आजदेखि ट्राफिक नियममा थप कडाई, यस्तो छ नयाँ नियम
काठमाडौं, १ पुस – दैनिक रुपमा राजधानीमा बढ्दो सवारी चापलाई ध्यानमा राखेर
आजदेखि ट्राफिक नियममा थप कडाई गरेको छ ।
यातायात व्यवस्था विभागको गत मंसिर २ को निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रावधानलाई आजदेखि कडाइका साथ लागू गर्न लागिएको हो । यसका लागि ट्राफिक प्रहरी महाशाखाले सरोकारवालासँग छलफल समेत गरेका थियो ।

नयाँ नियममा के छ ?
आजदेखि
मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश
गर्न नपाउने प्रहरीले जनाएको छ ।
नियम विपरित तोकिएको समय भन्दा पहिले नै प्रवेश गर्ने
गाडीवालालाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै सिट क्षमता भन्दा बढी यात्रु राखे पनि कारबाही हुने छ ।
यसअघि कोचाकोच गरेर बस तथा माइक्रोहरुले यात्रु ओसार्दै आएका थिए ।
९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश
गर्न नपाउने नियम पानी र इन्धन बोक्ने सवारीको हकमा भने लागू हुने छैन ।
यस्तै विद्यालयका बसमा पनि यो नियम लागू हुने छैन ।
नयाँ नियम अनुसार सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द
गरिएको छ ।
यसअघिको सवारी नियम अनुसार सवारी साधन गुडिरहेको साइडभन्दा
पारिपट्टीको बाटो प्रयोग गर्न विपरित लेन हुँदै सवारी क्रस गरेर जाने
गरिएको थियो भने फर्काउन जथाभावी दायाँ मोड्ने गरिएको थियो ।
अब भने सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड
मोड्न सक्नेछन् ।
पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन
गर्न नयाँ नियमले सघाउ पुग्ने ट्राफिक प्रहरीको विश्वास छ । राजधानीमा दिनहुँ
चर्को ट्राफिक जाम हुँदै आएको छ ।
आजदेखि ट्राफिक नियममा थप कडाई, यस्तो छ नयाँ नियम
आजदेखि ट्राफिक नियममा थप कडाई, यस्तो छ नयाँ नियम
No comments:
Post a Comment