पछाडि परेकालाई अवसर दिन लागि परेका छौः स्वास्थ्य मन्त्री
स्वास्थ्य मन्त्री गगन थापाले पछाडि परेकालाई अवसर दिन आफूहरु लागि परेको बताएका छन्।
मन्त्री थापाले पछाडि परेकाहरुलाई अवसर
दिने गरी स्वास्थ्य सम्बन्धि रणनीति बनाउन लागि परेको बताएका हुन्।
स्वास्थ्य सेवाको पहुँच बाहिर परेकाहरुलाई समेट्ने राष्ट्रिय रणनीति
काठमाडौमा सार्वजनिक गर्दै मन्त्री थापाले कमजोर वर्गलाई स्वास्थ्य सेवामा
पहुँच पु¥याउने गरी योजना तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले
नयाँ संविधानले राज्यले सबैलाई समान अवसर नभई पछाडि परेकाहरुलाई बढी अवसर
दिने व्यवस्था गरेकाले सोही अनुसार सरकार अघि बढेको पनि स्पष्ट पारे। अाजकाे सेताे पाटीमा खवर छ ।
स्वास्थ्य मन्त्रालयले ल्याएको रणनीतिमा
स्वास्थ्य क्षेत्रमा व्याप्त असमानता हटाउने प्रतिवद्धता जनाइएको छ। खासगरी
दुर्गम स्थानका बासिन्दा, पिछडिएका जातिजनजाति, आम गरिव र सहरी विपन्न,
वृद्धबृद्धा, शारिरिक र मानसिक रुपमा असक्तहरुलाई स्वास्थ्य सेवामा विशेष
प्राथमिकता दिने गरी रणनीति ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
No comments:
Post a Comment