Wednesday, December 21, 2016

चनौटे युवा क्लवको दोश्रो अधिवेशन तथा साधारण सभा सम्पन्न



चनौटे युवा क्लवको दोश्रो अधिवेशन तथा साधारण सभा सम्पन्न




 बेसीशहर नगरपालिका १३ स्थित चनौटे युवा क्लवको दोश्रो साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले नारायण आलेको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा सरोज आले, सचिवमा मिना राउत, कोषाध्यक्षमा हिरा घले चयन हुनु भएको छ । त्यस्तैगरी कार्यसमितिको सदस्यहरुमा प्रकाश राउत, सुवाश परियार, कृपा आले, शुष्मा आले, अम्बिका राउत चयन हुनु भएको छ । सम्पन्न भएको दोश्रो अधिवेसनले यसअघि क्लवको पहिलो अधिवेसनबाट निर्वाचित हुनुभएका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहित केही सदस्य पदहरु सर्वसम्मत चयन गरेका हुन् । क्लवको दोश्रो अधिवेसनले सूर्यबहादुर राउतको संयोजकत्मा सल्लाहकार समिति गठन गरेको छ । नवगठित सल्लाहकार समितिका सदस्यहरुमा  जगतबहादुर राउत, बाबुराम राउत, भेषबहादुर राउत र डम्बरबहादुर आले चयन हुनभएको छ । क्लवका पदाधिकारीहरुले समाजिक हितमा कार्यहरु गर्दै आएको सहभागिहरुले बताएका थिए । क्लवले यस अघि मरनघट्टाको बाटो निर्माण गरेको, गाउँमा विद्युत लाईन विस्तारमा सहयोग गरेको, सामुदायिका भवन निर्माण लगायतका सामाजिका कार्यहरुमा क्लवको सक्रियता रहँदै आएको अध्यक्ष आलेले बताउनु भयो ।
क्लवको अधिवेसन बेसीशहर नगरपालिका वडा नं. १३ चनौटे टोलसुधार समितिका अध्यक्ष होमबहादुर राउतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि राउतले युवाहरु समाज र राष्ट्रका शक्ति भएकाले उनीहरुको क्षमतालाई वैचारिक शक्तिको रुपमा परिणत गर्न सकिएमा मुलुकले सकरात्मक उर्जा प्राप्त गर्न सक्ने बताउनु भएको थियो । साथै उहाँले युवाहरु राष्ट्र समाज हुँदै राष्ट निर्माणमा लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा बुद्धिजिवी प्रेमबहादर आले, चनौटे खानेपानी समितिका पुर्व अध्यक्ष जगतबहादुर राउत, मस्र्याङ्दी सामुदायिक बनका अध्यक्ष बाबुराम राउत, क्लवका सदस्य, प्रकाश राउत, पूर्व उपाध्यक्ष भेषबहादुर राउत लगायतले शुभकामना दिनुभएको थियो ।
क्लवका अध्यक्ष नारायण आलेले क्लवको ९५ हजार ९५ रुपैयाँ बराबरको आयव्याय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत क्लवका उपाध्यक्ष सरोज आले र सञ्चालन सचिव मिना राउतले गर्नु भएको थियो  .

साभार: लमजुङ डेलि डट कम



No comments:

Post a Comment