Sunday, December 04, 2016

मन्त्री पाण्डेद्धारा लमजुङस्थित सर्वोदय जेष्ठ नागरिक आश्रमलाई आश्रमलाई ३ लाख सहयोग -



मन्त्री पाण्डेद्धारा लमजुङस्थित सर्वोदय जेष्ठ नागरिक आश्रमलाई आश्रमलाई ३ लाख सहयोग -  

लमजुङको राइनास नगरपालिकाको तार्कुघाटस्थित लायन्स सर्वोदय जेष्ठ नागरिक आश्रमलाई भूमीसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले ३ लाख १ हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको छ ।  


मन्त्री पाण्डेले आश्रममा पुगेर सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । मन्त्री पाण्डेले आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल दिनुभएको थियो ।
तार्कुघाटमा जन्मनुभएका मन्त्री पाण्डेले आफुले बाल्यकाल विताएको उक्त ठाउँमा आफ्ना पहिलेका साथीसंगीहरुसंगै भेट्दा खुसी लागेको बताउनुभयो । मन्त्री पाण्डेले दिएको सहयोग रकम बृद्धबृद्धाको लागि खर्च गरिने आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।
मन्त्री पाण्डेले आश्रममा रहेका बृद्धबृद्धालाई भेटेर आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिनुभएको थियो । आश्रममा १५ जना वृद्धवृद्धा आश्रित छन् ।
मन्त्री पाण्डेसँगै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी नायव उपरिक्षक समीरचन्द्र खरेल, अनुसन्धान प्रमुख कुलबहादुर खड्कालगायत राप्रपाका नेताहरु आश्रम पुग्नुभएको थियो \

 साभार: लमजुङ डेलि डट कम

No comments:

Post a Comment