पाँचौ लमजुङ महोत्सवको पूर्वसन्ध्यामा बेसीशहर
बजारमा सरसफाई –
२३ मंसिर । पाँचौ लमजुङ
महोत्सवको पूर्वसन्धयामा बुधबार बेसीशहर बजार सरसफाई गरिएको छ । बेसीशहर बजारको मनाङ्गेचौतारादेखि महोत्सवस्थल शेराको
दनाईफाँटसम्म सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा नेपाली सेनाको पशुपति प्रसाद गणबाट खटिएका सैनिक र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी बढीमात्रामा देखिएका थिए । उनीहरुले सडक र सडक किनार साथै नालीका फोहरहरु सफा गरेका थिए ।

महोत्सव मुल आयोजक
समितिद्धारा आयोजित सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी,
प्रहरी नायव उपरिक्षक समीरचन्द्र खरेल, अनुसन्धान प्रमुख कुलबहादुृर खड्का,
बेसीशहर नगरपालिकाका कार्यकारी अधिकृत
धर्म लम्साल लगायतका सरकारी कार्यालयका कर्मचारीहरु, उधोग बाणिज्य संघका
पदाधिकारी, आमा समुह र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
शुक्रबार अर्थात यहि मंसिर २४ गते देखि बेसीसहरको दनाइँफाँटमा हुने पाँचौ लमजुङ महोत्सवको अवसरमा गरिएको सरसफाई कार्यक्रममा संघले सडक वरपर फोहर नगर्न र भएका फोहरको ब्यवस्थापनमा जुट्न नगरवासी एवंम्र व्यावसायीलाईलाई आग्रह गरेको छ ।
मंसिर २४ गतेदेखि हुन लागेको महोत्सवको तयारी तीब्र बनाइएको छ । मूल आयोजक समिति, कार्यसम्पादन समिति र विभिन्न उपसमितिहरुले तदरुकताका साथ काम गरिरहेका छन । महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
महोत्सवस्थल दनाईफाँटमा स्टल निर्माण, जातजातिहरुको पहिचानसहितको घर, गेट तथा मञ्च निर्माण लगायतका कामहरु अन्तिम चरणमा पुगेका छन । बेसीशहर बजार ध्वजापतकाले सजावट गरिएको छ । महोत्सवको प्रचारप्रसारका आज ११ बजे बेसीशहरबाट सुन्दरबजारसम्म मोटरसाइकल ¥याली गरिने भएको छ ।
‘उद्योग, ब्यापार, पर्यटन, तथा कृषिको प्रबद्र्धन, जलविद्युत लगानी र संस्कृतिको संरक्षण’ भन्ने नारका साथ शुरु हुने महोत्सवबाट जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने आयोजकले जनाएको छ । महोत्सवको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम छ ।

साभार: लमजुङ डेलि डट कम
No comments:
Post a Comment