Thursday, December 15, 2016

लमजुङ महोत्सवको छैटौँ दिन लोक गायिका देबी घर्तिमगरको भब्य प्रस्तुती, साँढे ९ लाखको टिकट बिक्री, आज पशुपति शर्माको प्रस्तुति रहने



लमजुङ महोत्सवको छैटौँ दिन लोक गायिका देबी घर्तिमगरको भब्य प्रस्तुती, साँढे ९ लाखको टिकट बिक्री, आज पशुपति शर्माको प्रस्तुति रहने



 पाँचौ लमजुङ महोत्सवको छैटौँ दिन बुधबार चर्चीत लोक गायिका देबी घर्तीमगरको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएका छन् । गायिका घर्तीमगर, हावा चल्यो सररर, फुलमा मौरी डुल्ने बेलामा, लाहुरे दाइले झुक्यायो मलाई भन्ने लगायतका गित प्रस्तुत गर्नुका साथै भजन पनि प्रस्तुत गर्नुभएको थियो । उहाँले गित आउदा दर्शकहरु निकै उत्साहीत हुनुका साथै नाचेका थिए । यस्तै अन्य कलाकारहरु मन्जु विक, कृष्ण अखेली, राजेश बर्देवा, राजेश अधिकारीको प्रस्तुती रहेको थियो । स्थानिय कलाकारहरुले पनि नृत्य एवं गीत प्रस्तुत गरेक थिए ।  

यस्तै त्रिशक्ती महिला संजाल खुदीका समूहले रत्तौली गित प्रस्तुत गरेका थिए भने मंचरी नाट्य समूहले आन्तरीक एवं बाह्य पर्यटकको सन्दर्भमा रहेकर नाटक प्रस्तुत गरेका थिए । नाटकमा आन्तरीक भए पनि बाह्यको भएपनि पाहुदनालाई समान ब्यबहार सम्मान गर्न आबश्यक रहेको कुरा औल्याएको थियो । महोत्सबमा बुधबार मात्र एक लाख ४५ हजारको टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
महोत्सबमा बुधबारसम्म साँढे ९ लाख बराबरको टिकट बिक्री भएको छ । कार्यक्रमको सहजीकरण कलाकार चोलेन्द्र पौडेलले गर्दै आउनुभएको छ । महोत्सवमा बिहिबार चर्चित लोक गायक पशुपति शर्मा, गायक राज सिङ्देल लगाएतको प्रस्तुती रहने भएको छ । महोत्सव आगामी पुष ३ गतेसम्म सञ्चालन हुनेछ । जलस्रोत र पर्यटनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समितिका संयोजक रामकुमार श्रेष्ठले बताए ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रर्दशनी, फोटो तथा बृत्तचित्र प्रर्दशनी, परम्परागत खाना महोत्सव, जातीय एवं साँस्कृतिक संग्राहलय राखिएकोे छ । महोत्सवको प्रवेश शुल्कबाट जम्मा भएको केही रकम सामाजिक सेवामा खर्च गरिने भएको छ । उद्योग, ब्यापार, पर्यटन, तथा कृषिको प्रबद्र्धन, जलविद्युत लगानी र संस्कृतिको संरक्षणभन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो 

 साभार: लमजुङ डेलि डट कम

No comments:

Post a Comment