Sunday, December 04, 2016

लमजुङ महोत्सवको पूर्ब सन्ध्यामा चित्रकला प्रतियोगिता

लमजुङ महोत्सवको पूर्ब सन्ध्यामा चित्रकला प्रतियोगिता

पाँचौ लमजुङ उद्योग बाणिज्य संघको पूर्ब सन्ध्यामा मावि स्तरिय चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ । विद्यार्थीहरुको कलालाई प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो  

शानिबार प्रतियोगिताको उद्घाटन गर्दै लमजुङ उद्योण बाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक रामकुमार श्रेष्ठले विभिन्न १६ वटा स्रोत केन्द्रबाट छानेर ल्याइएका विद्यार्थीहरुमा प्रतिस्पर्धा गराइएको बताउनुभयो । उहाँले उत्कृष्ट १० विद्यार्थीहरुको चित्रलाई महोत्सवमा राखिने फोटो तथा बृत्तचित्र स्टलमा बिक्रिका लागि राखिने समेत बताउनुभयो । हामी विद्यार्थीहरुले बनाएका चित्रलाई महोत्सवमा राखेर बिक्रि गर्नेर्छौ ।उहाँले भन्नुभयो, “बिक्रिबाट आएको ५० प्रतिशत रकम सम्बन्धित बिद्यार्थीहरुलाई उपलब्ध गराउने छौं ।
विद्यार्थीहरुले ३ घण्टा लगाएर बनाएको तस्बिरहरुलाई प्रशिक्षक एवं चित्रकारहरु भरत बास्तु र गंगा हिमालीले छानेर उत्कृट घोषणा गर्नेछन् । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बराल, वल्र्ड भिजन लमजुङका योना राई, नेपाल पत्रकार महासंघ लमजुुङका अध्यक्ष नविनराज कुईकेल लगायतले आफ्ना धारणा राख्दै चित्रकला प्रतियोगिता विद्यार्थीहरुको कला प्रस्फुटन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा चिनाउन सहयोग पु¥याउने बताएका थिए ।
प्रतियोगिताका लागि वल्र्ड भिजन लमजुङले आर्थिक सहयोग गरेको पाँचौ लमजुङ महोत्सव२०७३ चित्रकला उपसमितिका उपसंयोजक समेत रहनुभएका नविनराज कुईकेलले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण संघका महाससचिव श्रीकृष्ण लामिछानेले गर्नुभएको थियो ।
साभार: लमजुङ डेलि डट कम

लमजुङ महोत्सवको पूर्ब सन्ध्यामा चित्रकला प्रतियोगिता - See more at: http://www.lamjungdaily.com/2016/12/03/5036/#sthash.miHfJEob.dpuf
लमजुङ महोत्सवको पूर्ब सन्ध्यामा चित्रकला प्रतियोगिता - See more at: http://www.lamjungdaily.com/2016/12/03/5036/#sthash.miHfJEob.dpuf

No comments:

Post a Comment