लमजुङको विकट गाउँ ताँजेका विद्यार्थीलाई
माध्यामिक तहको कक्षा अध्ययनमा सकस, ६ बजे हिँडे २ बजे स्कुल -
चितीको जनकल्याण माविमा ९ कक्षामा पढने
कुविन्द्र घले डेरामा बस्छन् । गाउँ नजिक न स्कुल छ,
न स्कुलमा छात्रावास ।
घर बसेर पढ्न धाउने हो भने स्कुल पुग्दै एक दिन हिँडनुपर्छ । डेराको बसाइँ पढाइकै लागि हो । साथमा बहिनी र दुई भाइ पनि चितीको तिलाहरमा डेरामा छन् । घले मात्रै होइन, अमृत गुरुङ पनि दुई बहिनीका साथ जनकल्याणमै पढ्छन् । तिलाहरमा डेरा छ । ढोडेनी ९, ताँजेका विद्यार्थी गाउँ र वरपर मावि नभएकाले निमावि (हाल आधारभूत) र मावि पढ्न अभिभावकको साथ छाड्न बाध्य छन् । इकान्तिपुरमा खबर छ -
घर बसेर पढ्न धाउने हो भने स्कुल पुग्दै एक दिन हिँडनुपर्छ । डेराको बसाइँ पढाइकै लागि हो । साथमा बहिनी र दुई भाइ पनि चितीको तिलाहरमा डेरामा छन् । घले मात्रै होइन, अमृत गुरुङ पनि दुई बहिनीका साथ जनकल्याणमै पढ्छन् । तिलाहरमा डेरा छ । ढोडेनी ९, ताँजेका विद्यार्थी गाउँ र वरपर मावि नभएकाले निमावि (हाल आधारभूत) र मावि पढ्न अभिभावकको साथ छाड्न बाध्य छन् । इकान्तिपुरमा खबर छ -
बिहान ६ बजे हिँडे २र३ बजे
पुग्ने हो । आउँदा झन् उकालो पर्छ । बढी समय लाग्छ,’
८ कक्षाकी पूजा घलेले
भनिन् । कक्षा ५ सम्म गाउँकै बाल विकास प्रावि पढेका उनी अहिले जनकल्यण
मावि चितीमा पढछिन् । ‘गाउँबाट आधा घण्टाको बाटो सिमीमा ८ सम्म पढाइ हुन्छ ।
त्यहाँबाट पास भए पनि उतै (जनकल्याण) जानुपर्छ । त्यही भएर गाउँमा पढेपछि
जनकल्याण भर्ना भएँ,’ उनले भनिन् । उनी कक्षा ७ की आइती घलेसँग मिलेर डेरामा
बस्छन् । ‘डेराको भाडा महिनामा ८ सय तिर्नुपर्छ । खाना बनाउने, भाँडाकुँडा, लुगा धुने सबै आफैं गर्ने हो,’
उनले भनिन्, ‘छात्रावास मात्रै
भइदिएको भए पनि राम्रो हुन्थ्यो । पढनै नपाइने भएको छ ।’
विकट ताँजे गाउँका बासिन्दा वर्षभरि काम
गरी जीवन निर्वाह गर्छन् ।
विदेशमा गएका परिवारबाहेक गाउँमा कसैको
कमाइ छैन । गाउँमा ६० घर छन् । ‘२र४ पैसाको मुख देख्न पनि गाह्रो हुन्छ । नपढेर काम छैन । जसोतसो
पढाउनै पर्यो,’ गाउँका वृद्ध बुलाल घलेले भने ।
ढोडेनी गाविसभरि मावि नहुँदा विद्यार्थी
फलेनीको दारिमबोटस्थित बालकल्याण मावि,
बन्सारको हिलेबेसीस्थित फलेनी मावि र
चितीको तिलाहरस्थित जनकल्याण मावि गएर पढ्न बाध्य छन् । ती सबै ठाउँ जान
दोर्दीखोला तरेर जानुपर्छ । ‘टाढा भएकाले पढन समस्या भयो । दिदी (मुना) ले बीचैमा पढाइ छाडनुभो,’ पूजाले भनिन् । उनले पनि डेरा लिएर बस्दा पढने समय नपाएको
बताइन् । ‘आमाबाबुलाई पैसा र्पुयाउन गाह्रो । पढनु त र्पयो जसरी पनि ।
कतिसम्म पढने हो, थाहा छैन,’ उनले भनिन् ।
जनकल्याणमै कक्षा ७ मा पढने चिजकुमारी
घलेले दारिमबोट पायक नपर्ने र
बस्ने ठाउँ नभएको बताइन् । ‘हिलेबेसीभन्दा केही
पर मात्रै जनकल्याण छ । अलिमाथि गएपछि तिलाहर पुगिन्छ । सबै साथीहरू पनि त्यहीं छन् ।
सबै सँगै पढ्ने भनेर जनकल्याण भर्ना भएँ,’
उनले भनिन् । भाइ जयराम र साथी
सन्तकुमारी हजार रुपैयाँ भाडा तिरेर डेरामा बसेको उनले बताइन् । उनका
अनुसार केही विद्यार्थी भने हिलेबेसी र दारिमबोटमै पढ्छन् ।
डेरा भाडा तिर्नैपर्ने भएपछि अभिभावकले
गाउँको विद्यालयबाट छुटाएर
जनकल्याणमा भर्ना गराएका छन् । कतिपयले
तिलाहरकै बोर्डिङमा पढाएका छन् ।
दोर्दीखोलाको तिरैतिर सुपरदोर्दी ‘ख’ लगायतले आयोजनाले सडक
निर्माण गरेको छ । गाउँसम्म पुग्ने कच्ची बाटो पनि निर्माण भएको छ । बाटोमा
सार्वजनिक सवारी नगुडदा समस्या परेको उनीहरू बताउँछन् । ‘कहिलेकाहीँ आउने र
जानेका लागि जिप चढ्ने हो । भाडा ४ सय रुपैयाँ बढी भन्छ, पैसा हुँदैन, हिँड्नुपर्छ,’ आइतीले भनिन्, ‘हामी हिँड्न सक्ने त
ठीकै हो दिनभर हिँडेर गाउँ आउँछौं । हिँडन नसक्ने भाइबहिनी चाडपर्व वा लामो बिदा
भएका बेला मात्रै घर आउने हो ।’
गाविस सचिव नारायण थापाका अनुसार
गाविसभरि एउटै मावि छैन । आधारभूत ३ र ६
प्रावि छन् । १ देखि ५ नम्बर वडाका
बालबालिकालाई छिमेकी विद्यालयमा गएर
आउजाउ गर्न सक्छन् । ६ नम्बर वडाको
कर्ती, ७ को तल्लो सिमी,
८ को छुमस्वाँरा र उपल्लो
सिमी साथै ९ को ताँजेका बालबालिकाले पढ्नकै लागि अर्को गाविस र टाढाको बाटो, भौगोलिक दुस्ख
झेल्नुपरेको उनले बताए ।
No comments:
Post a Comment