स्थानीयद्धारा पाउँदी मरनघाट सरसफाई
१ ५ पुस । सुन्दरबजार नगरपालिका–५, पाउँदीस्थित
मस्र्याङ्दी नदी किनारामा रहेको
‘मरनघाट’ को
सरसफाई गरिएको छ । स्थानीयबासीको सक्रियतामा घाट सरसफाई गरिएको हो ।
शव दहन स्थलमा फोहोरमैला
बढ्नुका साथै वातावरणमा नकारात्मक असर परेकाले असर कम गर्न ‘मरनघाट’ सरसफाई गरिएको नेपाली
कांग्रेस नगर कार्य समिति
सुन्दरबजारका सभापति द्धारिका मिश्रले
बताउनुभयो ।
सुन्दरबजार नगरपालिका वडा नं ५ का वडा संयोजक चन्द्रप्रकाश पोख्रेललको अगुवाईमा घाट परिसर सरसफाई गरिएको हो । संयोजक पोख्रेलका अनुसार ‘मरनघाट’ परिसरमा अव्यवस्थित रुपमा रहेका काठ, बोत्तल, झोला, प्लाष्टिक लगायतका फोहोरहरु संकलन गरी उचित व्यवस्थापन गरिएको छ ।
घाटको व्यवस्थापनमा ध्यान दिनुपर्ने सरसफाईमा खटिएका दोभान एकता युवा क्लव पाउँदीका अध्यक्ष सुदीप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पाउँदीमा रहेको मरान घाटमा शव दहनको लागि कुन्छा, तार्कु, परेवाडाँडा, दुराडाँडा, धुसेनी, सुन्दरबजार लगायतका ठाउँबाट मानिसहरु आउँने गर्दछन् ।
शव दहनका लागि आउनेहरुले पनि मरान घाटको सरसफाईमा ध्यान दिनुपर्नेमा सरसफाईमा सहभागीहरुले जोड दिएका छन् ।
साभार: लमजुङ डेलि डट कम

No comments:
Post a Comment