Thursday, December 08, 2016

बाबुरामलाई किन जुत्ता प्रहार ?


बाबुरामलाई किन जुत्ता प्रहार ? आक्रमणकारीको अनौठो बयान




विहिबार पोखरामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भयो । पृथ्वीनारायण क्याम्पसमा आयोजित नयाँ शक्ति आवद्ध विद्यार्थी संगठनमा बाबुरामाथि दुर्ब्यवहार भएको हो ।
पृथ्वीनारायण क्याम्पसमा विहीबार नयाँ शक्ति आवद्ध विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा बाबुराम प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बाबुराममाथि कार्यक्रमका क्रममा जुत्ता प्रहार भएपछि खैलाबैला मच्चिएको थियो । उनीमाथि सोही क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेको प्रहरीले पुष्टि गरेको छ ।
आक्रमणकारीको बयानः
बाबुरामलाई जुत्ता हान्ने भट्टराईले नेताहरुले देश खत्तम बनाएका कारण आफूले बाबुराम पनि त्यस मध्ये एक पात्र भएका कारण जुत्ता हानेको बयान प्रहरीलाई दिएका छन् । “नेताहरुले देश खत्तम पारे, बाबुराम पनि प्रमुख पात्र हो”प्रहरीमा दिएको बयानमा भट्टराईले भनेका छन् ।
बाबुरामलाई जुत्ता हान्ने भट्टराईको घर भने कैलाली हो । उनी कैलाली नारायाणपुर गाविस वडा नं. ७ स्थायी घर भएपनि हाल पोखराको फूलबारीमा बस्दै आएका छन् । बाबुरामलाई कालो झण्डा देखाउँदै कार्यक्रममा पुगेका उनले बाबुरामलाई जुत्ता प्रहार गरेका थिए । यद्यपी जुत्ताले बाबुरामलाई लाग्न पाएन ।

ओली र प्रचण्डलाई पनि हान्ने
उनले शीर्ष नेताले देश बिगारेकाले उनीहरुबाट युवा निराश बनेको भन्दै प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माधवकुमार नेपाल लगायतका अन्य शीर्ष नेतालाई पनि जुत्ता हान्ने योजना बनाएको समेत प्रहरीलाई बताएका छन् ।
बाबुरामलाई जुत्ता हान्ने यी भट्टराईबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनको ब्यवहारको वास्तविक कारण पनि छिट्टै बाहिर आउने प्रहरीको विश्वास छ ।
नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरले पोखरा कार्यक्रमका तस्विर सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जालमा उनले कार्यक्रम उत्साहजनक रहेको भन्दै तस्विर सार्वजनिक गरेकी हुन् ।
नयाँ शक्तिका संयोजक बाबुराम आफैले पनि उक्त कार्यक्रमपछि उत्साहजनक कार्यक्रम रहेको भन्दै तस्विर सहित फेसबुक स्ट्याटस लेखेका छन् ।

No comments:

Post a Comment