Thursday, December 01, 2016

संशोधन विद्येयकमा सहमति जुटाउने प्रधानमन्त्रीको कसरत, मोर्चासँगको वैठक जारी

संशोधन विद्येयकमा सहमति जुटाउने प्रधानमन्त्रीको कसरत, मोर्चासँगको वैठक जारी



काठमाडौं– संविधान संशोधन विद्येयक दर्तापछि उत्पन्न राजनीतिक मतभेदलाई हटाउन सत्तारुढ दलले संवाद शुरु गरेका छन् । हिजो प्रमुख चार दलको वैठक आव्हान गरेका प्रधानमन्त्रीले आज पनि विहानदेखि नै संवाद शुरु गरेका हुन् ।
अहिले बालुवाटारमा प्रधानमन्त्रीको आव्हानमा दल र मधेशी मोर्चासँग छलफल शुरु भएको छ । वैठक अहिले बालुवाटारमा जारी छ । संविधान संशोधन प्रस्तावलाई मोर्चाले हिजो नै अस्वीका गरेको थियो ।
सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई फकाउन कसर गरेको छ । हिजो बसेको मोर्चाको वैठकले सरकारले दर्ता गराएको विधेयकले उत्पीडित समुदायको मुद्दा सम्बोधन नहुने निष्कर्ष निकाल्दै मोर्चाले यथास्थितिमा सो विधेयक स्वीकार नगर्ने निर्णय गरेको थियो । ‘मोर्चाको सहमति बिना नेपालको संविधान संशोधन गर्न दर्ता गरिएको संशोधन विधेयक मधेशी, आदिवासी जनजाति लगायत सीमान्तकृत समुदायहरुबाट उठाइएका मुद्दाहरुको सम्बोधन नगर्ने भएको हुँदा यसलाई यथास्थितिमा स्वकार गर्न नसकिने निर्णय गर्दछ ।’ मोर्चाको निर्णय थियो ।
प्रधानमन्त्री प्रचण्डले संशोधन विद्येयक दर्ताभएपछि दलहरुवीच सहमति जुटाउन प्रयास कायम राख्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्ड संशोधन प्रस्ताव टुंगाएर चुनावको घोषणा गर्ने तयारीमा छन् । उनले हिजो बसेको प्रमुख चार दलको वैठकमा पनि चुनावमा जान विषयमा कुराकानी गरेका थिए ।
संशोधन प्रस्तावका विरुद्ध संसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्ष दल एमालेको निर्णय छ । एमालेका युवा–विद्यार्थीलको अगुवाईमा पश्चिम नेपालका केही जिल्लामा बन्द र प्रर्दशन पनि जारी छ ।
उता प्रधानमन्त्रीले चाहिँ प्रस्तावले हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता भएको र दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको बताएका छन् । उनले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा भएको र संविधान संशोधन प्रस्तावपछि देश अब निर्वाचनको दिशामा अघि बढ्ने बाटो खोलेको पनि बताएका छन्

अाजकाे राताेपाटिमा खबर छ ।

No comments:

Post a Comment