Thursday, December 08, 2016

मध्य नेपाललाई यथावत राख्नुपर्ने भन्दै आज मध्यनेपाल बन्दको आयोजना -



 मध्य नेपाललाई यथावत राख्नुपर्ने भन्दै आज मध्यनेपाल बन्दको आयोजना -


२३ मंसिर । मध्य नेपाल नगरपालिकालाई यथावत राख्नुपर्ने भन्दै त्यस क्षेत्रका नागरिकहरुले आज मध्य नेपाल बन्दको आब्हान गरेका छन् ।

मध्य नेपाललाई करापु नगरपालिकामा गाभ्ने दलहरुको निर्णय घातक भएको भन्दै नगरबासिले अन्याय भएको भन्दै बन्दको आयोजना गरेका हुन् ।  
बन्दका कारण त्यस क्षेत्रको यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । सवारीका साधन नचलेपछि भोर्लेटार र मध्यनेपाल क्षेत्रबाट दमौली, पोखरा र बेसीशहरतर्फ आवातजावत गर्ने यात्रुहरु अलपत्र परेका छन् ।

संघर्ष समितिले मागको  सम्बोधन नभए अरु थप कार्यक्रमहरु शुरु गर्ने चेतावनी समेत दिएको छ

 साभार: लमजुङ डेलि डट कम

No comments:

Post a Comment