Friday, December 30, 2016

लमजुङमा यस्तो छ ल्होसारको रौनक

 

लमजुङमा यस्तो छ ल्होसारको रौनक

 

 लमजुङ, पुस १५ आज पुस पन्ध्र । गुरुङ समुदायको पर्व, तमू ल्होसार । देशभरका गुरुङ समुदायले ल्होसार पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । लमजुङमा पनि ल्होसारका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । 


लमजुङमा रहेका गुरुङ समुदायका मानिसहरु बिहानैबाट आफूलाई पायक पर्ने बौद्ध गुम्बामा जम्मा भई होमहोमादी गरेका छन् । ल्होसारको अवसरमा लामा गुरुले मन्त्र पढी अन्य भक्तजनहरुले होमहोमादी गरेका हुन् । होमहोमादी गर्नाले घरपरिवारमा सुखशान्ति छाउने धार्मिक विश्वास गुरुङ समुदायमा रहेको समुता बौद्ध गुम्बाका सचिव विरसिंह घलेले बताउनुभयो । उहाँका अनुसार बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गर्दै यसवर्षको ल्होसार पर्व मनाइएको हो । 


गुरुङ समुदायको बाहुल्यता रहेको सुन्दरबजार, भोटेओडार, भोर्लेटार, पसगाउँ, घनपोखरा, इलमपोखरी, बिचाैर, दूधपोखरी, भुजुङ, घलेगाउँ, गिलुङ, घाम्राङ, पाचोक, कोल्कीलगायत ग्रामीण भेग तथा शहरबजारमा रहेका तमूहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर ल्होसार पर्व मनाइरहेका छन् ।  








स्थानीयद्धारा पाउँदी मरनघाट सरसफाई



स्थानीयद्धारा पाउँदी मरनघाट सरसफाई


  पुस । सुन्दरबजार नगरपालिका, पाउँदीस्थित मस्र्याङ्दी नदी किनारामा रहेको मरनघाटको सरसफाई गरिएको छ । स्थानीयबासीको सक्रियतामा घाट सरसफाई गरिएको हो ।

शव दहन स्थलमा फोहोरमैला बढ्नुका साथै वातावरणमा नकारात्मक असर परेकाले असर कम गर्न मरनघाटसरसफाई गरिएको नेपाली कांग्रेस नगर कार्य समिति सुन्दरबजारका सभापति द्धारिका मिश्रले बताउनुभयो ।
सुन्दरबजार नगरपालिका वडा नं ५ का वडा संयोजक चन्द्रप्रकाश पोख्रेललको अगुवाईमा घाट परिसर सरसफाई गरिएको हो । संयोजक पोख्रेलका अनुसार मरनघाटपरिसरमा अव्यवस्थित रुपमा रहेका काठ, बोत्तल, झोला, प्लाष्टिक लगायतका फोहोरहरु संकलन गरी उचित व्यवस्थापन गरिएको छ ।
घाटको व्यवस्थापनमा ध्यान दिनुपर्ने सरसफाईमा खटिएका दोभान एकता युवा क्लव पाउँदीका अध्यक्ष सुदीप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पाउँदीमा रहेको मरान घाटमा शव दहनको लागि कुन्छा, तार्कु, परेवाडाँडा, दुराडाँडा, धुसेनी, सुन्दरबजार लगायतका ठाउँबाट मानिसहरु आउँने गर्दछन् ।
शव दहनका लागि आउनेहरुले पनि मरान घाटको सरसफाईमा ध्यान दिनुपर्नेमा सरसफाईमा सहभागीहरुले जोड दिएका छन् ।
साभार: लमजुङ डेलि डट कम  


Monday, December 26, 2016

क्रिसमसमा विदा दिने सरकारले किन दिँदैन एकता दिवसमा विदा ?



 क्रिसमसमा विदा दिने सरकारले किन दिँदैन एकता दिवसमा विदा


सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झँै पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरीक्षणपछि पत्रकार सम्मेलनमा उहाँले आफ्नो यसमा निरन्तर जोड रहने बताउनुभयो ।
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प छैन भन्नुभयो ।
संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उहाँले भन्नुभयो, “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्ष्ीालाई छ ।संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उहाँले बताउनुभयो ।
सो अवसरमा युनियनको भवन निर्माणका लागि उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेलले रु २५ हजार प्रदान गर्नुभएको थियो । भवन गत वर्षे आजकै दिन शिलान्यास गरिएकामा निर्माण सम्पन्न हुने क्रममा छ ।



एमाले र माओवादीका कार्यकर्ता ओईरिए काँग्रेसमा :- बिचौर

 एमाले र माओवादीका कार्यकर्ता ओईरिए काँग्रेसमा


बिचौर । नेपाली काँग्रेस बिचौर, ईलमपोखरी र दुधपोखरी गाउँ कार्य समितिको संयुक्त आयोजनामा बिचौरमा भएको संगठन सुदृढीकरण एबं बनभोज कार्यक्रममा सय भन्दा बढी ब्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमाले र माओवादीकेन्द्रमा आबद्ध रहेका थुप्रै ब्यक्ति र स्वतन्त्र रहेका ब्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।


नेपाली काँग्रेस प्रबेश गर्नेहरुमा सबैभन्दा बढी बिचौर गाबिसका रहेका छन् । बिचौरबाट तारानाथ पौडल, अमर गुरुङ, राजेन्द्र मरहट्टा, लेख गिरी, उत्तम मरहट्टा, डोलनाथ मरहट्टा, बिमला मरहट्टा, सीता मरहट्टा, तुलसी मरहट्टा, शुशील मरहट्टा, खेमनाथ मरहट्टा, हरी न्यौपाने, शुशील न्यौपाने, राजु परियार, सीता अधिकारी, कृष्णप्रसाद मरहट्टा, जितबहादुर गुरुङ काँग्रेसमा प्रवेश गरेका हुन् । उनिहरुलाई काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल लागयतका अतिथिहरुले माला र अबिर लगाएर काँग्रेसमा स्वागत गरेका थिए ।


काँग्रेसमा प्रवेश गर्नेहरुमा बिचौर६ का बीरबहादुर भुजेल, भवानी न्यौपाने, कालीका दवाडी रहेका छन् । त्यस्तै बिचौर९ का तुलाराज घले, सन्तला तामाङ, होमराज घले, सुवास घले, गुणराज घले, सुरज घले, सनमाँया घले लगायत ४५ जना रहेका छन् । त्यस्तै दुधपोखरीमा अर्पण गुरुङ, बिशाल गुरुङ, बालसिहं गुरुङ, बेलमान गुरुङ लागयतका १५ जना यूवाहरुले काँग्रेसको सदस्यता लिएका छन् । 

साथै ईलमपोखरीका सुनिल गुरुङ, सिम्रन गुरुङ, भिमबहादुर गुरुङ, बिजयमान घले, रबिन गुरुङ लगायत २५ जना यूवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै स्वतन्त्र बस्नुभएका कृष्ण मरहट्टा, माधव न्यौपाने लगायतका ७ जना ब्यक्तिले पनि अब काँग्रेसकै राजनीतिमा आस्था राख्ने उद्घोष गरे।

ईलमपोखरी, बिचौर, दुधपोखरी र छिमेकी जिल्ला गोरखाको हंशपुरका काँग्रेसका कार्यकर्ताको बाक्लो भेलालाई सम्बोधन गर्दै काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले काँग्रेस लमजुङको अबको ध्यान आर्थिक बिकासमा रहेको बताए । हामी मुलुकका हरेक कालखण्डमा राजनैतिक अभियानको नेतृत्व गर्दै आयौं उनले भने , ‘ अब आर्थिक अभियानको नेतृत्व पनि काँग्रेसले गर्छ ।उनले अबको पाँच बर्षभित्रमा महशुश गर्नेगरी बिकासका योजना ल्याउने बताए ।

नेपाली काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठले नेपाली काँग्रेसले कहिल्यै भम्रको खेती नगर्ने हुनाले नेपाली काँग्रेसलाई सदैब साथ मिलेको बताए ।



एमाले र माओवादीका कार्यकर्ता ओईरिए काँग्रेसमा
एमाले र माओवादीका कार्यकर्ता ओईरिए काँग्रेसमा