बाटुलिपोखरीको संरछ्यण गरौं
- कृष्ण अनुरागी
साबिक गितानगर-१ र हाल भरतपुर-२० उज्वलनगरमा रहेको बाटुलि पोखरी सामुदायीक बनभित्र रहेको मनमोहक बाटुली पोखरी ताल प्रचार प्रसारको अभाबमा छॉयामा परेको छ । व्यबस्थापकिय कमजोरी र लापार्वाहीका कारण तालमा संचालीत दुइवटा डुंगा पनि जिर्ण भइ थन्किदा अहिले आन्तरीक एवं बाह्य पर्यटकहरु जलकृडा गर्नवाट बंचित छन् । सामुदायीक बन बिचमा करिब २० हेक्टर छेत्रफलमा फैलिएको ताल प्राकृतिक सौन्दर्यका हिसाबले अत्यन्तै रमणिय मानिन्छ । सौन्दर्यको अनुपम छटाको अनुभब त छँदै छ सँग सँगै पर्यटकहरुले बाघ, भालु ,गैडा , मृग, रतुवा बँदेल जस्ता दुर्लब जंगली जनावरहरुलाई प्रतछ्य नांगो ऑखाले देख्न सक्छन् ताल वरिपरी । साइबेरिया देखी आएका बिभिन्न प्रजातीका चराचुरुंगीको साथमा देखिने मयुर नॉच अर्को बिशेषता हो तालको । पर्यटकिय हिसाबले यति रमणिय र सुन्दर ताल आज संरछ्यणको अभाबमा जिर्ण बन्दैछ भन्दा जोकोहीको पनि मन दुख्छ त्यसमा पनि हामी गितानगरबासीको त कुरै भएन । तालको प्रचार प्रसारका लागी हामी पेशागत शिलशिलामा बाहिर रहेका सबै युबाहरुले आ - आफ्नो ठॉउबाट पहल त गरेकै हौ तर तालको डुंगा संचालन हुन किन सकेन भन्ने कुरामा हामी अनभिग्य जस्तै छौ । यस बिषयमा हामीले संबन्धित निकायको ध्यान खिच्ने पटक पटक प्रयास गरि नै रह्यौ तर लामो समयसम्म पनि ब्यबस्थापन पछ्यले वेवास्ता गरि नै रह्यो । आखिर किन संचालन हुन सकिरहेको छैन तालमा डुंगा ? समस्या के हो र समाधानका लागी के के पहल भए ? अनि अब कहिले बाट डुंगा संचालन हुन्छ ? यी सबै प्रश्नहरु आजका मितीसम्म अनुत्तरित नै रहे ।
पर्यटकिय हिसाबले तेस्रो रोजाइको गन्तब्य रहेका चितबनकै अर्को पर्यटकिय स्थल सौराह र बिस हजार तालदेखी केहि किलोमिटरको दुरीमा रहेको यो तालको संरछ्यण र प्रचार प्रसार गर्न सके पर्यटन ब्यबसायका हिसाबले अर्को कोसेढुंगा हुनसक्छ यो बाटुलीपोखरी ताल । यस तर्फ संबन्धीत निकायको ध्यान छिटो भन्दा छिटो जान जरुरी छ । म सँग देश बिदेशमा रहनुहुने गितानगरबासी युवाहरुले पटक पटक यस बिषयमा चासो र चिन्ता प्रकट गरिरहनुभएको छ । यतिसम्म कि आर्थीक समस्या हो भने हामी हाम्रो गॉस कटाएर भएपनि सहयोग गर्न तयार छौ तर कुशल ब्यबस्थापनका साथ भबिश्यमा यस्तो अबस्था नआउने गरि तालको उचित संरछ्यण गर्नुपर्यो भन्नुहुन्छ उहॉहरु । तर पनि संबन्धित निकायले तालको संरछ्यणमा चासो नदिएको देख्दा हामी स्तब्ध छौ । हरेक कुराहरुमा सरकारको मात्रै मुख ताक्ने प्रबृत्तिबाट हामी मुक्त हुनु जरुरी छ । जब हामी आफ्नै प्रयासबाट धेरै गर्नसक्छौ भने त्यसतर्फ अग्रसर किन नहुने ?
समाचारमा आएनुसार त्यस छ्येत्रमा पनि हात्ती संचालनको अनुमति मिलीसकेको छ । यदि यसो भयो भने त झनै तालको महत्व बढेर जाने कुरा निश्चित छ । यस्तो अबस्थामा हामीले भन्नै पर्ने हुन्छ यदि सामुदायीक बन र ताल ब्यबस्थापन समिती ताल संरछ्यण र प्रचार प्रसारमा असफल भएकै हो भने पदमा बसिरहनुको औचित्य छैन । सामुदायीक बन र ताललाई राजनिती गर्ने थलो बनाइनु हुदैन भन्ने हाम्रो मान्यता हो । हाम्रो कसैप्रति आग्रह पुर्वाग्रह भन्दा पनि हामी गितानगरबासीको पहिचानको रुपमा स्थापित हुँदै गएको तालको उचित संरछ्यण र प्रबर्धन हुनुपर्यो भन्ने नै हो । यसतर्फ संबन्धित निकायले चासो देओस र गितानगरलाई पर्यटकिय गन्तब्यको रुपमा बिकास गरोस । साथै यस सँग संबन्धित सबै पत्रकार, राजनैतिक दल, बुद्धिजिबी एवं युवाहरुलाई आआफ्नो ठॉउबाट यसको प्रचार प्रसार र संरछ्यणमा सक्दो साथ र सहयोग गर्न म अपिल गर्न चाहन्छु । ताल संचालनमा बिगतमा खेल्नुभएको प्रशंसनिय भुमीकाका लागी म संस्थापक अग्रज दाजुहरुलाई बिशेष धन्यबाद पनि भन्न चाहन्छु । उहॉहरुको भुमिकाको खॉचो आजपनि उत्तीकै टड्कारो छ भन्दै बाटुलीपोखरी हाम्रै दायीत्व हो यसको संरछ्यण र प्रचार प्रसारमा आजैबाट जुटौ भन्न चाहन्छु ।
धन्यवाद !
No comments:
Post a Comment