत्केलाका औंलाहरू एक आपसमा जोडी आँखा, कान र दिमागको चाप बिन्दुहरुमा सिधा असर पर्दछ र अभिवादित व्यक्तिलाई लामो समयसम्म सम्झिन सहयोग गर्छ ।
खुट्टाको औंलामा रिंग लगाउनु (Toe Ring)
सामान्यत: खुट्टाको दोस्रो औंलामा रिंग लगाउनुलाई विवाहित महिलाको अर्थमा बुझिन्छ । बैज्ञानिक अर्थमा खुट्टाको दोस्रो औंलाको नशा पाठेघर भै मुटुसम्म जोडेको हुन्छ । खुट्टाको औंलामा यसरी रिंग लगाउँदा पाठेघरमा दवाव सृजना गर्दछ जसले गर्दा नियमित रक्त प्रवाह गराई महिलाको महिनावारी चक्रलाई स्वस्थ र नियमित गराउन सहयोग गर्दछ ।
नदि/खोलामा सिक्का फाल्नु
सामान्य अर्थमा नदीनाला, खोलामा सिक्का फाल्नुलाई धार्मिक अर्थमा भाग्यवृद्धिको रुपमा बुझिए पनि वास्तविक रुपमा बैज्ञानिक तथ्यहरु छन् । प्राचिन समयमा सिक्काहरु प्राय: तामाबाट बनेका हुन्थे । खाने पानीको मुख्य श्रोत भनेकै खोलानाला हुन्थ्यो । तामा हाम्रो शरिरको लागि चाहिने एक अभिन्न धातुको रुपमा लिइन्छ । हामीले खाने पानीमा यथेष्ट तामाको मात्रा होस् भन्ने हेतुले हाम्रा बराजुहरुले नदि नालाहरुमा तामाबाट बनेका सिक्काहरु फाल्ने गरिन्थ्यो ।
निधारमा टिका/तिलक/कुमकुम लगाउनु
निधारमा आँखीभौ बिचको भागलाई शरीरको मुख्य स्नायु विन्दुको रुपमा लिइन्छ । तिलकलाई शक्तिनाशक प्रतिरोधकको रुपमा लिइन्छ । आँखीभौ बिच लगाइने रातो कुमकुमलाई शरीरको शक्तिलाई संचय गर्ने र विभिन्न तहको एकाग्रतालाई सन्तुलन राख्ने प्रतीकको रुपमा लिइन्छ । कुमकुम लगाउँदा निधारको मध्य भाग र आद्न्य चक्र स्वत: चापमा पर्छन् । साथै यसले अनुहारमा रक्त प्रवाह गर्न पनि सहयोग गर्छ ।
मन्दिरहरुमा घन्टी बजाउनु
आगम शास्त्र अनुसार खराब तथा शैतानिक शक्तिहरु भगाई सुखद र आनन्दित वातावरण बनाउनको लागि मन्दिरको प्रांगणमा घन्टी बजाइन्छ । बैज्ञानिक कथन अनुसार घन्टीले हाम्रो दिमागलाई शान्त बनाउँछ र भक्तिभावको लागि एकाग्र बनाउन सहयोग गर्दछ । मन्दिरमा राख्ने घन्टी यसरी बनाइएको हुन्छ कि जब यसले ध्वनि र तरंग उत्पन्न गर्दछ, यसले दिमागको दायाँ र बायाँ दुवै भागलाई एकतामा ल्याई एकाग्रता हुन सहयोग गर्दछ । मन्दिरमा यस्ता घन्टीहरु बजाउँदा सामान्यता तिखो तथा गुन्जायमान ध्वनी उत्पादन गर्दछ जसको प्रतिध्वनी ७ सेकेन्डसम्म गुन्जिने गर्दछ । यसरी गुन्जिने प्रतिध्वनी हाम्रो शरीरको ७ उपचारक विन्दुहरू (Healing Points)लाई उत्तेजित बनाउनको लागि धेरै असल मानिन्छ । यसले शरिरको नकारात्मक उर्जाहरुलाई उन्मुलन गर्न सहयोग गर्दछ ।
हात खुट्टामा मेहन्दी लगाउनु
विशेष गरि भारतीय तथा नेपाली महिलाहरु मेहन्दीले हात खुट्टामा रंग्याउन मेहन्दी लगाएको देखिन्छ । मेहन्दीलाई एक विशेष हर्बल औषधीको रुपमा लिइन्छ । मानिसको जीवनमा विवाह एक एकदम उत्साहित तथा तनावको अवसरमा लिइने गर्दछ । जब बिबाहको दिन नजिकिन थाल्दछ, नव दुलाहा तथा दुलहीहरुलाई नौलो उत्साह तथा उमङ्गहरु शरीरको स्नायु प्रणालीमा तरंगित हुन थाल्दछ जसले गर्दा तनाब उत्पन्न भइ टाउको दुख्ने, ज्वरो आउने पनि हुन सक्दछ । तसर्थ विवाहको अवसरहरुमा महिलाहरुको हात खुट्टामा मेहन्दी लगाउने गरिन्छ जसले गर्दा तनावबाट उत्पन्न हुने नकारात्मक उर्जाहरुलाई नियन्त्रण गर्न एवं दिमागलाई शान्त पार्न सहयोग गर्दछ । हात र खुट्टा स्नायु प्रणालीको अन्तिम बिन्दुको रुपमा लिइन्छ ।
भुइँमा बसेर भोजन गर्नु
भुइँमा बसेर खाना खानु भनेको सुखासन आसनमा बसेर खाना खानु हो । सुखासन अर्थात अर्ध पद्मासनमा बस्दा खुट्टाहरु एक आपसमा क्रस हुने गर्दछ, जसले चेतनामा शान्ती छाएको अनुभूति हुन्छ र पाचन प्रक्रियालाई सहयोग पुर्याउछ । तसर्थ भुइमा बसेर भोजन गर्दा दिमागमा सिधा संदेश पुर्याई खाएको खानाहरुलाई सजिलै पचाउन सहयोग गर्दछ भन्ने विस्वास गरिन्छ ।
चरण स्पर्श ढोग गर्नु
चरण स्पर्श तथा ढोग प्राय: धर्मगुरु वा आफु भन्दा ठुलालाई आदर स्वरूप गरिन्छ । जब आदरणीय गुरु तथा सदस्यहरुले श्रद्धाले दिएको अहंकारबिहिन चरण स्पर्श तथा ढोगलाई स्वीकार गरिन्छ, तिनीहरुको मनबाट सकारात्मक बिचार एवं उर्जा (जसलाई करुणा भनिन्छ) उत्पादन हुन्छ जुन हात तथा पाउ मार्फत चरण स्पर्शकर्तातर्फ प्रसारण हुन्छ । यसरी चरण ढोग गर्दा दुई अन्तर आत्माहरु एक आपस जोडिन्छ र अध्यात्मिक तथा कस्मिक उर्जाहरु धर्मगुरु वा आदरणीय सदश्यबाट प्रसारित हुन्छ । स्नायु प्रणाली अनुसार दिमागबाट निस्केका नसाहरु शरीरको विभिन्न भागहरुमा पुगेका हुन्छन् । शरिरको हात र खुट्टाहरु स्नायु प्रणालीको अन्तिम विन्दुहरू मानिन्छन् । हात मिलाउँदा र अंगालो मार्दा पनि उस्तै खालको उर्जाहरु एक आपसमा प्रसारण हुने गर्दछ । जब हात वा खुट्टाका औंलाहरू अर्को शरीरको हात वा खुट्टामा छुन्छ, एक किसिमको सर्किट बन्छ र दुई शरीरको अन्तरआत्माहरु जोडिन्छ । चरण स्पर्श गर्दा ढोग्नेको हात तथा औंलाहरू उर्जा प्राप्तकर्ता व्यक्ति हुन्छ भने अर्कोको पाउ उर्जा प्रदान गर्ने व्यक्तिको रुपमा चित्रित हुन्छन् ।
विवाहित महिलाहरुले सिन्दुर लगाउनु
सिन्दुर बेसार (Turmeric Lime) र पारो (Mercury) को समिश्रणबाट बनाइएको हुन्छ । पारोको अन्तर्निहित गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहना उत्प्रेरण गर्ने गर्दछ । यसै कारणले गर्दा बिधुवा तथा अविवाहित महिलाहरुलाई सिन्दुर लगाउन बर्जित गरिएका हुन् । सिन्दुरलाई शरिरको यस्तो भागमा लगाइन्छ (Pituitary Gland को माथिल्लो भाग), जहाँ महिलाहरुको अनुभूतिहरु केन्द्रित हुन्छन् । पारोले हाम्रो शरीरको तनाव कम गर्न पनि यथेष्ट सहयोग गर्दछ ।
किन उत्तर दिशामा टाउको पारेर सुत्नु हुँदैन ?
उत्तर दिशामा टाउको राखेर सुत्दा भुत तथा मरेका मानिसहरुलाई आमन्त्रित गर्नु भन्ने जनविश्वास पाइन्छ । बैज्ञानिक कथन अनुसार मुटुको रक्त प्रवाहको कारण मानिसको आफ्नै चुम्वकीय क्षेत्र हुन्छ जसलाई मुटुको चुम्वकीय क्षेत्र पनि भनिन्छ । पृथ्वीको आफ्नै घना चुम्वकीय क्षेत्र छन् । जव हामी टाउको उत्तर दिशा तर्फ फर्काएर सुत्ने गर्दछौ, शरीरको चुम्वकीय क्षेत्र र पृथ्वीको चुम्वकीय क्षेत्र बीच अमिल्दो प्रतिक्रिया हुन्छ जसले गर्दा शरीरको रक्तचापमा समस्या आउँछ, मानिसको मुटुले पृथ्वीको चुम्वकीय उर्जाको अनुपातमा आउन सामान्य भन्दा कडा परिश्रम गर्नु पर्ने हुन्छ । अर्को कुरा, हाम्रो रगतमा यथेष्ट मात्रामा फलामको अणुहरु रहेको हुन्छ, उत्तर तर्फ टाउको राखेर सुत्दा शरिरमा रहेका सम्पूर्ण फलामका कणहरु दिमागमा जम्मा हुन जान्छ, फलस्वरूप टाउको दुख्ने लगायत थुप्रै दिमागी रोगहरु निम्तिने हुन्छ ।
कान छेड्नु
हिन्दु परम्परामा कान छेड्नुलाई एक विशेष क्रियाको रुपमा लिइन्छ । थुप्रै थिकित्सक तथा मनोबैज्ञानिकहरुको विश्वास अनुसार कान छेड्नाले मानिसको सोचाइ शक्तिमा बृद्धी हुने, निर्णय गर्न सक्ने र बौद्धिक क्षमता बढ्ने गर्दछ । वाक क्षमताले मानवीय उर्जालाई नष्ट हुनबाट बचाउँछ । यसर्थ कान छेड्नाले वाक क्षमता सन्तुलन कायम राख्न सहयोग गर्दछ । यसले कानको भित्री भागहरुमा आउने बिकारहरुलाई रोक्न पनि सहयोग गर्दछ । हिजोआज पश्चिमेली सभ्यतामा पनि कान छेड्ने चलन फेशनको रुपमा फैलिंदै गएको देख्न पाइन्छ ।
सुर्य नमस्कार
बिहानीको पारिलो घाममा सूर्यलाई पानी चढाएर गरिने सुर्य नमस्कार हिन्दु संस्कार आफैमा बैज्ञानिक रहेको पाइन्छ । बिहानको पारिलो घाममा सफा पानी सूर्यलाई चढाउँदा प्रकाशका किरणहरु पानी मार्फत आवर्तन हुँदा ति किरणहरु रातो, सुन्तला, पहेलो, हरियो, निलो तथा बैजनी रंगमा छुटिन्छन् । यसरी छुट्टीएका रंगहरु मध्ये हरियो रंग हाम्रो आँखाको लागि एकदम लाभदायी मानिन्छन् । हरेक बिहान सुर्य नमस्कार गर्दा स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायी हुने गर्दछ ।
पुरुषहरुले टुप्पी पाल्नु
सुश्रुत ऋषिलाई आयुर्वेदको मुख्य सर्जक मानिन्छन् । उनको ब्याख्या अनुसार टाउकोको टुप्पोको भाग जहाँ चेतनाको मुख्य भाग मानिन्छ, शरिर भरिको सबै नशाहरु यहीं जोडिएको हुन्छ, यसलाई अधिपति मर्म भनिन्छ । यसै भागमा रहेको टुप्पीको गाँठो पारिएको शिखाले यस ठाउँलाई रक्षा गर्ने गर्दछ । यसको ठिक तल ब्रह्मरन्ध्र रहेको हुन्छ शरीरको तल्लो भागको नशाहरु यहा आएर जोडिएको हुन्छ । योगमा ब्रह्मरन्ध्र उच्च स्थानमा रहेको ७ औ चक्रको रुपमा लिइन्छ । यसलाई बुद्धिको केन्द्र बिन्दु मानिन्छ । गाँठो पारिएको सिखाले यस केन्द्र भागलाई छोपेर सुक्ष्म उर्जाहरुलाई संरक्षण गर्न बढावा दिन्छ ।
ब्रत बस्नु
ब्रत बस्नुको औचित्य तथा सिद्धान्तहरु आयुर्बेदमा पाइन्छ । सामान्यत: विभिन्न खाले बिरामीहरुको मूल कारण खाएको खाना पाचन प्रक्रियामा शरीरभित्र थुप्रिएको विषाक्त पदार्थहरु हुन् । नियमित रुपमा शरीर भित्र थुप्रिएका विषाक्त पदार्थहरुको सरसफाई गर्न सके स्वस्थ रहन सकिन्छ । यसर्थ, ब्रत बस्दा पाचन प्रक्रियामा भाग लिने अंगहरुले आराम पाउँछ र थुप्रिएका विषाक्त पदार्थहरु पचाउन सहयोग गर्दछ । आयुर्बेद अनुसार शरीरमा ८०% तरल पदार्थ रहेको हुन्छ भने २०% मात्र ठोस पदार्थ रहेको हुन्छ । पृथ्वी, चन्द्रमाको गुरुत्वाकर्षण शक्ति जस्तै मानिसको शरीरमा पनि यस्ता गुरुत्वाकर्षण शक्तिले प्रभाव पारेको हुन्छ, जस अनुरुप शरीरमा भावनात्मक असन्तुलन, तनाव हुने, चिढिने, उग्र तथा हिंसात्मक स्वभाव हुने गर्दछ । ब्रत बस्नाले यस्ता विषम परिस्थितिहरुको रोकथाम हुने, शरिरमा एसिडको मात्र कम गर्ने गर्दछ फलस्वरूप मानिसहरुमा यस्ता मानसिक सन्तुलन कायम गर्न सहयोग गर्दछ । थुप्रै अनुसन्धानको नतिजा अनुसार क्यालोरी खपत कम गर्न तथा क्यान्सर, मधुमेह, स्नायु रोगहरु, प्रतिरोधक क्षमता ह्रास जस्ता रोगहरुबाट मुक्ति पाउन नियमित ब्रत बस्नु फाइदाजनक छन् ।
पिपलको रुखलाई पुजा गर्नु
पिपलले फल दिंदैन । पिपलको काठ फर्निचर बनाउनको लागि कडा पनि हुँदैन । त्यसैले सामान्य मानिसहरुको लागि पिपल एक छायाँ र शितलता प्रदान गर्नु बाहेक अरु उद्देश्य देखिंदैन । तर पनि हामी पिपललाई पुजा गरेको देखिन्छ । तर बैज्ञानिक अर्थमा पिपल मात्र एक यस्तो रुख हो जसले दिउँसो मात्र हैन, राति पनि अक्सिजन दिने गर्दछ । पिपलको यहि गुण भएको कारणले गरेर हाम्रा पुर्खाहरुले पिपलको रुखलाई देवता र धर्मसंग जोडेर पुजा गर्ने गरेका हुन् ।
तुलसीको बोटलाई पुजा गर्नु
तुलसीलाई हिन्दु धर्म अनुसार विविध कथाहरु पाइन्छन् । बैज्ञानिक तथ्य अनुसार तुलसी मानवीय जीवनको लागि एक अत्यावश्यक संजीवनी हो । तुलसीमा ओखती उपचारको लागि चाहिने यथेष्ट गुणहरु पाइन्छ । तुलसी एक प्रभावकारी एन्टीबायोटिकको रुपमा लिइन्छ । हरेक दिन तुलसीलाई चियासंग खाँदा यसले शरिरको प्रतिरक्षा शक्ति बढाउँछ, रोगहरु लाग्नबाट बचाउँछ, स्वास्थ्यलाई सन्तुलित र शरिरलाई सबल राख्दै दिर्घायु राख्न सहयोग गर्दछ । घर आँगनमा तुलसीको बोट रोप्दा लामखुट्टे, किराहरुले घरमा प्रवेश पाउनबाट रोकथाम गर्दछ । तुलसीको अगाडी सर्पहरु सामान्यत: आउंदैन् । यस्तै यस्तै विविध कारणहरुले गर्दा हाम्रा पुर्खाहरुले घर अगाडी तुलसी रोपेर पुजा गर्ने बानी बसालेको देखिन्छ ।
मुर्ति पुजा गर्नु
मनोबैज्ञानिक कथन अनुसार मानिसहरु आफुले जे देख्छन्, त्यहि अनुसार उसका बिचार तथा सोचाइहरुले आकार लिन्छन् । आफ्नो सामु अलग अलग ३ बस्तुहरु भएता पनि आफुले जे हेरी रहेको हो, त्यहि अनुसार उसका सोचाइहरु परिवर्तित हुन्छन् । सोहि अनुरुप मानिसहरु आफ्नो धार्मिक आस्थाहरुप्रति एकत्रित गर्न गराउन आफ्नो धर्म अनुरुप मुर्तिहरु स्थापना गरेको हुन्छन् । मुर्तिहरुलाई एकचित्तले शान्त भएर पुजा गर्दा मनलाई एकाग्रतामा ल्याई मानसिक बिचलित नभई आ-आफ्नो धार्मिक आस्था अनुसार आध्यात्मिक उर्जा प्राप्त गर्न सकिन्छ ।
महिलाहरुले चुरा लगाउनु
नाडी नियमति उत्तेजित भइ रहने शरीरको भाग हो । डाक्टरहरुले प्राय: मुटुको धड्कन जाँच्नु परयो भने नाडी नै छाम्छन् । महिलाहरुले नाडीमा लगाउने चुराले नियमित घर्षण गराई रहन्छ र रक्त संचार प्रक्रिया प्रवाह बढाउन सहयोग गर्दछ । प्राय: गृहणी महिलाहरु बिहान बेलुका बाहेक अन्य समयमा निष्क्रिय रहने हुनाले चुरा लगाउनाले रक्त प्रवाह नियमित गर्न गराउन चुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छन् । साथै, चुरा गोलाकार भएको हुनाले शरीरमा उत्पन्न हुने विद्युतीय उर्जालाई खेर जानबाट रोक्न र शरिरमै फर्काउन पनि चुरा लगाउनाले सहयोग पुर्याउँछ ।
मन्दिर घुम्न जानु
प्राय: प्राचिन मन्दिरहरु उत्तर-दक्षिण ध्रुबबाट सृजित चुम्वकीय र विद्युतीय तरङ्गहरु यथेष्ट मात्रामा प्रवाहित हुने गरि बनाइएको हुन्छ । मन्दिरभित्र मुर्ति राखिएको मुख्य केन्द्र जसलाई गर्भगृह वा मूलस्थान भनिन्छ । सामान्यत: मुर्ति राखी सकेपछि मात्र मन्दिर स्थापना गरिन्छ । मुर्ति प्रतिस्थापन गर्दा मुर्तिको गर्भगृहमा बैदिक श्लोक सहित तामाका पाताहरु राखिएको हुन्छ जसले पृथ्वीको चुम्वकीय तरङ्गहरु एकत्रित संकलन गरी मन्दिर वरपर चुम्वकीय तरंगहरु प्रसारण गर्दछ । जसको कारण आम मानिसहरु मन्दिरलाई घडीको सुइ घुम्ने सुल्टो दिशाबाट घुम्दा ती चुम्वकीय तरङ्गहरु मानिसको शरीरले ग्रहण गर्छ । यो एक अदृश्य र ढिला प्रवाह हुने प्रक्रिया हो । यसर्थ नियमित रुपमा मन्दिरहरुमा सुल्टो दिशाबाट घुम्दा शरीरले यथेष्ट सकारात्मक उर्जा प्राप्त हुन्छ । बैज्ञानिक कथन अनुसार स्वस्थ जीवनको लागि सकारात्मक उर्जाहरु अत्यावश्यक हुन्छन् ।
अनुहारमा बेसार लगाउनु (हल्दी)
बेसार एक प्राकृतिक एवं आयुर्वेदिक जडिबुटी हो । बेसारलाई एक सबैभन्दा राम्रो एन्टीसेप्टिक ओखतीको रुपमा लिइन्छ । अनुहारमा बेसार लगउनाले अनुहारमा टाँसिएर बसेका सबैखाले किटाणुहरुलाई नष्ट गर्ने गर्दछ । साथै, बेसार लगाउनाले अनुहारमा रहेका सबैखाले फोहोरहरु सोसेर लिने गर्दछ र छालालाई चम्काउने गर्दछ ।
विवाह उत्सब/पुजाहरुमा आगो बाल्नु
धेरै जस्तो उत्सबहरुमा होम गर्ने, सुकुन्दा बाल्ने, इता बाल्ने (नेवारी समाजमा) चलन रहेको पाइन्छ । आगोले उत्सब वरपर रहेका नकारात्मक उर्जाहरुलाई नष्ट गर्ने र सकारात्मक उर्जाहरु थप्ने कार्य गर्दछ । यसरी आगो बाल्दा विभिन्न खाले पदार्थहरु काठ, घ्यु, तेल, अन्न, जडिबुटीहरु प्रयोग गर्ने गरिन्छ । यसरी बालिएको आगोबाट उत्पन्न हुने धुवाँले हावामा रहेको किटाणुहरुलाई नष्ट गर्दै बायु प्रदुषण कम गर्ने गर्दछ र सामाजिक अवसरहरुमा सहभागी हुने मानिसहरु, दुलाहा दुलहीलाई स्वस्थ रहन सहयोग गर्दछ ।
ओम मात्र जप्नु
ओम मन्त्र जप्नाले रक्तचाप कम गर्ने र मुटुको धडकन नियन्त्रण गर्ने गर्दछ । लामो सास तानेर ओम मन्त्र जप्दा यसले चेतनामा सतर्कता धेरै सुधार आउँछ र मनलाई एकत्रित गर्न सहयोग गर्दछ ।
प्राथना गर्दा गायत्री मन्त्र जप्नु
गायत्री मन्त्र जप्दा प्रति सेकेन्ड करिब ११०,००० विभिन्न खाले तरङ्गहरु पैदा गर्दछ । अनुसन्धानकर्ताहरुको निर्क्यौल अनुसार गायत्री मन्त्रबाट सिर्जित तरङ्गहरु शरीर तथा स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । सुर्योदय भन्दा अगावै दैनिक ९० मिनेट गायत्री मन्त्र जप्ने हो भने यसले स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्दछ ।

Friday, February 03, 2017

कविता

Arjun dawadi 


भाषाको मूल जरामा सिञ्चाई नपुगेर 
टुप्पोदेखि सुक्दै आएको 
यो एकाइसौं शताब्दीको 
आगन्तुक भाषामा रम्ने 
व्हूइस्की र वियरको मात हो मेरो कविता । 
विकाशको क्रममा
 थुप्रै वाचाहरू बाँधेर
 आफ्नो स्वर्थको निम्ति 
गरीबको आँखामा छारो हाल्दै 
नटुङ्गीएको आधाकल्चो बाटो जस्तै 
भताभुङ्ग भएको 
कोत्र परेको अलकत्रे बाटो जस्तै मेरो कविता।
 चियाबारीलाई खेलाउन सम्म खेलाएर 
कलिलो मुनाहरूको हत्या गर्दै
 दोजिया बनाएर छोड़ेर जाँदा 
घरको न घाटको भएर
 मानव चोला सिध्दाउनलाई 
वलजस्ती वाँच्दै आएको श्रमीक जस्तै
 विचल्नीमा परेको मेरो कविता । 
अत्यचार शोषणको विरूध्द
 देखेर पनि नदेखे झै गर्नुपर्ने वाध्यतामा 
आफ्नै खुट्टामा बञ्चरो हान्दै 
अन्तर मनमा पश्चताप गर्दै वस्नुपर्ने 
महा भूकम्पको चपेटमा परेको मेरो कविता। 
अघिकार खोज्दा 
टाउको फूटाएर
 रताम्मे भएको अनुहार जस्तै 
छेन्द्रा छेन्द्रा परेर 
च्यातिएको कमिज र पतलुन जस्तै 
लाचार भएको शरी
र हो मेरो कविता। 
औशीको रातमा आगनभरी 
भैलेनी गाउने हाम्रो चेलीको 
सूर्यको प्रकाशमा नै 
खुल्ला रूपमा देशको कुना कुनामा 
हरण हुदाँ
फिक्का लाग्ने भाईटिका जस्तै 
माईतीको पिड़ा हो मेरो कविता । 
पलायन छोराको बाटो कुर्दै 
दशैको आशीर्वाद मनभरी साँची 
उकाली ओह्राली गोरेटो भरी 
आँशुको भेल बगाएको 
बाबुको वेद्ना र आमाको टुटेको आशा हो मेरो कविता। 
गाइने दाईको 
रयाइ रयाइ बज्ने 
सारङ्गीको धुन जस्तै 
विछोड़को पिड़ाको भाव वोक्ने 
मल्हम नपुगेको घाऊ जस्तै
 घरि घरि बल्झीरहने 
मनको गाड़ा घाऊ हो मेरो कविता।

Arjun dawadi 

Monday, January 16, 2017

बिचौरका ४ सय घरधुरीमा सोलार जडान, क्षतिग्रस्त लघु जलविद्युतको पुननिर्माणमा ढिलाई



 बिचौरका ४ सय घरधुरीमा सोलार जडान, क्षतिग्रस्त लघु जलविद्युतको पुननिर्माणमा ढिलाई


राष्ट्रिय प्रसारण लाइनको बिद्युत नपुगेको लमजुङको दुर्गम गाविस बिचौरका ४ सय घरधुरीमा सोलार जडान गरिएको छ । भुकम्पले लघुजलविद्युत आयोजना ध्वस्त बनाएपछि टुकीको भरमा बस्दै आएका स्थानियको घरमा सोलार जडान गरिएको हो ।
 
जिल्ला विकास समिति अन्तर्गतको वातावरण तथा जलवायु परिवर्तन शाखाद्धारा विचौर गाविसका वडा नं १ देखि ९ सम्मका ४ सय घरहरुमा सोलार जडान गरिएको हो ।गाविसमा निर्माण भएका ६ वटा लघु जलविद्युतमध्ये केही आयोजनामा भुकम्पले असर पु¥याएको र केही आयोजनाबाट उत्पादन भएको विद्युतले नपुगेपछि हामीले सोलार प्यानल लगेर जोडीदिएका हौं ।जिविसका उर्जा अधिकृत विपिन सिलवालले भने, “भुकम्पबाट क्षतिग्रस्त आयोजनाको पुननिर्माण गर्ने रकमको अभावका कारण गाउँलेहरु समस्यामा परेका हुन् ।उनका अनुसार प्रतिथान सोलारको लागि जिविसबाट ५ हजार रुपैयाँ सहयोग भएको थियो भने स्थानीयहरुले प्रति घरधुरी एकहजार ५ सयको दरले रकम संकलन गरेका थिए ।
भुकम्प गएको पनि २१ महिना बितिसक्यो ।स्थानिय रामहरी न्यौपाने भन्छन्, “क्षतिग्रस्त लघु जलविद्युत आयोजना निर्माणका लागि धेरै ठाउँमा कुरा पु¥याऔं तर कतैबाट पनि सहयोग नमिलेपछि बाध्य भएर सोलार जडान गर्नुप¥यो ।गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत नपुगेका कारण स्थानियले सास्ती खेप्नुपरेको न्यौपाने बताउँछन् । कारोबार दैनिकमा खबर प्रकाशित छ ।
बिचौरमा जडान गरिएको सोलारको दुईबर्ष वारेन्टी रहेकोले २ वटा वत्ती बाल्न र मोवाइल चार्ज गर्न मिल्ने जिविस अन्र्गतको उर्जा शाखाले जनाएको छ । गाउँमा विद्युतीकरण नहुँदा स्थानियहरु विद्युतीय उपकरण प्रयोग गर्नबाट बञ्चित बन्दै आइरहेको बिचौर घर भएका नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडी बताउँछन् । उनले जिल्लाको विद्युतीकरणको जिम्मा सामुदायिकलाई दिएकोले काममा ढिलाई भएको बताए । समयमा काम नगर्ने समस्या त छँदैछ, बिग्रिएका लाइनको मर्मत, नयाँ लाइन बिस्तार र स्तरोन्नतीमा कुनै ध्यान नै छैन् ।दवाडी भन्छन्, “कामप्रतिको कुनै जिम्मेवारी नै भएन् ।
२१ महिनादेखि टुकीको भरमा रात कटाउँदै आएका बिचौरबासीहरु घरमा सोलार बत्ती जोडिएपछि निकै हर्षित भएका छन् । बिजुली बत्ती घरमा नहुँदा बालवालिकाहरुको पढ्ने बानीमा समेत कमी आएको बिचौर४ का राजु परियारले बताए दुर्गम भेग भएका कारण टुकी बाल्नका लागि आवश्यक मट्टितेल पाउन मुस्किल छ ।परियार भन्छन्, “मट्टितेलको अभावमा केटाकेटीहरुलाई भोली उज्यालोमा पढौंला आजलाई आराम गर भन्नुपर्ने बाध्यता आयो ।
नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले छिमेकी गाविस कोल्कीको केही वडाहरुमा केन्द्रिय लाइनको विद्युत पुगेकोले बिचौर र दुधपोखरीसम्म विद्युत पु¥याउने लक्ष्य लिएको बताए । जिल्लाको विद्युतीकरणको जिम्मा सामुदायिकलाई दिइएकोले जिल्लाका सबै गाविसहरुमा विद्युत वितरणको कार्य ढिला भएको हो ।प्रमुख न्यौपानेले भने, “हामीले जिल्लामा वितरण केन्द्रको स्थापना गरेका छौं । अब हामीले पनि दुर्गम गाविसहरु कोल्की, पाचोक, इलमपोखरी, ढोडेनी र फलेनी लगायतका गाविसहरुमा यसैबर्ष विद्युत बाल्ने लक्ष्य लिएका छौं ।न्यौपानेका अनुसार प्राधिकरणको प्रयासमा बन्सारको पुरानो दुवार, कोल्कीको वडा नं १ देखि ३ र पाचोकको १ र २ नं मा विद्युत पुगिसकेको र यसै आर्थिक बर्षमा गिलुङ र भोजें गाविसमा पनि विद्युत पु¥याउने लक्ष्य रहेको छ ।