लमजुङमा यस्तो छ ल्होसारको रौनक
लमजुङ, पुस
१५ – आज पुस पन्ध्र । गुरुङ समुदायको पर्व, तमू ल्होसार । देशभरका गुरुङ समुदायले ल्होसार पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । लमजुङमा पनि ल्होसारका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।
लमजुङमा रहेका गुरुङ समुदायका मानिसहरु
बिहानैबाट आफूलाई पायक पर्ने बौद्ध गुम्बामा जम्मा भई
होमहोमादी गरेका छन् । ल्होसारको अवसरमा लामा गुरुले मन्त्र
पढी अन्य भक्तजनहरुले होमहोमादी गरेका हुन् । होमहोमादी गर्नाले घरपरिवारमा सुखशान्ति छाउने धार्मिक विश्वास गुरुङ समुदायमा रहेको
समुता बौद्ध गुम्बाका सचिव विरसिंह घलेले
बताउनुभयो । उहाँका अनुसार बाँदर वर्गलाई बिदाइ
गरी चरा वर्गलाई स्वागत गर्दै यसवर्षको ल्होसार पर्व मनाइएको
हो ।
गुरुङ समुदायको बाहुल्यता रहेको सुन्दरबजार,
भोटेओडार,
भोर्लेटार,
पसगाउँ,
घनपोखरा,
इलमपोखरी, बिचाैर, दूधपोखरी,
भुजुङ,
घलेगाउँ,
गिलुङ,
घाम्राङ,
पाचोक,
कोल्कीलगायत
ग्रामीण भेग तथा शहरबजारमा रहेका तमूहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर ल्होसार पर्व मनाइरहेका छन् ।
No comments:
Post a Comment